७ वैशाख २०८२, आईतवार

सहकारी दिवस विशेष: साकोस अभियानमा भएका प्रयास, उपलब्धि र आगामी कार्यदिशा

२०८० चैत २०, मङ्गलबार
सहकारी दिवस विशेष: साकोस अभियानमा भएका प्रयास, उपलब्धि र आगामी कार्यदिशा

चन्द्र प्रसाद ढकाल
बचत तथा ऋण सहकारी संस्था (साकोस)को आगामी मूल कार्यदिशा वास्तविक रुपमा बचत तथा ऋण सहकारी बन्ने हुनु पर्दछ । सदस्य, सरोकारवाला निकायहरु र अभियानको आँखामा वास्तिविक सहकारीको छवी निर्माण गर्ने सामथ्र्य राख्नु नै आजको साकोस अभियानको आवश्यकता हो ।

साकोसहरुको सेवा बैंक भन्दा माथिल्लो स्तरको हुनै पर्दछ । सदस्यहरुको स्रोत सदस्यहरुमा नै परिचालन गर्न सरल वित्तीय सेवा प्रदायकको रुपमा साकोसहरुको छवी निर्माण गर्न आवस्यक छ । सहकारीको रुपमा उत्कृष्ठ सहकारीता र वित्तीय सेवाको रुपमा सुरक्षित एवं लचिलो वित्तीय सेवा प्रदायकको रुपमा साकोसहरुको विकास हुन आवश्यक छ । ६७ औं सहकारी दिवसले उत्कृष्ठ सहकारीता सहितको वित्तीय सेवा प्रवाह गर्न सक्षम साकोसहरुको निर्माणका आधारहरु विकास हुने अपेक्षा गरिएको छ ।

नेफ्स्कून आज पाँच हजार सदस्यहरुको साझा सञ्जालको रुपमा अभियानको सुदृढिकरणका लागि कार्य गरि रहेको एक मात्र केन्द्रीय बिषयगत संघ हो । साकास अभियानको साझा घर हो । हामी सबैको साझा मार्ग दर्शक संघ हो । प्रबिधिमा आधारित सदस्यहरुको सूचना व्यवस्थापन मार्फत संघ आजको दिन उत्कृष्ठ संघको रुपमा क्रियाशिल छ । चार दशकको यो अभियानमा नेतृत्वदायी भुमिकामा रहेर जिम्मेवारी पुरा गरेको छ ।

साकोस अभियान आज जागरण, प्रबद्र्धन, विकास र स्तरीकरण हुँदै सञ्जालीकरणको चरणमा प्रबेश गरेको सन्दर्भमा ६७ औं सहकारी दिवसले सहकारीमा सुशासनः प्रबिधि र एकिकरण लाई आत्मसाथ गरेको छ । बचत तथा ऋण सहकारी अभियानले पनि साझा सञ्जाल निर्माणका लागि साझा प्रबिधिको प्रतिबद्धता गरेको छ । सहकारी अभियान प्रबिधिमा आधारित उत्कृष्ठ सेवा सदस्यहरुलाई प्रदान गर्न तत्पर र सक्षम रहेको छ । नीतिगत वातावरण नै सहकारी विकासको आधार हो । त्यसैले आधुनिक समाजका सदस्यहरुको माग र सहकारीताको सन्तुलनका लागि आज वित्तीय सहकारी ऐन आजको आवश्यकता हो ।

