सहकारीका समस्या समाधानको बाटो देखाउन ‘काठमाडौं साकोस समिट’
काठमाडौं बचत तथा ऋण सहकारी संघ (कास्कून)को आयोजनामा ‘काठमाडौं साकोस समिट–२०७९’ हुँदै छ । साउन २१ गते शनिबार हायात रिजेन्सी होटलमा सम्पन्न हुने समिटको तयारी पुरा भएको आयोजकले जनाएको छ । एकदिने गोष्ठीमा सहकारी क्षेत्रमा देखिएका विद्यमान समस्याका विषयमा छलफल हुने जनाएको छ । यसै सन्दर्भमा कास्कूनका अध्यक्ष दीपक पनेरुसँग सहकारीखबरले गरेको संक्षिप्त कुराकानी ।
काठमाडौं साकोस समिट किन?
अहिले सहकारी क्षेत्रको परिस्थिती फरक छ । फरक परिस्थितीलाई व्यवस्थापन गर्दै लैजानु पर्दछ । यो साकोस समिटले अहिलेको परिस्थितीलाई निकासको बाटो देखाउँछ । अबका दिनमा कसरी जाने?, समस्यामा के गर्ने? र समाधानका बाटे यस गोष्ठीले देखाउँछ । समिट समिटको नाममा मात्रै गर्न लागेको हैन । यसले समस्याको समाधानको बाटो देखाउँछ । यसले विश्वास जगाउँछ । सम्भावनाहरु देखाउँछ भन्ने बुझेरै अहिलेको अप्ठेरो अवस्थामा काठमाडौं साकोस समिट गर्न लागिएको हो ।
गोष्ठीमा प्रस्तुत गरिने विषयहरु के–के छन्?
गोष्ठी, सम्मेलन भन्ने बित्तिकै सबै उस्तै खालको भन्ने लाग्न सक्छ । कास्कून फरक ढंगले जान खोजिरहेको छ । हामी विषय वस्तुमा केन्द्रित हुन खोजेका छौं । अहिलको विद्यमान अवस्था र चुनौतीलाई समाधानको बाटो देखाउन सक्छौं भन्ने विश्वास हामीले गरेका छौं । जसका लागि सहकारी अभियानमा लामो समयदेखि काम गर्दै आउनु भएका व्यक्तीहरुको कार्यपत्र राखेका छौं ।
सहकारी अभियानमा लामो समयदेखि सक्रिय व्यक्ती डा. शिवजी सापकोटाको कार्यपत्र राखेका छौं । उहाँले जोखिमकै विषयमा विद्यावारिधि समेत गर्नुभएको छ । उहाँको ‘साकोस अभियानको विद्यमान अवस्था र समाधानका बाटोहरु’ विषय कार्यपत्र रहेको छ । यो विषय अहिलेको आवश्यकता हो भन्ने हामीले बुझेका छौं ।
त्यसैगरी सहकारीका नेतृत्वले बुझ्नै पर्ने कुराहरुलाई पनि कार्यपत्रमा समावेश गरेका छौं । नेतृत्वले मुख्य उद्देश्यमा काम गर्नका लागि नेतृत्व कस्तो हुनुपर्छ भन्ने विषयमा नेफ्स्कूनका पूर्व अध्यक्ष ऋषिराज घिमिरेको कार्यपत्र राखेका छौं । उहाँको कार्यपत्रको विषय ‘नेतृत्व पूर्नजागरण’ रहेको छ ।
त्यस्तै सहकारी क्षेत्रको नियमनको विषयमा धेरै प्रश्नहरु उठेका छन् । सहकारीका नीतिगत र कानुनी विषयमा सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले कार्यपत्र प्रस्तुत गर्दै हुनुहुन्छ ।
प्रस्तुत भएका कार्यत्रपत्रमा अनुभवी व्यक्तीत्वहरु टिप्पणीकारको रुपमा रहेका छन् ।
अहिले सहकारी क्षेत्रमा देखिएको विद्यमान समस्याका विषयमा छलफल हुन्छ?
समस्याका विषयमा गम्भिर रुपमा छलफल हुन्छ । डा. शिवजी सापकोटाको कार्यपत्र नै अहिलेको समस्याको विषयमा रहेको छ । अबको निकासको समेत खोजी हुन्छ । सहकारी बिग्रियो, भत्कियो भनेर पुन्पुरोमा हात राखेर बस्ने की संघहरुले भूमिका खेल्ने हो? यस्तो परिस्थितीमा संघहरुले भूमिका खेल्नै पर्छ । यो समिटमार्फत केही न केही समस्या समाधानका बाटाहरु ल्याउने छौं ।
समिटमा कति सहभागी हुन्छन् त?
काठमाडौं जिल्ला भित्रका २ सय ७५ जना सहकारीकर्मी सहभागी हुने कन्फम भैसक्नु भएको छ । निर्धारित समयभन्दा अघि नै सिट फुल भैसकेका छन् । अब चाहेर पनि थप गर्न सक्ने अवस्था छैन । २७५ जना सहभागी, कार्यपत्र प्रस्तोता, टिप्पणीकार र अतिथिहरुको सभागितामा काठमाडौं साकोस समिट सम्पन्न हुनेछ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारीमा महिलाको सहभागिता उच्च, तर नेतृत्व तहमा उपस्थिति अझै न्यून
७ असार २०८३, आईतवार
महिला सशक्तीकरणको बलियो आधार सहकारी : मन्त्री पौडेल
६ असार २०८३, शनिबार