सहकारी बैंकका अध्यक्ष र सञ्चालक पोखरामा सम्मानित

पोखरा, २ माघ
राष्ट्रिय सहकारी बैंक लिमिटेडका नवनिर्वाचित अध्यक्ष के.बी. उप्रेती र सञ्चालक तथा गण्डकी प्रदेश इन्चार्ज रामबहादुर जिसीलाई कास्कीका सहकारीकर्मीहरुले बुधवार पोखरामा सम्मान गरेका छन् ।
१५ औं वार्षिक साधारणसभा सफल पार्न तथा निर्वाचनमा सहभागी भएर आफुहरुलाई निर्वाचित गराउन सहयोग पु¥याउने सहकारीकर्मीहरुलाई धन्यवाद दिन पोखरामा आयोजित कार्यक्रममा कास्कीमा क्रियाशिल सहकारी संघ संस्थाहरुको तर्फबाट उप्रेती र जिसीलाई सम्मान गरिएको हो ।
राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा गण्डकी प्रदेशका सांसद प्रभा कोइराला, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका सञ्चालक भीम गुरुङ, जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारी, सप्तगण्डकी दुग्ध उत्पादक सहकारी संघ कास्कीका अध्यक्ष पूण्य पौडेल, राष्ट्रिय सहकारी बैंक पोखरा शाखा समन्वय उपसमितिका संयोजक मेजर तुलसीप्रसाद गुरुङ लगायत विभिन्न विषयगत संघका अध्यक्ष तथा प्रतिनिधिहरुले बैंकका अध्यक्ष उप्रेती र सञ्चालक जिसीलाई वधाई ज्ञापनका साथै कार्यकाल सफलताको शुभकामनासहित सम्मान गरेका थिए ।
कार्यक्रममा सांसद प्रभा कोइरालाले सबै सहकारीहरुको एकमात्र बैंकका रुपमा रहेको सहकारी बैंकलाई समृद्ध समाज निर्माणका लागि प्रभावकारी माध्यमका रुपमा विकास गर्न आग्रह गरिन ।
कार्यक्रममा बैंकका अध्यक्ष के.बी.उप्रेतीले सहकारी क्षेत्रमार्फत समाजमा गर्न सकिने योगदानका लागि वर्तमान नेतृत्व निरन्तर लाग्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले देशभरका सहकारी संघ संस्थाहरुले सहकारी बैंकसंग कारोबार गरी यसको भूमिका बढाउन तथा सहकारी क्षेत्रमार्फत समाज रुपान्तरणमा योगदान गर्न आव्हानगरे ।
सहकारी बैंकलाई आगामी ४ वर्षमा देशभरका सबै स्थानीय तहसम्म संरचना निर्माण गर्ने, वित्तीय रुपमा सक्षम बनाउने तथा सहकारीको योगदान बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न आफुहरु सक्रिय रहने बताए । बैंकमा हाल १० हजारको संख्यामा रहेका शेयर सदस्य २० हजा भन्दा बढी बनाउने, १ अर्ब २५ करोडको शेयर पूँजिलाई २ करोड ५० लाख भन्दा बढी पु¥याउने लक्ष्यका साथ काम गरिने उनको भनाइ थियो ।
बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका इन्चार्ज रामबहादुर जिसीले सहकारीमार्फत जनताको आर्थिक अवस्थामा सुधार ल्याउन तथा सामाजिक रुपान्तरणका लागि सबैसंग सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी पीडितलाई न्याय दिलाउन बचत फिर्ता अभियानको शुभारम्भ: मुख्यमन्त्री बानियाँ
३० असार २०८३, मंगलवार
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार