१७ वैशाख २०८३, बिहिबार

रोयल सहकारीले ‘डेरी उद्योग’ खोल्ने

२०७५ असोज ३, बुधबार
रोयल सहकारीले ‘डेरी उद्योग’ खोल्ने

royal 01

काठमाडौं, ३ असोज । रोयल बहुउद्देश्यीय सहकारीले ‘डेरी उद्योग’मा लगानी गर्ने भएको छ । संस्थाले ५ करोडको लागतमा छिट्टैनै ‘रोयल डेरी उद्योग’ स्थापना गर्ने जनाएको हो ।

संस्थाको २१ औं वार्षिक साधारण सभामा अर्थिक वर्ष ०७४/०७५को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष भानुभक्त ढकालले पहिलो चरणमा सदस्यहरुले उत्पादन गरेको दूध संकलन गरी दूग्ध पदार्थ उत्पादन तथा विक्री गरिने जानकारी दिए । पछि संस्था आफैले पशुपालन गरी उद्योगको उत्पादन क्षमता वृद्धि गरी सहकारीले उपभोक्ता र उत्पादकलाई जोड्ने र विचौलीयाको अन्त्य हुने बताए ।

अध्यक्ष ढकालले संस्थाले विभिन्न उद्योगहरु संचालन गर्ने लक्ष्य लिएको जानकारी दिए । उनले भने, ‘पहिलो चरणमा दुग्ध उद्योग स्थापना गरीने छ भने दोश्रो चरणमा वहुउद्देश्यीय सहकारी भवन निर्माण गरी देशभरीका कृषि सहकारी तथा कृषक समूहमार्फत उत्पादन भएका कृषि उपजको बजार व्यवस्थापन गर्न ‘रोयल कृषि सहकारी बजार’ स्थापना गर्ने छौं ।’

royal 02

अध्यक्ष ढकालले संस्थाले लघुवित्त कार्यक्रमलाई प्राथमिकता दिंदै काठमाडौं उपत्यका लगाएत नुवाकोट जिल्लाका समेत गरी ३ सय ७५ लघुवित्त सेवाकेन्द्र मार्फत ४ हजार २ सय ६ जना महिला सदस्यलाई अवद्ध गराएको जानकारी दिनु दिए । साथै आगामी दिनमा ५ हजार महिला सदस्यहरुलाई आवद्ध गराउने बताए ।

अभिलेख

लोकप्रिय