सहकारी बारे जान्नै पर्ने कुरा !
२०७७ असोज २६, सोमबार
के ?
के ? किन ? र कसलाई ?
सहकारी संस्था- अर्कालाई सेवा दिएर आफूले पैसा कमाउने व्यवसाय होइन,
दर्ता गरेर कसैको सहयोग माग्ने प्रयास होइन र
शुभचिन्तकहरू सदस्य बनिदिएर गर्न खोज्नेहरूलाई मद्दत दिने उपकारको प्रतीक पनि होइन ।
सहकारी संस्था त- सदस्यहरूले आफैँलाई आवश्यक सेवाको बन्दोबस्त गर्ने व्यवसाय हो,
सेवा लिने व्यक्तिलाई जहिलेसुकै सदस्यता दिने खुला सङ्गठन हो र
स्वावलम्बनको पारस्परिक अभ्यास गर्ने संरचना हो ।
किन ?
आफ्नो आर्थिक, सामाजिक, साँस्कृतिक उन्नति आफै गर्नस्,
सहभागितामूलक प्रक्रियाबाट आफ्नो व्यक्तित्व विकास एवं कृतित्व विस्तार गर्न र
शोषणविहीन आर्थिक सम्बन्धनहरू स्थापना गरी प्रकृति–मैत्री जीवन शैलीको संस्कृति बसाल्न ।
कसलाई ?
आफैँ उत्पादन गर्ने प्राथमिक उत्पादकहरूलाई,
वस्तु वा सेवाका आम उपभोक्ताहरूलाई र
स्वरोजगारीको उद्योगधन्दा चलाउने वास्तविक श्रमजीवीहरूलाई ।