सहकारीको नगद सुरक्षा गर्न यी उपाय अपनाउनुहोस् !
अहिले विभिन्न ठाउँमा सहकारीहरुबाट नगद चोरी भैरहेको खबर सुनिन्छ । संस्थामा रहने नगदको सुरक्षा सबैभन्दा संवेदनशील पक्ष हो । सदस्यले जम्मा गरेको पैसा चोरी हुनु वा हराउनुले संस्थाको साखमा असर पर्छ । नगदको सुरक्षा गर्ने जिम्मा संस्थाको हो ।
निम्न उपायहरु अपनाएमा नगद सुरक्षा गर्न सकिन्छ
१) सम्भव भएसम्म नगदलाई सोही दिन नै बैंकमा जम्मा गर्ने,
२) संस्थामा नगद राख्नुपर्ने स्थितिमा बलियो र गुणस्तरीय भल्टमा राख्ने व्यवस्था मिलाउने,
३) भल्टलाई सिमेन्टेड ढलान गरेर त्यसभन्दा बाहिर फलामको अर्को गेट राख्ने,
४) गेट र भल्टको साँचो २ जनासँग रहने व्यवस्था गर्ने र २ जनाले साँचो लगाएपछि मात्रै भल्ट खुल्ने व्यवस्थापन गर्ने,
५) नगद भल्ट र काउन्टरको अनिवार्य वीमा गर्ने,
६) नगद भल्टलाई सिसि क्यामेराले निगरानी राख्ने व्यवस्था मिलाउने,
७) सिसि क्यामरा राख्दा सम्भव भएसम्म सुरक्षा विज्ञको सल्लाह लिने,
८) सिसि क्यामरा एकै ठाउँमा नराखी संस्थाभन्दा बाहिरको गेटसम्मको आउटरिचमा राख्ने,
९) नगद टेलर वा काउन्टरमा सम्बन्धित कर्मचारी भन्दा बाहेकको प्रवेश निषेध गर्ने,
१०) टेलर वा काउन्टरमा आउने शंकास्पद व्यक्तिहरुको निगरानी बढाउने,
११) सुरक्षा सम्बन्धि विभिन्न तालिमहरुमा सहभागी हुने
१२) सुरक्षा निकायको सम्बन्धित फोन नं तथा सञ्चारका अन्य माध्यमहरुमा अद्यावधिक भैरहने
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लको राजीनामा
२९ फाल्गुन २०८२, शुक्रबार
चैत ५ देखि विकू बचतको प्रविधि साक्षरता तथा सदस्य सर्वेक्षण, ८१ प्रशिक्षार्थीलाई अभिमुखीकरण
२८ फाल्गुन २०८२, बिहीबार
बागमती प्रोस्कूनको आयोजनामा कोशिस चौथो समूहको ‘वी क्यान वर्कशप’ सम्पन्न
२८ फाल्गुन २०८२, बिहीबार