कास्कुन निर्वाचनः राजनीति हस्तक्षेपले मनोनयन दर्ताको समय जर्बजस्ती सारियो
काठमाडौं, २४ पुस
काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कुन) को निर्वाचन प्रकृयामा राजनीतिक दलको हाबी भएको छ । नेकपा सर्मथित सहकारीकर्मीको निर्धारित समयमा मनोनय दर्ता हुन नसकेपछि जर्बजस्ती रुपमा मनोनयन दर्ता समय सारिएको कास्कुन सञ्चालक समितिका एक सदस्यले सहकारी खबरलाई बताए ।
हतार हतारमा सञ्चालक समितिको बैठक बसी २ घण्टा लम्बाएको उनले बताए । समितिको बैठकमा कोरम समेत नपुगी २ घण्टा थप गरेको आरोज लागेको छ ।
नेकपा सर्मथित सहकारीकर्मीले हिजो रातीनै कसको नेतृत्वमा जाने सहमती जनाईसकेको थियो । तर पार्टीको हस्तक्षेपका कारण अहिले सम्म पनि उम्मेदवारी दर्ता हुन सकेको छैन ।
संघको साधारणसभा पुस २७ गते तोकिएको भएपनि निर्वाचन प्रक्रिया भने सुरु भैसकेको छ । अहिले तीन बजेसम्म मनोनयन दर्ता गर्ने समय तोकिएको थियो ।
यो समाचार तयार पार्दा सम्म गोविन्द काफ्लेको नेतृत्वमा सम्पूर्ण उम्मेदवारको उम्मेदवारी परेको छ ।
दुबै पक्षबीच सहमतीमा भनियतापनि सहमती भने हुन सकेको छैन ।
यद्यपी सहमतीको प्रयास भने जारी रहेको एक सहकारीकर्मीले बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार