सहकारीकर्मीले थाहा पाउनै पर्ने यी १४ कुरा !
१) सहकारी संस्था व्यवसाय गर्ने संस्था हो यसले आफ्ना सदस्यहरुको पेशा व्यवसायलाई सेवा र टेवा पु¥याई सदस्यको आर्थिक र सामाजिक विकास गर्ने उद्देश्य राखेको हुन्छ ।
२) सहकारीले कारोवार गर्ने वस्तु गुणस्तरयुक्त हुन्छ र यसले उचित तौलमा वस्तु उपलब्ध गराउँछ ।
३) सहकारी संस्था सदस्यहरुको मात्र हो, सदस्यहरुको लागि नै हो, सहकारीमा राजनीति गर्नु हुदैन ।
४) सहकारी साझा स्वामित्व भएको स्वायत्त र स्वतन्त्र संगठन हो ।
५) सहकारी संस्थाको संचालन तथा नियन्त्रण लोकतान्त्रिक नियन्त्रण पद्दति अनुसार सदस्यहरुबाट नै हुने भएकाले संस्थाका हरेक क्रियाकलापमा सदस्यहरुको सक्रिय सहभागिता हुनु पर्दछ । सदस्यहरुले संस्थाको कारोवार र हिसाव किताब वारे नियमित रुपमा जानकारी लिनु पर्छ ।
६) यो व्यवसायले धनि र गरिब विचको खाडललाई कम गर्न मद्दत गर्दछ ।
७) एकका लागि सबै र सबैका लागि एक भन्ने सहकारीको आदर्श हो ।
८) वार्षिक साधारण सभा सर्वोच्च निकाय हो र सबै सदस्यहरुले सक्रिय रुपमा सहभागी भई आफ्नो विचार राख्न, छलफलमा भाग लिन, निर्णय गर्न एवम् मतदान गर्न नर्विसौं ।
९) परस्परमा मिलेर समस्या समाधान गर्नु नै सहकारीको मूलमन्त्र हो ।
१०) क्षणिक आवेगमा आई अथवा अरुको देखासिकिमा लागेर सहकारी संस्था दर्ता गर्नु राम्रो हुँदैन ।
११) संस्था दर्ता गरि सके पछि यसलाई निरन्तरता दिऔ, एक पटक दर्ता भएको संस्था विघटन गर्न लामो प्रक्रिया पुरा गर्नु पर्ने हुन्छ । दर्ता गर्न जति सजिलो छ, विघटन गर्न त्यति नै गाह्रो पर्छ ।
१२) सहकारी संस्थाहरुले आफ्ना सदस्यहरुको उत्पादन बृद्धि गर्न आवश्यक पर्ने पूँजी, प्रविधिक लगायतका उत्पादन सामाग्रीहरु सदस्यलाई उपलब्ध गराउने तथा सदस्य उत्पादनको बजारीकरण गर्ने कार्यमा समेत सेवा र टेवा पु¥याइ सदस्यहरुको आर्थिक विकास गर्ने गरी आफ्ना कार्यक्रमहरु संचालन गर्नु पर्दछ ।
१३) सहकारी व्यवसायले सदस्यहरुको हितमा व्यवसाय संचालन गरी सदस्यलाई पेशा व्यवसायबाट आय आर्जन गराइदिन्छ भने संस्थामा भएको नाफाको निश्चित हिस्सा शेयर लगानी र कारोवारको आधारमा सदस्यहरुलाई वितरण गर्दछ, जसले गर्दासदस्यले दोहोरो फाइा प्राप्त गर्दछ । सहकारी व्यवसायमा प्रतिफलको वितरण न्यायोचित ९समतामूलक० ढंगले गरिन्छ ।
१४) बचत तथा ऋणको कारोवार गर्ने सहकारी संस्थाहरुसंग कारोवार गर्दा सो संस्थाको कार्यक्षेत्र आफू वसेको गाउँ ठाउँमा छ कि छैन, साधारण सभा, संचालक समिति र लेखा समितिको नियमित बैठक बसी संस्थाको संचालन र नियन्त्रण गरिएको छ छैन संचालक समितिका पदाधिकारीहरु स्थानीय कार्यक्षेत्रभित्रका शेयर सदस्यहरु हुन् होइनन् लगायतका सम्पूर्ण कुराहरु बुझी संस्थाको शेयर सदस्य बनेर शेयर सदस्यताको प्रमाण पत्र लिएर मात्र बचत जम्मा गर्नु पर्दछ । बचत जम्मा गरेपछि बचत जम्मा गरेको प्रमाण लिन तथा आफ्नो बचतको अभिलेख संथामा भए नभएको बारेमा सँधै चनाखो रहनु पर्दछ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
११ जेष्ठ २०८३, सोमबार
नवजीवन सहकारीको अध्यक्षमा गोपालराज पाठक विजयी
११ जेष्ठ २०८३, सोमबार
राष्ट्रिय सहकारी बैंकद्वारा दुवै समितिको निर्वाचन परिणाम घोषणा, यस्तो बन्यो नयाँ टीम
१० जेष्ठ २०८३, आईतवार