सहकारीको साधारण सभा सञ्चालनमा रहेको समस्याहरू
२०७६ पुष ८, मङ्गलबार
– संचालक समितिले सबै सदस्यको उपस्थितिभन्दा आफू वरिपरिका व्यक्तिहरूको मात्र उपस्थिति रूचाउनु ।
– सदस्यहरू साधारण सभाको गरिमाप्रति सचेत नहुनु ।
– साधारण सभालाई औपचारिकतामा मात्र सीमित गरिनु ।
– साधारण सभालाई भेटघाट र भोजभतेरको रूपमा प्रयोग गरिनु ।
– साधारण सभामा उपस्थित हुने प्रमुख अतिथि, अतिथिहरूको बाक्लो उपस्थितिले सम्बोधनमै बढी समय बित्नु ।
– साधारण सभा भनेको उद्घाटन सत्र हो, बन्द सत्र र सञ्चालक समिति
तथा लेखा समितिका सदस्यले मात्र गर्ने हो भन्ने बुझाइ रहनु ।
– संस्थामा भएका निर्णय, खर्चपर्च लगायतका विषयमा सदस्यले विरोध गर्लान भन्ने डर हुनु ।
– साधारण सभाको मञ्च र सदस्य बीचको दुरी बढदै जानु ।
– साधारण सभामा सदस्यहरूको भूमिका ओझेलमा पर्दै जानु ।
– सदस्य केन्द्रित बहस छलफलको प्रधानता नदेखिनु ।