सहकारी लेखापरीक्षकको काम, कर्तब्य र अधिकार

१) लेखापरीक्षकले सर्वप्रथम सहकारी ऐन २०४८, सहकारी नियमावली २०४९, सम्वन्धित सहकारी संघ संस्थाको विनियम, सहकारी सिद्धान्त, सहकारी मूल्य मान्यता, सहकारी आचार संहिता आदिको अध्ययन गर्नु पर्दछ ।
२) उसले संघ संस्थाको शेयर विभाजन र वितरण वारे जांच गरी सामान्यतया कुनै सदस्यले २० प्रतिशत भन्दा वढी नहुने गरी शेयर खरिद गरेको कुरामा विस्वस्त हुनु पर्दछ ।
३) उसले सदस्यहरुद्धारा जम्मा गरिएको नगद डिपोजिट र नगदी किताव वीच तुलना गरी नगद संकलनको जांच गर्नुको साथै गैर सदस्यहरुको डिपोजिट स्विकार नभएकोमा विश्वस्त हुनु पर्दछ ।
४) सहकारी संघ संस्थाले वैङ्क तथा अन्य वित्तिय संस्थाबाट ऋण लिने सम्बन्धमा संञ्चालक समितिबाट निर्णय भए नभएको वारे जाँच गर्नु पर्दछ ।
५) ऋणी सदस्यहरुले ऋण लिदाको वखत गरेको सम्झौताको आधारमा व्याज जम्मा गरेको छ छैन जाँच गर्नु पर्दछ । यसको लागि नगदी किताव र नगद प्रतिलिपी हेर्नु पर्दछ ।
६) संस्थाले आफ्ना सदस्यहरुलाई ऋण लगानि गर्दा संञ्चालक समितिको नियमवमोजिम भए नभएको जाँच गर्नुको साथै सम्झौता पत्र र नगदि किताव हेर्नु पर्दछ ।
७) सहकारी संघ संस्थाको उठन वाँकी ऋण के–कती छ र सोको अवश्था कस्तो छ हेर्नु पर्दछ ।
८) नियमित रुपमा भएको खर्चहरुको भौचरहरुको जाँच गरी त्यसको कानूनी प्रकृया हेर्नु पर्दछ ।
९) संघ संस्थाको खुद बचतको २५% अंश जगेडा कोषमा छुट्याई वाँकी बचत अन्य कोषहरु जस्तै शेयर लाभांश कोष, संरक्षित कोष, कर्मचारी वोनश कोष, सहकारी शिक्षा कोष , सहकारी विकास कोष र घाटा पुर्ति कोषमा विनियममा व्यवस्था भए वमोजिम छुट्टाछुट्टै खाता खोली जम्मा गरेको छ
छैन हेर्नु पर्दछ ।
१०) संस्थाको नगद मौज्दात सम्बन्धमा जाँच गर्दा नगदी किताव सँग भिडाएर आधिकारीकता हेर्नुपर्दछ ।
११) उपभोक्ता पसल संञ्चालन गर्ने सहकारी संस्था भएमा खरिदआदेश, खरिदकिताव, विक्रि किताव, मौज्दात विवरण र स्टक मूल्याकंन विधि जाँच गर्नु पर्दछ ।
१२) सहकारी संघ संस्थाको लेखा प्रचलित लेखा सिद्धान्त र ऐन कानून वमोजिम राखे नराखेको हेर्नुपर्दछ ।
१३) वासालत, नाफा नोक्सान खाताको तयारी प्रचलित लेखा सिद्धान्तवमोजिम तयार भएको छ छैन हेर्नुपर्दछ ।
१४) खर्च नहुने सामानको जाँच गर्दा मौज्दात कितावको साथै जिन्सि निरीक्षण प्रतिवेदनको आधारमा गर्नु पर्दछ ।
१५) संघ/संस्थाको जायजेथा र दायित्वको मूल्याकंन वारे अध्ययन जाँच गर्नु पर्दछ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
आईस्मार्ट चौथो वर्षमा प्रवेश, थप तीन गुणा फिचरसहित भर्सन २.० सार्वजनिक
१८ बैशाख २०८३, शुक्रबार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सहकारी अध्यादेश जारी
१७ बैशाख २०८३, बिहीबार
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार