वित्तीय संस्थाबाट ऋण लिदा जान्नै पर्ने कुरा !
ऋण लिनु अघि निम्न कुराहरु थाहा भयो भने ऋण बापत लिएको पैसा डुब्ने समस्या कम हुन सक्छ ।
कति ऋण लिने ?
ऋण लिनु अघि यी कुराहरु थाहा पाउनुपर्छ।
ऋण लिएको पैसा के काममा खर्च गर्ने ?
उक्त काम ऋण नलिई गर्न सम्भव छ कि छैन ?
ऋण कसरीर कहाँबाट पैसा ल्याएर तिर्ने ?
तपाईलाई ऋण तिर्न कति लागि कति समय लाग्ला ?
के–के कुरा नगर्ने ?
कहिल्यै पनि चाहिएको भन्दा बढी ऋण नलिने
सकेसम्म खर्च गरेपछि लगानीको प्रतिफल नहुने कामको लागि ऋण नलिने
फाइदा हुन समय लाग्छ भने, त्यतिन्जेल साँवा, ब्याज कसरी तिर्ने त्यसको बन्दोबस्त मिलाउने
ऋण लिएको पैसाले जुन कामको लागि लिईएको हो त्यसैमा मात्र खर्च गर्ने
आफ्नो लागि लुगा/कपडा किन्ने, खानेकुरा किन्ने, साथीलाई सापटी दिने जस्ता काम गर्नुहुन्न
ऋण तिरेन भने के हुन्छ ?
बैंकबाट लिएको ऋण तिरेन भने,
तपाईंलाई जरिवाना हुनसक्छ ।
कालो सूचिमा नाम आउनसक्छ ।
घरजग्गा लिलाम हुनसक्छ ।
परिवारको सदस्यबाट समेत असुल हुनसक्छ ।
साथी/भाई, आफन्त वा साहुबाट लिएको ऋण तिरेन भने,
तपाईको सम्बन्ध बिग्रिन सक्छ ।
तपाईको सामाजिक प्रतिष्ठामा आच आउन सक्छ ।
मुद्दम मामिला झेल्नु पर्ने हुन्छ र तपाईको घर/जग्गा अरुले खाइ दिनसक्छ ।
तपाईको परिवारको सदस्यबाट समेत असुल हुनसक्छ ।
महत्वपूर्ण कुरा !
आफुलाई भविष्यमा पैसा चहिन सक्छ भनि अहिलेबाट नै बचत गर्ने बानी बसाल्नु पर्छ ।
कुनै पनि काम गर्दा ऋणमै पुरै भर पर्नु हुन्न ।
ऋण लिनु अघि परिवारसँग सल्लाह गर्न छुटाउनु हुँदैन ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सहकारी अध्यादेश जारी
१७ बैशाख २०८३, बिहीबार
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार
राष्ट्रिय सहकारी बैंकको निर्वाचन जेठ ९ गते, निर्वाचन कार्यतालिका केही दिनमा
१६ बैशाख २०८३, बुधबार