कसरी चिन्ने नक्कली नोट?
सक्कली नोटमा केही विशेषता छन् । जसले सजिलै नोट सक्कली नक्कली छुटउन सकिन्छ ।
पानी छाप : नेपाली नोटको दायाँ भागको खाली ठाउँलाई प्रकाशतिर फर्काएर हेर्यौ भने लाली गुराँसको पानी छाप स्पष्ट रुपमा देख्न सकिन्छ । नक्कली नोटमा यस्तो पानी छाप अस्पष्ट र अलि कालो धब्बा जस्तो देखिन्छ ।
सुरक्षा धागो : नेपाली नोटमा प्रयोग गरिएको सुरक्षा धागो फोटोकपी गर्न सकिदैन । फोटोकपी गरिएको सुरक्षा धागो कालो र त्यसमा छापिएको अक्षर छोएिको जस्तो देखिन्छ । सुरक्षा धागोलाई नियालेर हेर्ने हो भने धागोमा लचद लचद हुन्छ ।
छोएर हेर्ने : नेपाली नोटको बुट्टालाई हातले विस्तारै छोएर हेर्ने हो भने यस्ता बुट्टा कागजमाथि हातले महसुस गर्न सकिने खालको हुन्छ । नोट पुरानो हुँदै जाँदा भने यस्तो विशेषता कम हुँदै जाने हुन्छ ।
आवाजः नेपाली नोट शतप्रतिश कपासबाट भने कागजबाट बनाइएको हुँदा नोटलाई काननिर लगेर हल्लाउँदा आउने आवाज र साधारण कागज हल्लाउँदा आउने आवाज फरक हुन्छ । नोट पुरानो हुँदै जाँदा यो विशेषतामा पनि ह्रास आउने गर्दछ ।
अग्रपृष्ठ संयोजन : रुपैयाँ १००, ५००, १००० दरको नोटलाई प्रकाशतिर फर्काएर हेर्दा पानी छाप भएको कोठाको बाहिरपट्टि(बायाँतिर) भएको बुट्टा र त्यसको पछाडिपट्टि भएको बुट्टा मिलेर लचद भन्ने शब्द बन्छ । नक्कली नोटमा त्यसको लाइन फरक देखिन्छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
११ जेष्ठ २०८३, सोमबार
नवजीवन सहकारीको अध्यक्षमा गोपालराज पाठक विजयी
११ जेष्ठ २०८३, सोमबार
राष्ट्रिय सहकारी बैंकद्वारा दुवै समितिको निर्वाचन परिणाम घोषणा, यस्तो बन्यो नयाँ टीम
१० जेष्ठ २०८३, आईतवार