१५ वैशाख २०८२, सोमबार

नेतृत्वको अकर्मण्यताका कारण ‘वरिष्ठ उपाध्यक्ष’ को अनुभूति पाइनँ

२०८० मंसिर २१, बिहिबार
नेतृत्वको अकर्मण्यताका कारण ‘वरिष्ठ उपाध्यक्ष’ को अनुभूति पाइनँ

नेफ्स्कूनमा बरिष्ठ उपाध्यक्षको रुपमा तपाईको चार वर्ष कस्तो रह्यो ?
४ वर्षे कार्यकालको अन्तिम साधारण सभा आउन केही दिन मात्रै बाँकी छ । नेफ्स्कूनको ब्यालेन्स सिटको अवस्था के हो भन्ने कुरामा म अपडेट छैन । विभिन्न संस्थाका साथीहरुले सोध्नु हुन्छ, ‘यस पटक नेफ्स्कूनले कति प्रतिशत लाभांश दिँदै छ ?’ हामी लाभांश दिँदै छौं की थप भार बोकाउँदै छौं भन्ने कुरामा म क्लियर छैन । वर्तमान नेतृत्वले सुरुवातमै गरेको उत्साहपूर्ण निर्णय कार्यान्वयको अवस्था राम्रो छैन । मिरा ईआरपीको डेडलाइन अघिल्लो कात्र्तिक मै सकिएको हो तर अहिले के भईरहेको छ भनेर जवाफ दिन सक्ने अवस्थामा छैन । प्राविधिक साथीलाई सोध्नुपर्छ भनेर मैले भन्नुपर्ने अवस्था छ । भवनको संयोजक मै हुँ तर कुनै आकार लिन सकेको अवस्था छैन । हामीले सुरुवात गरेको कुनै पनि संरचनाले नतिजा ल्याउन सकिएको छैन । स्थिरीकरण कोषको पनि संयोजक मै हुँ । स्थापना त भयो तर दुःख परेको बेलामा साथ पाउन सकिएन भनेर धेरैले गुनासो गर्नुहुन्छ । धेरै विषय निर्णय गरिएको छ तर कार्यान्वयन भएको छैन । यी कुराहरु कार्यान्वयन नगरी नेफ्स्कूनबाट बाहिरिदा त्यति राम्रो सन्देश जाँदैन । निर्णय कार्यान्वयन गर्नको लागि पनि नेतृत्वमा आउनै पर्ने बाध्यात्मक परिस्थिति छ ।

नेफ्स्कून सञ्चालक समितिले गरेका निर्णय कार्यान्वयन भएन भन्नुभयो । तपाई वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ कार्यान्वयन गर्न नसक्नु नपाईको पनि कमजोरी होइन र ?
नेतृत्व फस्ट म्यान रहेछ । नेतृत्व सुरुदेखि नै हामीले संस्थाहरुप्रति प्रतिवद्ध पाएनौं । म आज वरिष्ठ उपाध्यक्ष छु तर अध्यक्षलाई खोज्दा कहिल्यै पाइनँ । सहकारीको विषयमा छलफल गर्ने फुर्सद उहाँलाई छैन । नेफस्कूनभित्र विभिन्न उपसमिति बनेका छन् । उपसमितिले दिएको रिर्पोट कार्यान्वयन गराउन नेतृत्वले सकेन । नेतृत्व सहकारी र सुशासनमा पूर्ण प्रतिवद्ध नहुँदा यो समस्या देखिएको हो । मुख्यतः नेतृत्वको अकर्मण्यताले गर्दा पछिल्लो चार वर्ष वरिष्ठ उपाध्यक्षको समेत अनुभूति गर्न पाइनँ । संस्थागत निर्णय गराउने सन्दर्भमा धेरै पटक म मौन बसेँ । नेतृत्वको निर्णयलाई कहिल्यै कमजोर हुन दिइनँ । त्यसको फाइदा व्यक्तिगत स्वार्थमा रुपान्तरण गरेर संघको साधारण सभालाई अनावश्यक रुपमा चुनावी साधारण सभाको रुपमा धकेल्ने प्रयास भएको छ ।

