उत्कृष्ठ करदाताबाट सहकारी आउट ! कारण यस्तो…

काठमाडौं, १ मङ्सिर । सरकारले करदातालाई प्रोत्साहन गर्न विभिन्न विद्यामा उत्कृष्ट करदातालाई सम्मान गरेको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले सातौं राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजश्व विभागले आयोजना गरेको कार्यक्रममा विभिन्न १५ विधाका उत्कृष्ट करदातालाई सम्मान गरे।
बहुर्राष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालि सबैभन्दा बढी कर तिर्ने करदाताको रुपमा सम्मानित भए । यसअघि पनि दुई पटकसम्म सूर्य नेपाल सबैभन्दा बढी कर तिर्ने कम्पनीको सूचीमा थियो । यस्तै व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्ने करदाताको रुपमा सिद्धार्थ शमशेर जबरा सम्मानित भए ।
१५ विधाका उत्कृष्ट करदाता सम्मानित हुँदा यस पटक सहकारी क्षेत्र भने छुटेको छ । सहकारी क्षेत्रबाट हरेक वर्ष उत्कृष्ठ करदाताको रुपमा सहकारी बैंक सम्मानित हुँदै आएको थियो ।
कसरी छुट्यो सहकारी क्षेत्र ?
विगतका वर्षमा सहकारी क्षेत्रलाई छुट्टै विधामा राख्ने गरिएको थियो तर यसपटक सहकारी छुटेको छ । सहकारी र लघु वित्तलाई एउटै विधामा राख्दा सहकारी क्षेत्रले सम्मान पाउन सकेन । यस विधामा छिमेकी लघुवित्त उत्कृष्ट करदाताको रुपमा सम्मानित भयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सहकारी अध्यादेश जारी
१७ बैशाख २०८३, बिहीबार
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार
राष्ट्रिय सहकारी बैंकको निर्वाचन जेठ ९ गते, निर्वाचन कार्यतालिका केही दिनमा
१६ बैशाख २०८३, बुधबार