१६ वैशाख २०८३, बुधबार

सहकारी क्षेत्रलाई व्यवस्थित गर्ने ६ उपाय

२०७६ माघ २, बिहिबार
सहकारी क्षेत्रलाई व्यवस्थित गर्ने ६ उपाय
class="wp-block-image size-large">1) दरिलो नियमनकारी निकाय class="wp-block-image size-large">प्रभावकारी नियमकको अभावमा सहकारी क्षेत्रमा विकृति बढिरहेको छ । नियमविपरीत चलिरहेका सहकारीहरुका लागि सहकारी क्षेत्रप्रति नै जनविश्वास कम हुँदै गएको छ । त्यसैले नेपालका सहकारीहरुको व्यवस्थापनका लागि एक दरिलो नियमनकारी निकायको आवश्यकता रहेको छ ।
2) मर्जर र ठुला सहकारीको अवधारणा

नेपालमा सहकारीको विकास संख्यात्मक ढंगले मात्रै भइरहेको छ । ठूलो संख्यामा रहेका सहकारी संस्थाहरुलाई मर्जरको माध्यमबाट ठूलो र सबल सहकारीमा रुपान्तरण गरी गुणस्तरीय सेवा प्रदान गर्न सकिन्छ । घरैपिच्छे स्थापना भएका सहकारीहरुलाई मर्ज गरी ठूलो संस्थाको रुपमा व्यवस्थापना गर्न सकिन्छ ।
3) उत्पादन क्षेत्रमा लगानी

सहकारी क्षेत्रको व्यवस्थापनका लागि त्यसको लगानीको व्यवस्थापन गर्नु आवश्यक छ । अहिले सहकारी संस्थामा जम्मा गरिएको निक्षेप कुनै उत्पादनमूलक काममा लगानी हुन सकेको पाइँदैन । कतिपय सहकारीहरुमा त संचालक नै पैसा लिएर भाग्ने वा व्यक्तिगत प्रयोजनामा खर्च गर्ने गरिरहेका छन् । यो कुरालाई व्यवस्थापना गरी सहकारी संस्थाको लगानी उत्पादनमूलक क्षेत्रमा बढाउनुपर्छ ।
 
4) निश्चित व्याजदरको मापदण्ड

सहकारी संस्थाको व्याजदरको विषयमा पनि बेलाबेलामा प्रश्न उठ्ने गरेका छन् । उचित ढंगले नियमन हुन नसक्दा सहकारी संस्थाहरुले मनपरी ढंगले व्याज दिने लिने गरिरहेको पाइएको छ । यो विषयलाई पनि व्यवस्थापन गर्नु आवश्यक छ । सहकारीमा राखिने निक्षेपको व्याज र सहकारीबाट दिइने कर्जाको व्याजदरको निश्चित मापदण्ड तोकी लागू गर्नुपर्दछ ।
5) दक्ष कर्मचारीको विकास

सहकारी संस्थाहरुमा दक्ष कर्मचारीको पनि अभाव रहेको छ । राम्रो कर्मचारीहरु प्रायः बैंक तथा वित्तीय संस्थाहरुमा प्रवेश गर्न चाहन्छन् । त्यसैले, सहकारीमा काम गर्ने कर्मचारीहरु त्यति दक्ष हुँदैनन् । यसका लागि सहकारीमा दक्ष कर्मचारीलाई आकर्षित गर्ने योजना बनाउनुपर्छ । भएका कर्मचारीहरुलाई पनि प्रशिक्षणमार्फत दक्ष बनाउन सकिन्छ, तामि सहकारीको कामहरु बढी प्रभावकारी बन्न सकोस ।
6) ग्रामीण अर्थतन्त्र केन्द्रित

सहकारी संस्थाहरुलाई ग्रामीण अर्थतन्त्रको विकासमा केन्द्रित गर्नुपर्दछ । बैंक तथा वित्तीय संस्थाहरु पुग्न नसकेका दुर्गम भेगहरुका सर्वसाधारणलाई बचत गर्ने बानीको विकास गराउन सहकारीको ठूलो भूमिका हुन सक्छ । उक्त बचतबाट स्थानीय स्तरमै लगानी गरेर उद्यमशीलताको विकास गराउन सकिन्छ ।
Free Download WordPress Themes
Free Download WordPress Themes
Download Nulled WordPress Themes
Download Best WordPress Themes Free Download
free online course
download mobile firmware
Download Best WordPress Themes Free Download
online free course

अभिलेख

लोकप्रिय