वित्तीय सहकारी ऐनको आवस्यकता सदस्यहरु र सरोकारवालहरुलाई गराउन नै अभियान लागि परेको छ । बचत तथा ऋण सहकारीहरु वित्तीय सहकारी ऐन मार्फत सञ्जालीकरण गरी सुरक्षित नीतिगत वातावरणको प्रतिक्षामा रहको छ । नयाँ सञ्चालक समितिको निर्वाचन पछि वित्तीय सहकारी ऐन निर्माणका लागि उप समिति गठन गरी क्रियाशिल बनेकोछ भने प्राबिधिक रुपमा आवस्यक सहयोगका लागि यू एस एड संग पनि सहकार्य गरिएको छ । अव अभियानले वित्तीय सहकारी ऐनको प्रारुपको सन्दर्भमा छलफल गर्न आवस्यक छ । अभियानका सबै सरोकारवालाहरुको हित संरक्षाण गरी बचत तथा ऋण सहकारी अभियान सुदृठ गर्न आवस्यक वित्तीय सहकारी ऐन जारी गराउन सक्रिय रहन हरेक अमियन्ताहरुलाई हार्दिक अनुरोध छ । नेफ्स्कून बचत तथा ऋण सहकारी ऐन जारी नभए सम्म संगठित रुपमा पैरबी गरि रहने छ ।

सहकारी ऐन २०७४ को दफा ८२ बमोजिमको कर्जा असुली न्यायाधिकरण गठन गरी ऋण व्यवस्थापनमा कानूनी रुपमा देखिएका समस्याहरुको समाधान गर्न साकोस अभियान सरकारको सहयोगको अपेक्षा गर्दछ । समग्र बैंकिङ क्षेत्रमा भन्दा धेरै ऋणहरु रहेको सहकारी क्षेत्रमा सरकारले न्यायाधिकरण गठनमा ढिलो गर्दा ऋण व्यवस्थापनमा जोखिम बढेको छ र सहकारी व्यवस्थापनमा सरकार अभियानसंगै छ भन्ने अनुभुति पनि भएको छैन । वित्तीय सहकारीहरुको लागि कर्जा असुली न्यायाधिकरण आवस्यक छ । अविलम्ब गठन गरिनु पर्दछ । संघले आवस्यक नमुना कार्यबिधिहरु समेतका विकास गरी सहकारी विभाग र मन्त्रालयमा पेश समेत गरि सकेको छ । साकोस अभियान सरकारलाई साथ दिन चाहन्छ तर राज्यले ऐन कार्यान्वयनमा ढिलासुस्ती नगरेको महसुस हुन आवस्यक छ । यसका लागि पैरबी निरन्तर गरिएको छ । ऋण असुली न्यायाधिकरणको बिषय सञ्चालक समितिको प्राथमिकताको बिषय हो ।

वित्तीय सहकारी अभियान कर्जा सूचना केन्द्र सहकारी ऐन बमोजिम नै चाहन्छ । सहकारी ऐन २०७४ बमोजिम तत्काल कर्जा सूचना केन्द्र स्थापना गर्न कठिन देखिएकोले तत्कालका लागि समग्र वित्तीय क्षेत्रले उपयोग गरि रहेको कर्जा सूचना केन्द्रका सेवामा बचत तथा ऋण सहकारीहरुको पहुँच विस्तार गर्न आवस्यक ठानी यसका लागि संघले पहल गरी रहेको छ । वित्तीय सहकारी अभियानका हिमायतीहरु आजको आवस्यकता र माग भनेको कर्जा सूचना केन्द्र हो । कर्जा सूचना केन्द्रको सेवा र नीति निर्माणमा सहभागिता सहितको कर्जा सूचना केन्द्रमा सहभागिताको मार्ग प्रशस्त गरिनु पर्दछ । कर्जा सूचना केन्द्रका सेवा र शर्तहरुको सन्दर्भमा अभियान छलफलका लागि तयार छ । सदस्यहरुको बचत सुरक्षामा कर्जा सूचना केन्द्रको योगदान अतुलनिय बन्ने हाम्रो विस्वास रहेको छ । बचत तथा ऋण सुरक्षण कोष स्थापना मार्फत सदस्यहरुको बचत सुरक्षाको प्रत्याभुति हुन आवस्यक छ । सहकारी ऐनले पनि यसको परिकल्पना गरेको छ । बचत सुरक्षाको प्रत्याभुति विना वित्तीय सहकारीहरुको छवी सुधार गर्न कठिन हुने भएकोले यसका लागि अभियान निरन्तर पैरबीमा लागेको छ । सघन अनुगमन र सुपरिवेक्षण मार्फत संस्थागत सुदृढिकरण गरी बचत तथा ऋण सहकारीहरुमा भएको सदस्यहरुको बचतको सुनिश्चितताका लागि संघ नीरन्तर क्रियाशिल छ ।

