१७ वैशाख २०८३, बिहिबार

रोल्पाको दीपज्योती साकोसः विकट गाउँमा करोडौंको कारोबार

२०७५ पुष १, आईतवार
रोल्पाको दीपज्योती साकोसः विकट गाउँमा करोडौंको कारोबार

20181215_155318
रोल्पा, १ पुस
दीपज्योती बचत तथा ऋण सहकारी संस्था लि. सुनछहरी गाउँपालिका–५ पोबाङ रोल्पाको आठौँ बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
सुनछहरी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत वीरबहादुर पुनमगरको प्रमुख आतिथ्यतामा भएको सभामा संस्थाका शेयर सदस्य, गाउँपालिका स्थित विभिन्न शाखाका प्रमुख, पोबाङ स्थित सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
२०६७ सालमा साविकका उवा, सेरम, स्यूरी, जैमाकसला र जेल्बाङ गाविसका २७ जना शेयर सदस्यहरुले प्रति सदस्य २५ सयको दरले शेयर संकलन गरी तत्कालिन दीभिजन सहकारी कार्यालय दाङमा विधिवत रुपमा दर्ता भै सन्चालना रहेको यस सहकारीमा हाल ६ सय १९ जना शेयर सदस्य रहेका छन । आर्थिक बर्ष २०७४/०७५ को असार मसान्त सम्ममा १ करोड ३४ लाखको कारोबार गरेको सचिव खिम विष्ट द्वारा प्रस्तुत प्रगति प्रतिवेदनमा जनाइएको छ ।
प्रतिवेदनमा भनिएको छ सहकारीको अन्तरराष्ट्रि सिद्दान्त मुल्य मान्यतालाई अंगिकार गरी सदस्यहरुलाई आफैले आर्जन गरेको आयस्रोत बाट नियमित रुपमा बचत गर्ने वानीको विकास गर्न उत्प्रेरित गराई सिपमुलक तथा आयआर्जनका काम गरी आर्थिक तथा सामाजिक जीवन स्तर उकास्न सहुलियत ब्याजदरमा ऋण प्रदान गर्ने उदेश्यले यो संस्था स्थापना गरीएको हो ।
संस्थाका कोषाध्यक्ष धनलाल पुन मगरद्वारा प्रस्तुत आर्थिक प्रतविेदन अनुसार संस्थाले आर्थिक बर्ष २०७४÷०७५ सम्ममा कुल चुक्ता पुँजी ११ लाख ७४ हजार तिन सय पु¥याएको छ भने ७७ लाख २० हजार चार सय छैसठ्ठी रुपैयाँ बचत (निक्षेप) संकलन गरेको छ । यसै गरी संकलित शेयर, निक्षेप र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) तथा युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यालय अनामनगर काठमाण्डौबाट लिएको ऋण समेत गरेर जम्मा २ सय चार जना सदस्यहरुलाई कुल १ करोड ७ लाख चार हजार नौ सय छयत्तर रुपैया ऋण प्रवाह गरेको छ ।
संस्थाको हाल जगेडाकोष २ लाख ६५ हजार ९४० रहेको र अन्य कोषहरुमा जम्मा ५ लाख ३० हजार छ सय सत्तरी रुपैया रहेको र अर्थिक वर्ष २०७४÷७५ मा सदस्यहरुको शेयरमा १२ प्रतिशत लाभांश वितरण गरीएको साथै संस्था निरन्तर वृद्धीको स्थितिमा रहेको संस्थाका अध्यक्ष सोन्तो घर्तीमगरले जानकारी दिए ।

अभिलेख

लोकप्रिय