सहकारीका सदस्यले बहन गर्नु पर्ने ९ जिम्मेवारी !

सहकारी संस्थामा प्रत्येक सदस्यको संस्थामा सामाजिक, आर्थिक, सांस्कृतिक, र व्यवसायिक जिम्मेवारी रहन्छ । यी सबै प्रकारका जिम्मेवारी प्रत्येक सदस्यले क्रियाशील भई पूरा गर्नु पर्दछ । अर्को शब्दमा संस्थाको सम्पूर्ण जिम्मेवारी निम्न अनुसार उल्लेख गर्न सकिन्छ :
१. प्रत्येक साधारण सदस्यले संस्थाले सुरक्षित ढंगले काम गरिरहेको छ, छैन समय–समयमा संस्थालाई आफ्नो बचत रकम सुरक्षित भए नभएको हेर्नु पर्दछ ।
२. संस्थाको साधारण सभामा सहभागी भई संस्थाले वर्ष भरि गरेका आर्थिक, व्यवसायिक, सामाजिक, सांस्कृतिक क्रियाकलापहरूको बारेमा जानकारी लिई चित्त नबुझेका, गलत ढंगले सम्पादन गरिएका विषयहरूमा अन्र्तक्रिया गर्ने, गल्ती गर्ने उपर कारवाहीको माग गर्ने, असल काम गर्नेको प्रशंसा गर्ने, पुरस्कारका लागि पहल गर्ने, भावी योजना तर्जुमा र कार्यक्रम निर्धाणमा सुझाब दिने कार्यहरू गर्नु पर्दछ ।
३. संस्थाको संचालक समिति, लेखा समिति र उपसमितिहरूको व्यवस्थापकीय पदहरूमा बसी कार्यगर्ने, संस्थाका क्रियाकलापहरू बारे अनुगमन, मूल्यांकन गर्ने कार्यमा सदा सक्रिय सहभागी हुनुपर्छ ।
४. सदस्य आफूले उत्पादन गरेको वस्तु तथा सेवा आफ्नो संस्थामा बिक्री गर्ने र संस्थाले उपलब्ध गराएको वस्तु तथा सेवा उपयोग गर्नु पर्दछ ।
५. प्रत्येक सदस्यले संस्थामा हुने निर्णय र क्रियाकलापको बारेमा जानकारी दिई अन्य सदस्यहरूलाई समेत जानकारी दिने, राय प्रतिक्रिया भए सुझाव दिने, गलत निर्णयको विरोध गर्ने कार्यमा पछि पर्नु हुँदैन ।
६. सहकारी सदस्यले आफ्नो संस्थामा के कस्ता निर्णयहरू भइ रहेका छन् ? संस्थाबाट के कस्ता काम कार्यवाही भई रहेका छ । त्यस्तो काम कार्यवाहीले संस्थाको/सदस्यको हित गर्छ, गर्दैन ? संस्थामा धांधली वा हिनामिन भएको छ कि ? पक्षपात पूर्ण व्यवहार भएको छ कि ? त्यस्ता नियन्त्रणमूलक पक्षहरूमा समेत सधै चनाखो भएर ध्यान/दृष्टि पु¥याउनु पर्दछ ।
७. संस्थाको कारोवारमा अनियमितता भएको जानकारी भएमा अन्य सदस्यहरूमा लेखा समितिमा, साधारण सभामा, सम्बन्धित डिभिजन सहकारी कार्यालयमा, सम्बन्धित संघहरूमा लिखित जानकारी गराउनु पर्दछ ।
८. संस्थाका प्रत्येक शंकास्पद क्रियाकलापका बारेमा, संचालक समितिकै बैठकमा, लेखा समितिमा सम्बन्धित जिल्ला संघ, सम्बन्धित डिभिजन सहकारी कार्यालयमा लिखित उजुरी दिनुपर्दछ । साधारण सभा लगायतका सहकारी संस्थाका प्रत्येक व्यवस्थापकीय अंगमा निर्णयका लागि पेश गरिएका प्रस्तावहरू सबै ठिक र उपयुक्त नहुन सक्छन्, बुझेर ठीक भए मात्र स्वीकार गर्नुपर्छ ।
९. माथि उल्लेखित विभिन्न विषयमा चासो राखेर छलफल अन्तक्र्रिया समेत गर्नु पर्दछ । अन्यथा तपाईको बचत, शेयर, व्यक्तिगत योगदान समेत डुब्न सक्छ । संस्थाका प्रत्येक सदस्यको क्रियाशील सहभागिताले संस्थामा नियन्त्रण र सन्तुलनको काम मात्र गर्दैन, संस्थाको उन्नतिका साथै आफ्नो समेत उन्नति हुने कुरामा शंका रहँदैन ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
११ जेष्ठ २०८३, सोमबार
नवजीवन सहकारीको अध्यक्षमा गोपालराज पाठक विजयी
११ जेष्ठ २०८३, सोमबार
राष्ट्रिय सहकारी बैंकद्वारा दुवै समितिको निर्वाचन परिणाम घोषणा, यस्तो बन्यो नयाँ टीम
१० जेष्ठ २०८३, आईतवार