नयाँ सञ्चालक समितिले गैर स्थलगत तथा स्थलगत अनुगमन मार्फत सदस्यहरुको स्तरीय सञ्चालन सुनिश्चित गरी बचत सुरक्षाणमा योगदान गर्न चाहन्छ ।तर सहकारी अभियानको कमजोरी भनेको समुदायमा गरेको योगदानलाई क्षेत्रगत रुपमा राज्यलाई स्पष्ट रुपमा जानकारी गराउनु नसक्नु भएको छ । सामुदायिक हित सामुदायिक विकास र कर तिर्ने नागरिक तयार गर्ने सहकारी अभियानलाई नै कर माथि कर थपेर राज्य निर्मम बनेको छ । कार्यक्षेत्रमा सिमा, दरका सिमा, समाजिक दायित्व सबै पुरा गरेर फेरी नीजि जसरी नै कर पनि राज्यको लागि तिर्ने अभियान बन्नु परेको छ । करका कारण सहकारीता मरेको छ । त्यसैले अभियान मैत्री कर प्रणाली आजको हाम्रो माग हो । आय कर लगायतका करहरुको दर पुनरावलोकन हुन आवस्यक छ । सहकारी क्षेत्र सबै भन्दा पारदर्शि क्षेत्र भएकोलेले यसमा सहकारी ऐन बमोजिमको कर बाहेक हटाईनु पर्दछ । यसका लागि संघले लिखित मौखिम सुझाबहरु सरोकारवालाहरुलाई दिइ सकिएको छ ।

अभियानको जगेडा कोषको रुपमा सहकारी ऐनको दफा १०३ बमोजिम बचत तथा ऋण सहकारीहरुको केन्द्रीय संघ नेफ्स्कूनमा रहेको स्थिरीकरण कोषले कार्य प्रारम्भ गरेको छ । बीस करोड योगदान संकलन गरी बैधानिक रुपमा शुरु भएको योगदानमा आधारित स्थिरीकरण कोषमा अभियानवाट सबै सहभागि हुन आवस्यक छ । स्थिरीकरण कोषलाई अभियानको रक्षा कवचको रुपमा विकास गर्न नयाँ सञ्चालक समिति क्रियाशिल छ । बार्षिक पारमर्श बैठक समयमा नै सम्पन्न गरी कोषको स्रोत परिचालन गरी प्राप्त प्रतिफलबाट अबद्ध संस्थाहरुक हितमा गैर स्थलगत सुपरिवेक्षणको तयारी गरिएको छ । तरलता सापटी लगायतका सेवाहरु सुचारु गरिएको छ । कोषमा सहभागि भइ कोषको संरक्षण तथा प्रबद्धनमा संघको नयाँ सञ्चालक समिति निरन्तर क्रियाशिल छ । स्थिरीकरण कोष अभियानको कोष हो । यसले अभियानको संरक्षण गर्दछ । त्यसैले सबै सहभागि बनौं सहकारी समस्याको मुलको रुपमा कमजोर अनुगमन तथा सुपरिवेक्षणलाई सरोकारवालाहरुले लिएको पाइन्छ ।

