कोपोमिस-कोपोमिस-कोपोमिसः के हो कोपोमिस ?
सहकारी तथा गरिवी सम्बन्धि व्यवस्थापन सूचना प्रणालीको छोटकरी नाम हो कोपोमिस । सहकारी क्षेत्रको सुचना, तथ्यांकहरुलाई नियमित, विश्वसनिय, वास्तविक बनाई व्यवस्थापन सूचना प्रणालीमा आधारित अनुगमन,नियमन पद्धति स्थापित गर्न तयार गरिएको आधुनिक सूचना प्रणाली हो ‘कोपोमिस’ ।
यो सहकारी तथा गरिवी निवारण मन्त्रालयले सहकारीका मूल्य, मान्यता र सिद्धान्तहरु अनुरुप सहकारी क्षेत्रको प्रवर्द्धन गर्दै यस क्षेत्रमा देखिएका चुनौतीहरो सामना गर्न र गरिवी निवारण कार्यलाई दक्ष र प्रभावकारीरुपले सञ्चालन गर्नका लागि सघाउ पुर्याउन तयार गरेको हो। कोपोमिस वेबमा आधारित प्रणाली हो । इन्टरनेट सुबिधा उपलब्ध हुने स्थानमा यो सुबिधा प्रयोग गर्न सकिनेछ ।
यसले सहकारी संघ संस्थालाई व्यवस्थापकीय र वित्तिय सूचना उपलब्ध गराउने संस्थाले गर्नुपर्नेर्यहरुलाई अनलाई न पद्धतिमा रुपान्तरण गर्ने, पारदर्शीता र जवाफदेहिताको प्रवर्धन गर्ने, आन्तरिक नियन्त्रण पद्धतीलाई स्थापित गर्दै सुशासन कायम गर्न सहयोग पुर्याउने छ । सहकारी सम्बन्धी कानुन, नीति, मापदण्ड, अभ्यास आदीको कार्यान्वयन र आवश्यक सूचना एकैपटक यसबाट प्राप्त गर्न सकिनेछ ।
सहकारी संघ संस्थाको व्यवस्थापन तथा अनुगमन प्रभावकारी ढंगले गर्न, वित्तिय अवस्था तथा जोखिम अवस्थाबारे जानकार हुन, पल्स्र एवं परियवजनागत वित्तीय विश्लेषण गर्न सहज हुने, लेखा परिक्षण गराउने कार्यमा यसले मद्दत पुर्याउनेछ ।
कोपोमिस मार्फत आधुनिक प्रविधियुक्त अनुगमन तथा नियम पद्धति स्थापित हुने बताइएको छ । जसले सहकारी क्षेत्रको जोखिम न्यूनिकरण हुनेछ । कार्य सम्पादन सहल, छिटो छरितो हुने मन्त्रालयको दाबी रहेको छ ।
कोपोमिस-कोपोमिस-कोपोमिसः के हो कोपोमिस ?सफ्टेक प्रविधि फाउण्डेशनले दुई वर्ष लगाएर कोपोमिस बनाएको हो । उक्त प्रविधिभित्र छुट्टाछुट्टै सहकारीले आफ्नो सहकारीका मासिक तथा वार्षिक प्रतिवेदन, निवेदन दाखिला, आन्तरिक कार्य, आर्थिक प्रतिवेदन, गरिबीको संख्यालगायत अद्यावधिक गर्ने व्यवस्था गरिएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विकू सहकारीद्वारा ३२ विद्यार्थीलाई दीर्घकालीन छात्रवृत्ति प्रदान
२२ बैशाख २०८३, मंगलवार
विकू सहकारीद्वारा महिला कृषकका लागि ‘कृषक व्यवसाय खेल’ तालिम
२० बैशाख २०८३, आईतवार
आईस्मार्ट चौथो वर्षमा प्रवेश, थप तीन गुणा फिचरसहित भर्सन २.० सार्वजनिक
१८ बैशाख २०८३, शुक्रबार