१ फागुन २०८१, बिहिबार

COPOMIS का विशेषताहरू 

२०७६ फागुन ३, शनिवार
COPOMIS का विशेषताहरू 

– COPOMIS इन्टरनेट मा आधारित प्रणाली हो । यसको संचालन इन्टरनेट सुविधा उपलब्ध हुने स्थानमा ईन्टरनेट (Internet) जडान गरिएको कुनै पनि कम्प्युटर प्रणाली वा स्क्रीन उपलब्ध हुने संयन्त्रबाट संचालन गर्न सकिने ।

– यस प्रणाली अन्तर्गत सहकारी तथा गरिबी निवारणसम्बन्धी सूचना प्रविष्टि गर्ने, जानकारी लिने तथा प्रतिवेदनहरू बुझाउने कार्य गर्न सकिने ।

– सहकारी तथा गरिबी निवारणसम्बन्धी सूचना तथा तथ्याङ्कहरू एकीकृत रूपमा संचालन तथा उपयोग गर्न सकिने ।

– सहकारी सम्बन्धी कानून, नीति, मापदण्ड, अभ्यास आदिको कार्यान्वयन र आवश्यक सूचना प्राप्त हुने ।

– सम्बन्धित सरोकारवाला निकायहरूले जुनसुकै समयमा पहुँच कायम राख्न सक्ने गरी सूचना तथा तथ्याङ्कहरूमा एकरूपता कायम गर्न सकिने ।

– एकीकृत Database तयार भै वास्तविक समय (Real Time) मा आधारित सूचना, तथ्याङ्कहरू प्राप्त गर्न सकिने ।

– सूचना ब्यवस्थापन प्रणालीको कारण सरल, सहज तथा छिटो छरितो सेवा प्रवाह तथा प्रभावकारी योजना तर्जुमा गर्न सकिने ।

अभिलेख

लोकप्रिय