सहकारी ऐनको दफा ९९ ले सदस्य संस्थाहरुको अनुगमनको दायितव संघलाई दिएको छ । यो जिम्मेवारी पुरा गर्न नयाँ सञ्चालक समिति क्रियाशिल रहेको छ । स्थलगत र गैर स्थालगत रुपमा संघका सदस्यहरुको अनुगमन संघले गर्न सक्ने सक्षमत विकास भएको छ । यसका लागि आवस्यक प्रणालीहरुको विकास गरिएको छ । प्रभावकारी अनुगमन मार्फत कानून अनुपालन र जोखिम व्यवस्थापन गरी भबिष्यमा सदस्यहरुको बचत सुरक्षामा योगदान गर्न जोखिममा आधारित साकोस सुपरिवेक्षण गरिने छ । यसको कार्यान्वयन नयाँ सञ्चालक समितिले थालनी गरि सकेको छ । संघको सदस्यता प्राप्त गरे पछि सुरक्षित भएको महसुस गर्ने गरी अभियानले काम गर्नेछ ।

अब अभियानले अनुगम वा सुपरिवेक्षण भएन भनेर सरोकारवालाहरुको सामु कमजोन बन्न आवस्यक छैन केन्द्रीय संघ त्यसका लागि सक्षम छ । अभियानको स्रोतको प्रभावकारी परिचालन तथा सुरक्षाका लागि संघको अनुगमनमा सबै सदस्यहरु सहभागि बनी निरन्तर सुधारमा लाग्नु आजको आवस्यकता हो । तालिम शिक्षा तथा सिकाईका अवसरलाई न्यायोचित र सदस्यमैत्री बनाई मितव्यायी रुपमा सञ्चालन गरी स्वयंसेवी नेतृन्व र पेशागत व्यवस्थापनको सुनिश्चित गर्न बार्षिक कार्यक्रम बमोजिम निरन्तरता दिइएको छ । तीन किसिमका प्रमाणीकृत तालिम कार्यक्रमहरु सञ्चालनमा रहेको र सहकारी ऐन बमोजिम प्रमाणीकृत पाठ्क्रमको आधारमा तालिम शिक्षाका कार्यक्रमहरु सञ्चालन गरिएको छ । सबै सदस्यहरुको पहुँचमा सहकारी शिक्षा बनाई सहकारीताको भावना विकास गरी स्वनीयमन मार्फत समुदायमा सहकारीको आधार बलियो बनाउन संघले काम गरेको छ ।

अभियानका असल अभ्यासहरुलाई सूचनाका माध्यमबाट सदस्यहरुकोमा पुग्ने बनाउन छापा तथा अनलाईन प्रकाशनमार्फत संघ निरन्तर क्रियाशिल रहेको छ । संघको सूचना तथा सञ्चार सदस्य सेवामुखी हुनेछ । साझा बजारीकरणको माध्यमको रुपमा सञ्चारलाई उपयोग गरी अभियानलाई सञ्जालीकृत गर्न संघले योजना निर्माण गरी कार्यान्वयन गरेको छ । वित्तीय सहकारीको मुखपत्रको रुपमा संघको सञ्चारले कार्य गर्नेछ । विस्व अभ्यासमा भएका असल अभ्यासहरुको आन्तरिकीकरण गरी नेपालको वित्तीय सहकारी अभियानलाई सशक्तता प्रदान गर्न सञ्चारमा संघले कार्यहरु गरेको छ । संघले सदस्यहरुको तरलता व्यवस्थापनमा २०५५ साल देखि निरन्तर सञ्चालन गरेको अन्तरलगानी कार्यक्रमले गरेको योगदान, संकटको सिकाई तथा सञ्जाल सञ्जालीकराणको आधारमा गरिने जोखिम व्यवस्थापनलाई आधार मानि नयाँ ढाँचाका लागि आधार विकास गरिएको छ । सञ्जालको स्रोत सञ्जालको लागि भन्ने भावना अनुसार कार्यक्रमको प्रभावकारीता बृद्धि गरिएको छ । कृषि र पर्यटन क्षेत्रमा बिशिष्टीकृत वित्तीय सेवा प्रवाहका लागि नीतिगत व्यवस्था गरी कार्यान्वयन शुरु गरिएको छ । अन्तर लागानी कार्यक्रमको दोहोरोपन व्यवस्थापन र जोखिम व्यवस्थानमा हामी केन्द्रीत छौं ।

