यसकारण लिनु हुँदैन असुरक्षित माध्यमबाट ऋण ?
२०७६ कात्तिक १४, बिहिबार
प्राय जसो साथी-भाई, आफन्त, वा साहु-महाजनसँग ऋण लिदा ठगिमा पर्न सक्ने जोखिम बढी हुन्छ | यसबाट तपाईलाई निम्न समस्याहरु पर्न सक्छ:

- ठगिमा पर्ने सम्भावना बढी हुन्छ
- यो तरिकाबाट ऋण लिदा धेरै जसो समयमा कागजी अभिलेख राखिएको हुदैन, जसले गर्दा कति पैसा, कुन मितीमा, कस्ता सर्तहरु सहित लेन-देन भयो भन्ने कुराको कुनै प्रमाण हुदैन
- कुन मितीमा, कहाँ र कस्तो सर्तहरु राखेर ऋण लेन-देन भएको थियो भन्ने कुरा बिर्षीन सक्छ
- साँवाबापतको रकम वा सहमति गरेको ब्याजदर फेरबदल गर्न सक्छन्
- ऋण दिनेले दिइएको रकमलाई बढाएर माग्न सक्छन् भने ऋण लिनेले लिएको रकम कम गरेर दिन सक्छन्
- ऋण लिने र दिने दुवैले ऋण लिने समयमा सहमति गरेको ब्याजदरलाई भविष्यमा फेरबदल गरि ठगिमा पार्ने सम्भावना बढी हुन्छ
- सबै सर्तहरु सुरुमै प्रष्ट हुदैन
- लिइएको ऋण कति समयसम्ममा, कति ब्याजदर सहित तिर्नु पर्ने भनि दुवै पक्षलाई सुरुमै प्रष्ट हुदैन
- यसकारण दुवै पक्षमा अन्योलता हुन्छ, र एक अर्काको बुझाईमा फरक परि झगडा हुन सक्छ
- हिसाब गल्ति हुने सम्भावना बढी हुन्छ
- ऋण रकम लेन-देन गर्ने व्यक्तिहरुले नै सम्पूर्ण हिसाब-किताब राख्नु पर्ने हुदा, हिसाब राख्दा गल्ति हुने सम्भावना बढी हुन्छ
- साथी-भाई, आफन्तसँगको सम्बन्ध बिग्रिन सक्छ
- समयमै ऋण तिर्न सकेन भने साथी-भाई, आफन्तसँगको सम्बन्ध बिग्रिन सक्छ
- समाजमा तपाईको चिनेजानेको मानिसहरु समक्ष नचाहिदो हल्ला फैलिएर बदनामी हुन सक्छ
- ठगिमा पर्ने सम्भावना बढी हुन्छ
- तपाइको धरौटीको सुरक्षा हुदैन
- तपाईले धरौटी बापत राख्नु भएको बस्तु, सुनचाँदी, प्रमाणपत्र वा धनिपुर्जाहरु लिएर भाग्न सक्छन् वा त्यसको दुरुपयोग गर्न सक्छन्
- समयमै ऋण तिर्न सक्नु भएन भने तपाईले धरौटीबापत राख्नु भएको मुल्यवान बस्तुहरु बेचबिखन गरि असुल गर्न सक्छन्
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
किसान साकोसको ३१औँ साधारणसभा: इकाई सभा सम्पन्न, प्रमाणीकरण सभा असोज २४ गते
१९ आश्विन २०८३, सोमबार
सहकारी संघ काभ्रेको ४५औँ साधारण सभा सम्पन्न, विभिन्न विधामा पुरस्कार तथा सम्मान
१७ आश्विन २०८३, शनिबार
मनोज रायमाझी काभ्रेकै सर्वोत्कृष्ट सहकारी व्यवस्थापन प्रमुख
१७ आश्विन २०८३, शनिबार