१७ वैशाख २०८३, बिहिबार

रामकोट सहकारीको नवौं साधारणसभा सम्पन्न, खुद नाफा मात्रै साढे १० लाख

२०७५ कात्तिक २७, मङ्गलबार
रामकोट सहकारीको नवौं साधारणसभा सम्पन्न, खुद नाफा मात्रै साढे १० लाख

धादिङ, २७ कात्तिक

ramkot

नीलकण्ठ नगरपालिका–८ स्थित रामकोट बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७४÷०७५ मा १० लाख ८४ हजार ५ सय २७ रुपैया खुद नाफा आर्जन गरेको छ । सहकारीको नवौं वार्षिक साधारण सभामा दिइएको जानकारी अनुसार सहकारीले गत आर्थिक वर्ष २०७४÷०७५ मा ६१ लाख ९५ हजार २ सय १६ रुपैयाँ आम्दानी गर्न सफल भएको थियो ।

स्थानीय स्तरमा केही युवाहरु मिलेर २०६६ सालमा सुरु गरेको सहकारीमा हाल ६ सय १८ जना महिला र ४ सय ४१ जना पुरुष गरी १ हजार ५९ जना सदस्य रहेका छन् । त्यस्तै ४ सय ९९ जना बाल बचतकर्ता रहेका छन् ।

सहकारीको कुल पुँजी ४ करोड २७ लाख ९४ हजार ९ सय ५८ रहेको छ भने चालु आर्थिक वर्षमा पुँजी बढाएर ६ करोड पु¥याउने लक्ष्य राखेको सचिव राजकुमार श्रेष्ठले जानकारी दिए ।

५२ लाख ७३ हजार १ सय शेयर पुँजी रहेको सहकारीले गएको आर्थिक वर्षसम्ममा ३ करोड ५१ लाख ६४ हजार ६ सय ५७ रुपैया बचत संकलन गरेको छ भने ३ करोड ४८ लाख ९० हजार ९ सय ६६ रुपैया ऋण लगानी गरेको छ ।

46124018_2205442459697351_320771964669001728_n

सहकारीको जगेडा कोषमा ९ लाख ८ हजार ७ स ८४ रुपैया, कर्जा जोखिम कोषमा ९ लाख ३४ हजार ९ सय ७९ रुपैया, सदस्य राहत कोषमा ९७ हजार ९ सय रुपैयाँ र अन्य कोषमा ९ लाख १९ हजार ४ सय ८८ रुपैयाँ रहेको छ ।

सहकारीको सिद्धान्त, मुल्य र मान्यतामा आधारित रही शेयर, बचत र ऋण लगानीको कार्यहरु गरीरहेको सहकारीले १४ प्रकारका बचत सेवा र ५ वटा शीर्षकमा ऋण लगानी गर्ने गरेको छ । सहकारीले शेयर सदस्यहरु तथा अन्य सेवाग्राहीहरुलाइ इ–सेवा मार्फत पनि विभिन्न सेवा सुविधाहरु प्रदान गर्दै सहकारीका अध्यक्ष हेमराज श्रेष्ठले बताए ।

सहकारीले शेयर सदस्यलाइ सुत्केरी भएको बेला मातृशिशु स्याहार खर्च स्वरुप सहयोग गर्दै आएको छ भने शेयर सदस्यहरुको आकस्मिक उपचारको लागि लागि ब्याज र सेवा शुल्क नलिइ एक महिनासम्मको ऋण सेवा पनि दिँदै आएको छ ।

सहकारीले नियमित ब्याज तिर्ने ऋणीहरुलाइ ब्याजमा छुट दिँदै आएको छ भने असल ऋणीहरुलाइ साधारण सभा तथा अधिवेशनको दिनमा पुरस्कृत गर्दै पनि आएको छ ।

अभिलेख

लोकप्रिय