जोखिम रहित ढाँचामा सञ्जालको तरलता व्यवस्थापन अभियानको जिम्मेवारी हो । यो बहन गर्न हामी तयार छौं । वित्त क्षेत्रको प्रबिधिमा आएको परिवर्तन र सदस्यहरुको त्यस्ता प्रबिधिमा देखिएको सकारात्मक व्यवहार तथा सहकारीको एकका लागि सबै र सबैका लागि एकको भावनाको कार्यान्वयनका लागि संघले बिशिष्टीकृत साझा प्रबिधिको अवधारण अघि सारी विकास गरिएको प्रणाली उपयोग गर्ने सदस्यहरु दुई सयको हाराहारीमा पुगी सकेको छ । साझा प्रबिधिले लागत न्यूनीकरण मात्र गरेको छैन की अनुगमन तथा कानून अनुपालनामा समेत सहयोग पुगेको हामीले पाएका छौं । अभियानको प्रबिधिको सशक्तिकरण गरी अफ्नै प्रबिधिको प्रयोगले जोखिम न्यूनीकरण र सञ्जालमा एकरुपता आउने विस्वास गरिएको छ । अभियानले विकास गरेको प्रबिधि हाम्रो हो । हाम्रो पसिनाले बनेको हो । यसको प्रयोग गरौं र अभियानलाई सुरक्षित बनाउन योगदान गरौं । अभियानको अपेक्षा पेशागत जनशक्ति व्यवस्थापन हो । सहकारी क्षेत्रलाई सुरक्षित पेशाको रुपमा विकासका लागि मार्ग प्रशस्त गर्न मानव संशाधन बैंकको अवधारणा संघले कार्यान्वयन शुरु गर्ने योजना बनाएको छ । जनशक्ति व्यवस्थापनका नविनतम अवधारणाहरुको कार्यान्वयन मार्फत सञ्जालमा पेशागत रुपमा दक्ष जनशक्ति विकास र परिचालन गर्न मानव संशाधन बैंकको भुमिका महत्वपुर्ण हुनेछ । पेशामा रहेको र नवप्रबेशीहरुको क्षमता विकास पनि मानव संशाधन बैंकको योगदान रहनेछ । बचत तथा ऋण सहकरीहरु र समाजम आज नभएको भनेको उद्यमशिलताको अभ्यास हो ।

उद्यमशिलता विकास विना समुदाय र सहकारीहरुको विकास असम्भव नै छ । उद्यमशिल समुदायले मात्र पहिचान आर्थिक उन्नती गर्न सक्दछ । वित्तीय सहकारीहरुलाई उद्यमशिलता विकासको उत्प्रेरकको रुपमा विकास गरी उद्यम मार्फत समुदायको रुपान्तराण गरी समुन्नत समाज विकासका लागि संघले संस्थाहरुमो उद्यमशिलता विकास सेवा विस्तार गर्ने, संघलाई इन्क्यूवेसन सेन्टरको रुपमा विकास गर्ने र प्रबिधिक रुपमा सदस्यहरुको पहुँचमा ई कमर्श साइटहरुको सञ्चालनको रणनीति लिएको छ । जस अन्तरगत पच्चिस भन्दा बढि साकोसहरुमा उद्यमशिलता विकास डेक्सको स्थापनामा सहजिकरण गरि सकेको छ । ई-कमर्श साइटको प्रणाली विकास गरि सकिएको छ । उद्यमशिलता विकास सहजिकरणलाई प्रभावकारी बनाई निरन्तरता दिइनेछ ।

संघले राष्ट्रिय यूवा परिषद संगको सहकार्यमा शुरु गरेको यूवा उद्यम विकास कार्यक्रमले पनि यसमा थप योगदान गर्ने विस्वास हामीले लिएका छौं । संघले सञ्जाल भुक्तनी फच्र्यौट प्रणाली पेमेन्ट प्लेट फर्म सञ्चालको लागि नीतिगत पैरबी गरि रहेको छ । सदस्यहरु बीचको भुक्तनी फच्र्यौट प्रणाली तुरुन्त शुरु गर्न अभियानका हिमायतीहरुले दिएको सल्लाह बमोजिम शुरुवातको चरणमा रहेको छ । यसवाट संस्थाहरुको दोहोरो सदस्यता हटाउन योगदान गर्ने विस्वास गरिएको छ । बचत तथा ऋण सहकारी क्षेत्रको प्रबिधिको आन्तरिकीकरण गरी उत्कृष्ठ सेवा प्रवाह हाम्रो जिम्मेवारी भएकोले यसमा संघ सचेत रहेको छ । एकीकरणलाई बचत तथा ऋण सहकारी संस्थाहरुलाई सुरक्षित रुपमा सञ्चालन गर्न, प्रतिस्पर्धात्मक क्षमता बढाउन, सहकारीहरु बीचको प्रतिश्पर्धा शुन्य हुने अवस्थाका लागि आधार तयार गर्न र सुपरिवेक्षणलाई प्रभावकारी बनाउन एकिकरणमा प्रबिधिक सहजिकरण संघले गरेको छ । वित्तीय सहकारी सञ्चालनका न्यूनताम मान्यता व्यवस्थापन गर्न असक्ष संस्थहरुको हकमा परामर्शमा एकिकरणको नीति संघले लिएको छ । सहकारी एकिकरण विना शुद्धिकरण सम्भव छैन ।

६७ औं सहकारी दिवशको थिमको सार्थकताका लागि संघले एकिकरणलाई प्रभावकारी र विवाद रहित रुपमा अघि बढाउन आवस्यक योजना कार्यान्वयन गर्नेछ । वित्तीय पहुँच विस्तार, वित्तीय शिक्षामा पहुँच विस्तार, सञ्जालमा यूवा तथा महिलाको सहभागिता र क्रियाशिलताको निरन्तरताकोे लागि अलग अलग योजना मार्फत कार्यान्वयन गरेको छ । एशियाली ऋण महासंघको आकु नेल र विस्व ऋण परिषदको ग्लोबल ओमन लिडर सिप नेटवर्कको सहकार्यका आधारमामा यूवा तथा महिला सहभागिता बृद्धि गरी बचत तथा ऋण सहकारीहरुमा व्यवस्थापकीय तहमा युवा तथा महिला सहभागिता बृद्धि गरिने योजना संघको रहेको छ । प्राथमिकता प्राप्त क्षेत्र र वर्गको सहभागिता हाम्रो पनि प्राथमिकता हो । अभियान यसमा जिम्मेवार हुनेछ र यसबाट वित्तीय पहुँच र वित्तीय शिक्षाको विस्तारमा योगदान पुग्ने छ । संघले सरकारसँगको सहकार्यमा अभियानको विकासका लागि आधारशिला कार्यक्रमको निरन्तरता दिएको हो । आधारशिला कार्यक्रममा स्थानीय सरकारको स्रोत र अभियानको प्रबिधिक क्षमताको आधारमा अभियानको सशक्तिकरण र सञ्जालीकरणका लागि काम गरिएको छ ।

नेपाल भरका तीस भन्दा बढि स्थानीय सरकारहरु सँग सहकार्य गरिएको यस कार्यक्रमले दर्ता गरेर काम नगर्ने सहकारीहरुको व्यवस्थापनमा महत्वपुर्ण योगदान गरेको छ । आधारशिला कार्यक्रम वित्तीय सहकारीहरु विकासको आधार हो । सञ्जाल सहकारीका सवालमा सबै व्यवस्थापन गर्न सक्षम छ भन्ने नमुना कार्यक्रम पनि भएकोले यसवाट अभियान र सरोकारवाला सबैमा योगदान पुग्ने अपेक्षा गरिएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ मात्र यस्तो संघ हो, सञ्जालका अरु सदस्य संघहरुसँग व्यवसायिक साझेदारीमा काम गरेको छ । हामीलाई थाहा छ अभियान सबैको हो । अभियानमा सबैले कानूनले दिएका अधिकार उपयोग गरी क्रियाशिलता देखाउनु पर्दछ । सदस्यहरुको अधिकतम हितलाई केन्द्रमा राखि व्यवसायिक दोहोरोपन न्यूनीकरण गरी साझा कार्यक्रममार्फत सदस्यहरुमा जान सञ्जाल साझेदारीको अवधारणा संघले कार्यान्वयन गरि रहेको छ । संघको आयोजनामा भएको रष्ट्रिय गोष्ठी र सो गोष्ठीमा गरिएको प्रतिबद्धताको आधारमा संघले सञ्जाल साझेदारीको नीतिगत व्यवस्था गरी कार्यान्वयमा लगेको छ । साझा अभियानको साझा जिम्मेवारी भएकोले त्यसको वहन गर्न सबैको भुमिका महत्वपुर्ण छ ।

नेफ्स्कून साकोस म्यानेजर्स क्लबलाई पेशागत विकासको लुज फोरमको रुपमा विकास गरी अभियानका अभिन्न अंगको रुपमा विकास गर्न र प्रमूख कार्यकारी अधिकृत हरुको व्यवसायिक दक्षताको निरन्तर सुधारका लागि महत्वपुर्ण सहयोगीका रुपमा लिएको छ । सामुदायिक रुपमा उत्तरदायी सञ्जाल बनाउइ एशिया कै उत्कृष्ठ संघको रुपमा विकास गर्न नेफ्स्कून साकोस म्यानेजर्स क्लबको सक्रीयताको अपेक्षा गरिएको छ । अभियान मिलेर सुधार र विकास गर्न सकिन्छ । एक्लै कसैले अभियान बनाउन सक्दैन । सबैको योगदानको जगमा अभियान विकास हुन सम्भव छ । नेफ्स्कूनका सदस्य संस्थाहरुको प्रमूख कार्यकारी अधिकृतको पहिचान उत्कृष्ठ हुन आवस्यक छ । बचत तथा ऋण सहकारीहरु वित्तीय सहकारीहरु भएकोले वित्तीय संस्था व्यवस्थापनका लागि अवस्यक पर्ने सिप र दक्षताको विकास गरी अघि बढ्न नेफ्स्कून साकोस म्यानेजर्स क्लबसंग निरन्तर सहकाई गरिने छ । कोभिड र पोष्ट कोभिडका असरका कारण रोकिएका संघका सबै कार्यक्रमहरुलाई नयाँ सञ्चालक समितिले कार्यान्वयनमा लगेको छ ।

नमुना संघको रुपमा विकास गर्न सुशासन पहिलो प्राथमिकताको रुपमा संघले स्वीकार गरेको छ । सुशासन बोलेर हुँदैन व्यवहारमा देखिनु पर्दछ भन्ने कुरामा संघ विस्वास गर्दछ । सुशासनका माध्यमबाट संघको छवी उच्च बनाउन योगदान गर्न अभियानसँग संघ सहयोगको अपेक्षा गर्दछ । ६७औं सहकारी दिवसको सन्दर्भमा सुशासन हाम्रो प्रतिबद्धता हो । सुशासनमा कमी हुन संघले दिँदैन । व्यवहारमा कार्यान्वयनमा लैजान यहाँहरुको सहयोगको अपेक्षा छ । सिंगो सञ्चालक समितिले अभियानको एक सय दिनको नेतृन्व गर्दा समाधान नभएका समस्याहरु संघमा छैन । अभियानका अपेक्षा अनुसार काम गर्न तयार छौं ।
सहकार्य गरौं । सुरक्षित अभियान निर्माण गरौं । जय सहकारी
(लेखक नेफ्स्कूनका अध्यक्ष हुन्)

अभिलेख

लोकप्रिय