तपाईले नेफ्स्कूनको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसक्नु भएको छ । सदस्यहरुको प्रारम्भिक प्रतिक्रिया के कस्तो छ ?
विगत तीन महिनादेखि नै अध्यक्ष पदको लागि तयारी छु । विभिन्न जिल्लाहरुमा उपस्थित जनाएको छु । जिल्लाका साथीहरुको आग्रह अनुसार नै अध्यक्ष पदको लागि तयार भएको हो । अहिलेको नेतृत्वबाट अपेक्षाकृत उपलब्धि नभएको र ‘अबको नेतृत्वमा तपाई आउनुपर्छ’ भनेपछि अध्यक्षको लागि तयार भएको हुँ । सर्वसम्बत अध्यक्ष बनाउन पनि प्रतिनिधिहरु तयार हुनुहुन्छ । तर, त्यस्तो नभएको अवस्थामा प्रकृयाबाटै अध्यक्ष बनाउने प्रतिवद्धता धेरै साथीहरुले व्यक्त गर्नुभएको छ । म अब नेतृत्वबाट पछि हट्ने अवस्था छैन ।

तपाईको पक्षमा सर्वसम्वत नेतृत्व चयन हुने वातावरण खासै देखिँदैन । त्यस्तो अवस्थामा निर्वाचनमै जानुहुन्छ ?
विगतमा पनि निर्वाचन नै भएको हो । राष्ट्रिय सहकारी बैंक, राष्ट्रिय सहकारी महासंघ, विषयगत केन्द्रीय संघ, प्रदेश संघ, जिल्ला तहसम्ममा निर्वाचन गराउन हुँदैन भनेर अग्रपक्तिमा उभिने मै थिएँ । धेरै साथीहरुले भन्दा पनि नमानेर सहकारी भित्रका स्वस्थ नेतृत्व बनाउन धेरै गृहकार्य गरेको हो । निर्वाचन प्रकृयाबाट मात्रै अध्यक्ष बन्नु पर्छ भन्ने लागेको छैन । अझै पनि समय छ । अग्रजहरुले सर्वसम्वत अध्यक्ष बनाउनु हुन्छ भन्ने विश्वास अझै छ । यदि, भएन भने नेतृत्वमा जान पछाडि फर्कनु हुँदैन । यदि मैले त्यसो गरे भने सोचे जस्तो अभियान सहज हुँदैन ।

तपाईले नेतृत्व गर्दा नेफ्स्कूनमा कायापलट हुने हो र ?
नेतृत्वमा जाने अवसर मागेको छु । नेतृत्वमा गएर यही कुरालाई सम्बोधन गरेरै जाने छु । अहिलेपनि यही कुरालाई सम्बोधन गर्दै आएको छु । नेफ्स्कूनमा २४ वर्ष काम गरेको अनुभवका आधारमा कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरेको छु । नेतृत्वमा बसेपछि काम गर्ने समय, प्रतिवद्धता प्रमुख कुरा हो । यी सबै कुराको अनुभव म सँग छ । राम्रो गर्नकै लागि नेतृत्वमा आउन खोजेको हो ।

तपाईका योजना र प्रतिवद्धताहरु के के छन् ?
नेतृत्वमा आउनेले संस्थाप्रति प्रतिवद्धतासहित पूर्णकालीन समय दिन आवश्यक छ । यो दुबै म भित्र पाउनु हुन्छ । जुन उद्देश्यका लागि नेतृत्वमा बसेको हो, त्यसलाई न्याय दिन सक्नुपर्छ । नेफ्स्कूनको नेतृत्वमा बस्नेले मुलुकभरको साकोस अभियानको अध्यक्ष हुँ भनेर काम गर्नुप¥यो । तर, त्यो अहिलेको नेतृत्वमा पाइएन । यी दुवै कुरामा पर्फेक्ट भएकै कारण साथीहरुको सर्पोट छ । यो अभियानमा काम गर्ने हो । सहकारी अभियानको दिगोपनाको लागि काम गर्ने हो । हामीलाई थाहा छ आज बचत तथा ऋण सहकारी अभियान वित्तीय सहकारी ऐन पर्खेर बसेको छ । स्तरीय स्वःनियमन सुनिश्चित गर्ने अभियानकै सुपरिवेक्षण खोजेको छ । संघमा आवद्ध सबैले क्षमता विकासका कार्यक्रमहरुको अपेक्षा केन्द्रीय संघसँग राखेको छ । संख्या घटाउने नाममा होइन सेवा र सञ्चालन स्तरीयताका लागि एकिकरण अभियान स्वीकार गरी अघि बढ्न आतुर छ । नेफ्स्कूनको आफ्नै भवन, कार्यालय वा अन्य व्यवस्था भन्दा आज अभियानले केन्द्रीय संघको संरक्षण खोजेको छ । खुलेर आफ्नो भन्न सकिने केन्द्रीय संघ अभियानलाई चाहिएको छ जसले राज्यसँग अभियानको समस्यामा पैरवी गरी समाधान दिन सकोस् । पदमा रहे पनि नरहे पनि अभियानका सबै समस्या समाधानमा सहकार्य गर्न प्रतिबद्ध छु ।

अभिलेख

लोकप्रिय