नवजीवन सहकारीको मुनाफा १२ करोड, १८ प्रतिश लाभांस दिने निर्णय

धनगढी, २९ मंसिर
नवजीवन सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्षको कारोवारबाट भएको मुनाफाबाट शेयर सदस्यलाई प्रति शेयर १८ प्रतिशतका दरले लाभांश वितरण गर्ने भएको छ ।
देशकै अग्रणी र ठूलो सहकारी संस्थाको रुपमा रहेको नवजीवन सहकारी संस्थाको कैलाली, कञ्चनपुर र बर्दिया जिल्लालाई कार्य क्षेत्र बनाएको छ । संस्थाका शेयर सदस्य १७ हजार ७०५ पुगेका छन् । शुक्रबार सम्पन्न २५ औं वार्षिक साधारणसभामा प्रस्तुत गरिएको प्रतिवेदनमा संस्थाले आर्थिक वर्ष २०७४÷७५ को आर्थिक कारोवारबाट १२ करोड चार लाख ७५ हजार मुनाफा आर्जन भएको उल्लेख गरिएको छ ।
लाभांश भुक्तानीका लागि मुनाफा भएको रकम मध्येबाट दुई करोड ६७ लाख २९ हजार व्यवस्था गरिएको जनाइएको छ । आय कर ऐन बमोजिम संस्थाले दुई करोड २८ लाख ३४ हजार आयकरवाफत कर राजश्व दाखिला गरिसको छ ।
अधिकृत पूँजी रु ५० करोड रहेको यो संस्थाको २०७४ असारसम्म चुक्ता शेयर पूँजी रु १६ करोड दुई लाख ५७ हजार ५०० पुगेको छ । विसं २०७५असार सम्ममा रु दुई अर्ब ६७ करोड २२ लाख ८४ हजार कूल निक्षेप सङ्कलन गरेको संस्थाको आर्थिक वर्ष २०७४÷७५ सम्ममा लगानीमा रहिरहेको कर्जा रु दुई अर्ब २३ करोड ८७ लाख ४८ हजार रहेको छ ।
संस्थाले आगामी दिनमा शाखा विस्तार, शेयर सदस्यको सीप विकास, शिक्षा स्वास्थ्यमा सहयोग जस्ता कार्यक्रम सञ्चालन गर्न लागेको छ ।
संस्थाले कृषि, व्यापार, उद्योग, सेवा, निर्माण, विपन्न वर्ग र उपभोक्ता कर्जा लगायतका शीर्षकमा कर्जा प्रवाह गर्दै आएको छ ।
सांसद नारदमुनी रानाले सहकारी आन्दोलनलाई सफल बनाउनमा सबै लाग्नुपर्ने बताए । समारोहमा संस्थाका अध्यक्ष चक्रबहादुर सिंह, प्रदेशसभा सदस्य डिल्लीराज पन्त, धनगढी उपमहानगरपालिकाकी उप प्रमुख सुशीला मिश्र भट्ट, पूर्व सांसद महेश्वर पाठक, संस्थापक सदस्य दीपकप्रशाद देवकोटालगायतले सहकारी आन्दोलनको धारणा राखेका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सहकारी अध्यादेश जारी
१७ बैशाख २०८३, बिहीबार
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार
राष्ट्रिय सहकारी बैंकको निर्वाचन जेठ ९ गते, निर्वाचन कार्यतालिका केही दिनमा
१६ बैशाख २०८३, बुधबार