सहकारी एकीकरणपछि कर्मचारीलाई हुने ५ फाइदा
एकीकरण शब्दले कहिलेकाँही कर्मचारी त्रसित हुन सक्छन् । दुई संस्था एक भएपछि आफ्ना भविष्य के होला भनेर उनीहरु चिन्तित हुन पनि सक्छन् । तर, वास्तवमा एकीकरणपछि सहकारीका सदस्य र कर्मचारी दुबैलाई लाभ हुन्छ । विज्ञ ग्लेन क्रिस्टेन्सेनकको विचारमा एकीकरणपछि कर्मचारीलाई निम्न पाँच फाइदा पुग्छ । यी फाइदाको विषयमा कर्मचारीलाई बुझाउन सकिएको खण्डमा एकीकरणमा उनीहरुको समेत सकारात्मक भूमिका प्राप्त गर्न सकिन्छ ।
अवसरहरुमा बृद्धि
दुई वा सोभन्दा बढि सहकारी संस्थाहरु एक ठूलो समुहमामा एकीकरण हुने सामान्यतया मज हो । सानो संस्थामा रहेका कर्मचारीहरुका लागि सिमित अवसर मात्र प्राप्त हुन्छ । तर एकीकरणपछि उनीहरुको अवसरको सम्भावनाका ढोकाहरु खुल्छन् । उच्च तहको प्रशिक्षण लिन पाउँछन् । स्वच्छ प्रतिस्पर्धाका लागि आफ्नो प्रतिभा देखाउने अवसर प्राप्त हुन्छ ।
तलब बृद्धि
कर्मचारी प्रभावित हुने मुख्य कारण नै तलब हो । त्यसैले कर्मचारीको लाभका प्याकेज प्राप्त हुन सक्छ । सामाजिक सुरक्षा प्राप्त हुन्छ । स सानो संस्थाले कर्मचारीको सेवा सुविधामा ठूलो रकम खर्च गर्न सक्ने अवस्था हुँदैन तर ठूलो संस्था भएपछि कर्मचारीका लागि विशेष व्यवस्थाहरु उपलब्ध हुने अवस्था सिर्जना हुन्छ ।
प्रभावकारी भौगोलिक क्षेत्र
धेरै साना सहकारीका लागि क्षेत्रअधिकार सिमित घेरामा रहेको हुन्छ । तर एकीकरणपछि उनीहरुको पद चिन्हमा बृद्धि हुन्छ । भौगोलिक क्षेत्र बृद्धि हुन्छ । जसले थु्रपै लाभ उपलब्ध गराउन सकिन्छ । सदस्य बृद्धि गर्न सकिन्छ । विविधताको क्षेत्रबाट बचत तथा लगानी गर्न सकिन्छ ।
शिक्षा र तालिम
निरन्तर शिक्षा तथा तालिम उपलब्ध गराउन सकिने अवस्था सिर्जना हुन्छ । नयाँ नयाँ प्रविधिको प्रयोगमा संस्थाले पहुँच विस्तार गर्न सक्छ । त्यसका लागि निरन्तर शिक्षा र तालिम कर्मचारीले प्राप्त गर्न सक्छन् । उनीहरु सिर्जनशिल भएर अगाडि बढ्न सक्छन् । नयाँ नयाँ विषय र प्रविधिको विषयमा ज्ञान प्राप्त गन सक्छन् । यसले आफ्नो करियर निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ ।
अझ धेरै लाभ
यो कुनै गोप्य कुरा होइन कि ठूलो संस्थासँग सानो संस्थाका तुलनामा लविङ तथा बाग्रेनिङ पावर बढि हुन्छ । एकीकरणपछि राम्रो कभरेज र महत्वपूर्ण उपलब्धी हासिल हुन्छ । व्यवसायीकता बृद्धि हुन्छ । संगठित संस्कारको विकास हुन्छ । त्यसैले एकीकरण संचालक समिति, कर्मचारी र सदस्य सबैको हितमा छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
आईस्मार्ट चौथो वर्षमा प्रवेश, थप तीन गुणा फिचरसहित भर्सन २.० सार्वजनिक
१८ बैशाख २०८३, शुक्रबार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सहकारी अध्यादेश जारी
१७ बैशाख २०८३, बिहीबार
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार