सहकारी कथा (भाग १)
क : कता हिँडेको साथी तिमी ?
ख : बैंक जान लागेको पैसा निकाल्न ! तिमी कता ?
क : म सहकारी जान लागेको पैसा निकाल्न ।
दुबै बाटो लागे !!
२ घण्टापछि
क : कता बाट आयौ साथी ?
ख : कहाँबाट आउनु बैंक बाटै आउँदै छु । पानी देउ न प्यास लाग्यो । थाके घामले टाउको दुख्यो !
क : किन यति बेर लाग्यो ?
ख : लाईन बाटोसम्म, मान्छे धेरै, घाममा उभिए, गेटबाट सुरक्षित भित्र जाने भन्दै रोकिरह्यो गार्डले, त्यसैले समय लाग्यो ।
तिमी कतिखेर आयौ ?
क : म आएर पनि एक मेलो काम सके त । सहकारीमा भिडभाड नगर्नु सही गरेको चेक छोडेर जानु घर मै पैसा पठाईदिन्छु भने, अनि घर आँए म त अघि नै ।
ख : कति राम्रो आहा ! मलाई पनि लैजाउन खाता खोल्न । म पनि अब सहकारीबाट सबै कारोबार गर्छु ।
क : भै हाल्छनी कहिले जाने ?
ख : हातमा पैसा छ आजै जाने !
क र ख सहकारी तिर लागे !
सहकारीमा पुग्ने बित्तिकै कर्मचारीले न्यानो व्यवहार गरेर पानी पिलाउँछ ! केही बेरमा चिया आउँछ !
सदस्य बन्नका लागि फारम भरेर आवस्यक पर्ने शुल्कसहित कागजात बुझाँउछ । फर्कने बेलामा सहकारीका व्यवस्थापकले तपाईबाट प्राप्त फारम बुझेका छौं पासबुक तपाईको घर मै आउँछ । आजबाट तपाईं हाम्रो परिवार बन्दै हुनुहुन्छ । सुख दुःख जे परेनी सम्झनु होला यो सहकारी तपाईकै हो ।
आँखा आँसुले भरियो र सहकारी प्रतिको मायाले छाती फराकिलो भयो र सदस्य बनेकोमा खुसी हुँदै घरतिर लाग्यो ।
लेखक : सीमा पुुुरी
अध्यक्ष, सज्जन महिला साकाेस, काठमाडौं
*यस अघि लेखककाे नाम अन्यथा पर्न गएकाेमा क्षमाप्रार्थी छाैं । सं
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय सहकारी बैंकको पूँजी पर्याप्ततामा ११.६६ प्रतिशतको ऐतिहासिक फड्को
२७ श्रावण २०८३, बुधबार
एनएमसीका डेढ लाख सदस्यलाई डिजिटल वित्तीय सेवा, एम बैंकसँग सहकार्य
२६ श्रावण २०८३, मंगलवार
नेचुरल साकोसद्वारा कर्मचारी क्षमता अभिवृद्धि तथा वार्षिक लक्ष्य हस्तान्तरण
२५ श्रावण २०८३, सोमबार