१७ वैशाख २०८३, बिहिबार

Breaking News : सहकारी बैंकको प्रबन्ध सञ्चालकबाट उप्रेतीले दिए राजिनामा

२०७५ पुष ३, मङ्गलबार
Breaking News : सहकारी बैंकको प्रबन्ध सञ्चालकबाट उप्रेतीले दिए राजिनामा

k b

ललितपुर, ३ पुस

राष्ट्रिय सहकारी बैंक लिमिटेडका प्रबन्ध सञ्चालक केबी उप्रेती प्रवन्धकीय जिम्मेवारीबाट हटेका छन् । बैंकको सञ्चालक समितिको मंगलबार सम्पन्न बैठकबाट उनले प्रबन्धकीय जिम्मेवारीबाट बिदा लिएका हुन् । बैंकको विनियम बमोजिम २०७० साल मंसिर २५ गते सम्पन्न बैठकले बैंकका सञ्चालक उप्रेतीलाई महाप्रवन्धकको समेत जिम्मेवारी बहन गर्ने गरी प्रवन्ध सञ्चालकको जिम्मेवारी दिएको थियो ।
सहकारी ऐन २०७४ को दफा ४१ (४) मा २ करोड भन्दा बढी कारोबार भएका सहकारी संघ संस्थाका सञ्चालकहरु कार्यकारी प्रमुख बन्न नपाइने व्यवस्था रहेको छ । सहकारी ऐनमा भएको व्यवस्थालाई मध्ये नजर गरी उप्रेतीले प्रबन्ध सञ्चालकको जिम्मेवारी छोडेर सञ्चालकको जिम्मेवारीबाट बाहिरिएका हुन् ।
बैंकको विनियममा निर्वाचित सञ्चालकहरु मध्येबाट एक जना अध्यक्ष र एक जना प्रवन्ध सञ्चालक बनाउने व्यवस्था अनुसार पहिलो, दोस्रो र तेस्रो कार्यकालमा उप्रेतीले प्रबन्ध सञ्चालकको जिम्मेवारी बहन गरेका थिए ।
बैंक स्थापनाकालदेखि नै बैंकको सञ्चालकमा निर्वाचित भई प्रबन्ध सञ्चालकको जिम्मेवारीमा रहेर बैंक सहित मुलुकको सहकारी अभियानमा उप्रेतीले पु¥याएको उच्च कदर गर्दै उनलाई वैठकबाट धन्यवाद ज्ञापन गर्दै प्रवन्ध सञ्चालकबाट विदाई गरिएको हो ।

अभिलेख

लोकप्रिय