नेफ्स्कूनको कार्यदिशा !
नेफ्स्कूनको कार्यदिशामा साकोस अभियानको प्रतिवद्धता र राज्यको एक्यवद्धता प्राप्त गर्न सकियो भने मुलुकको समृद्धिको यात्राले सार्थकता पाउनेछ

परितोष पौड्याल
मुलुकको समृद्धिको यात्रामा नेफ्स्कून यतिवेला युगान्तकारी ऐतिहासिक विन्दुमा छ । राष्ट्रनिर्माणको यो महत्वपुर्ण आयाममा मुलुकको नयाँ आर्थिक प्रणालीलाई संस्थागत गर्न वित्तीय सहकारीको संगठनात्मक संरचना र पुनसंरचना तथा अभियानको नेतृत्व विकास र नेतृत्व व्यवस्थापनमा जुटनु पर्ने छ । नेफ्स्कून अर्थात अभियानको यो प्रतिवद्धतामा राज्यको ऐक्यवद्धता मात्रभयो भने हामी मानव विकास र समाज विकासको समष्टिगत विकास यात्रा समृद्धिको यात्रा तय गर्न सक्ने छौ । नेपालको संविधानले नयाँ अर्थ व्यवस्था र सामाजिक प्रणाली तथा राजनीतिक विचारधारा र संस्कृतिको गन्तव्यको रुपमा समृद्धि, समानता र न्याय सहितको समाजवादको कल्पना गरेको छ । समाजवादको प्राप्तिको दिशामा नेपालको वर्तनमान संविधानले अगाडि सारेको नयाँ आर्थिक प्रणालीमा तीन स्तम्वहरु (राज्य, सहकारी र निजी) को साझेदारीमा संमृद्धिको योजना वनाउनु पर्दछ । वर्तमान परिपेक्षमा समृद्धि आम जनजिव्रोको वोली वन्दैछ । यो सकारात्मक भावना र मनोवृतिले मात्र सम्भव हुदैन । समृद्धिको यात्राको दिशा र दृष्टिकोणको विषयमा अन्यौलता छ । नेफ्स्कून, समृद्धि प्राप्त गर्ने दिशामा वित्तीय सहकारी अभियानमा जागरण, सशक्तिकरण, व्यवसायिकीकरण, गुणस्तरिय सुनिश्चिता र सन्जाल व्यवस्थापन मार्पmत साकोसको एकरुपता प्रणालीमा संस्थागत वृद्धि र निरन्तर विकासको खाका तय गर्दै छ । साकोसमा सदस्यहरुको वित्तीय र गैर वित्तीय अर्थात जीवनको सर्वाग्गीण विकासका लागि विभिन्न समाधानहरु अभ्यासमा ल्याएको छ । यी समाधानहरुको नेपालको विशिष्टतामा आन्तरिकीकरण र प्रयोगवाट सकारात्मक परिवर्तन संवोधन गर्नु आजको आवस्यकता हो । समानता र न्यायको लागि आम नेपालीको यथाअवस्था रहने गुण र केही व्यक्तिको विशेष हैसितमा वदलाव ल्याई नागरिकतहमा सम्पुर्ण वित्तीय समााधान र परिस्थितिको ठोस विश्लेषणको आधारमा नयाँ कार्यादेश आवस्यक छ । इतिहासको अनुभव, ज्ञान, शिप, क्षमता तथा नीति, विधि र प्रविधि एउटा पुस्ताले अर्को पुस्तालाई अनि एउटा युगले अर्को युगलाई हस्तान्तरण गर्दै जान सकियो भने मात्र समृद्धिको यात्रामा नयाँ पुस्तालाई शसक्तिकरण गर्न सकिन्छ । नयाँ पुस्तालाई मानव अधिकार, संस्कृति, व्यपार, वातावरणीय सरोकार, वित्त र व्यपार मार्फत नेपालको नेपालको समृद्धिको यात्रामा प्ररित गर्नु पर्दछ । सैद्धान्तिक पक्षको गतिशिलता र प्रविधिको विशिष्टता तथा नैतिक पक्षको नेतृत्वलाई आत्मसात गर्दै दिगो विकासलाई संवोधन गर्नु पर्दछ । नेफ्स्कूनले परिणाममुखी समृद्धिको यात्रासंग प्रश्तुत दुई विषयहरु नेफ्स्कुनको वृद्धि र विकासको योजना, लक्ष्य र उद्देश्यसंग सापेक्ष हुनु पर्दछ ।
क) आर्थिक विकास
ख) मानिसको गुणस्तरिय जीवन
(क) आर्थिक विकास
नागरिकहरुसंगको समृद्धि, विकास तथा समानताको अधिकारलाई निकर्षमा पु¥र्याउन नेपालको संविधान २०७२ ले आर्थिक कार्यप्रणालीको तीन आयाम सरकारी, नीजि र सहकारीलाई संस्थागत गरेको छ । वित्तीय सहकारीको माध्यमवाट आवधिक मापनका आधारमा आर्थिक कार्यप्रणालीमा योगदान पु¥र्याउन आर्थिक विकासले संवोधन गर्नुपर्ने विषयहरुमा ः मुद्रास्फिर्ति, उत्पादन र सेवाको गुणस्तर तथा वित्तीय सेवाको मुल्यनिर्धारण, नागरिकको वित्तीय पहुँच, व्यवसायिक क्रियाकलाप, संयुक्त पुँजीको लगानी (समुदायमा आधारित उद्यमशीलता) मार्फत मानिसको जीवनस्तर सुधार, कुल ग्राहस्त उत्पादनमा वृद्धि लगायताका विषयहरु पर्दछन । वित्तीय सहकारीको वृद्धिलाई आर्थिक विकासको कार्यान्वयन संग अनिवार्य सम्वन्ध राख्ने आधारभूत र महत्वपुर्ण विषयहरु प्रश्तुत वमोजिम छन ।
आर्थिक तथा वित्तीय पुर्वाधारको विकास : वित्तीय सहकारीको वृद्धि र विकासको लागि धन सिर्जना गर्न सक्ने सुदृढ अर्थव्यवस्था प्रणाली : वित्तिय मध्यस्तता गर्ने संयन्त्र, वित्तिय पहुँच, वित्त विकास, संस्था सन्चालन र प्रयोगको लागि वित्तिय संहिताको निर्माण, प्रभावकारी सन्चालनको लागि वित्तीय पारदर्शिता र सुशासनको प्रवन्ध, तरलता व्यवस्थापन, मानवसंसाधन व्यवस्थापन तथा अनुसन्धान र विकास मार्फत भौतिक पुर्वाधारको विकास मार्फत जीविकाको स्तरोन्नतिमा सहयोग पु¥र्याउनु पर्दछ । जीवनस्तर वदल्नको लागि समुदायमा आधारित साकोसको स्वामित्व र नियन्त्रण र फाइदालाई सदस्य केन्द्रित वनाउनु पर्दछ । सम्पुर्ण वित्तीय समाधान सहितको साकोसको स्थापना र साकोसहरुको स्तारोन्नतिको लागि श्रोतकेन्द्रको रुपमा नेफ्स्कूनलाई संस्थागत गर्न राष्ट्रवैंकवाट स्विकृत प्राप्त साकोस वैंकको स्थापना, सस्थाको वित्तीय सुरक्षा तथा सदस्यको जीवन र गैर जीवनको सुरक्षणको लागि विमाको नियामक निकायको स्विकृतिमा साकोस विमा संस्थाको स्थापना, साकोस विप्रेषणको लागि व्यवसायीक संयन्त्र, साकोसमा वित्तीय कारोवारको लागि विद्युतिय समाधान । संस्थाहरुको स्थायित्व र सुरक्षाको लागि स्थिरिकरण कोष, सन्जाललाई व्यवस्थापन गर्न साकोसको एकरुपता प्रणाली, साझेदार निकायसंगको सहकार्यको लागि साकोस प्रतिष्ठान, वित्तीय सहकारीका उत्तम अभ्यासहरुको आन्तरिकीकरण र हस्तान्तरणका अन्तराष्ट्रिय साझेदारी नेफ्स्कुनलाई दिशानिर्देश गर्ने आर्थिक तथा वित्तीय पुर्वाधारका आधारहरु हुन । आर्थिक तथा वित्तीय पुर्वाधारका लागि वित्तीय क्षेत्रको जिम्मेवारी नेफ्स्कूनको कार्यदिशा हुनु पर्दछ ।
उद्यमशिलता, नवप्रर्वतन र आविस्कार : व्यवसायीक विविधता, प्राविधिक विविधता र सेवाको विविधतामा आधारित भई श्रोत र साधनमा अवसर र पहुँचको उपयोग गरि आयआर्जन गर्न र पुँजीवृद्धि गर्न हरेक व्यक्ति संलग्न हुनु पर्दछ । यसको लागि हरेक मानिसले नयाँ उद्यमशिलताको सोच, नयाँ औद्योगिक आयाम र व्यवसायीक समाधानको खोज गर्नु पर्दछ । नवप्रवर्तन नै विचार, पद्धति र प्रविधिको माध्यमले नयाँ धन सिर्जना, प्रविधि, श्रोत र साधनको खोज, सम्भावनाको प्राप्तिको औजार हो । अनुशासन, सिकाई, र अभ्यासको माध्यममा नागरिकलाई जागृत गर्नु पर्दछ । नवप्रवर्तन, विचारलाई योजना वनाउने मार्गदर्शन र सन्देशलाई अभ्यासमा ल्याउने माध्यम हो । आविस्कारले हाम्रो जीवनपद्धतिलाई सहज र सवल वनाउन मद्दत गर्दछ । आविस्कारले सोचलाई उपयोगीतामा ल्याउँछ उत्पादन र सेवालाई प्रभावकारी वनाउँन सघाउँछ । मानिसहरुको आदर्श इच्छा, आवस्यकता र चाहनालाई वास्तविकताको परिपुर्तिमा सहयोग पु¥र्याउँछ ।
शिक्षा र तालिम : मानव विकासलाई प्रवर्दन गर्ने पहुँचयोग्य उच्च गुणस्तरिय शिक्षा प्रणालीमा आम नागरिकको पहुँच पुग्नु पर्दछ । मानव जीवनका सम्पुर्ण पक्षमा पोख्त पार्न वित्तीय शिक्षा, व्यवसायिक शिक्षा र नागरिक शिक्षा सहितको नवमानवको विकासले मात्र राष्ट्रिय समृद्धिको प्राप्ति सम्भव हुन्छ । मानव विकास र राष्ट्र विकासको लागि गुण र क्षमतामा आधारित नागरिक समुहको निर्माण गर्नु पर्दछ । जहाँवाट समृद्ध सभ्यताको आरम्भ गर्न सकियोस । गुणस्तरिय नव मानवको विकासले मात्रै समुदायमा साधन र श्रोतको किफायति प्रयोग र उत्पादकत्वको विकासमा आधारित आर्थिक तथा सामाजिक प्रणालीको स्थापना गर्न सम्भव हुन्छ । उच्च गुणस्तरिय मावनको विकासका लागि साकोसले सदस्यहरुमा शिक्षा, तालिम र सुचनालाई आधार वनाई समृद्ध गुणस्तरिय नयाँ जीवनको सर्वाग्णीण विधामा पोख्त सदस्यको निर्माण गर्दै राष्ट्रिय समृद्धिको यात्रामा सहयोग पु¥याउनु पर्दछ । साकोसलाई सशक्तिकरण, विद्युतिय समाधान, व्यवसायिक समाधान तथा साकोसको विकास र अनुसन्धानको लागि व्यवसायीक साकोस तालिम केन्द्रको प्रभावकारी सन्चालन गर्नु पर्दछ । मानिसको भावना र मनोवृतिको सकारात्मक सुधार मात्र होइन उनिहरुमा समृद्ध मुलुकको लागि आवस्यक क्षमता र सामर्थको विकास गरि मानिसका कार्यशैलि र प्रभावकारीतामा वदलाव ल्याउनु पर्दछ । यसको लागि नेफ्स्कूनले यो अभियानका स्वयंसेवकको व्यापक परिचालन गर्नु पर्दछ ।
लोकतान्त्रिक संस्थाको विकास : लोकतन्त्र संस्थाको नीतिमा प्रतिविम्वित हुन्छ । नेतृत्व र विधि निर्माणमा लोकसम्मति भएजस्तै साकोसको सन्चालन विकास र व्यवस्थापनको लागि नीति, आर्थिक वृद्धिमा आधारित पारदर्शी र जवाफदेही शासन र प्रशासनमा सदस्यको सहभागितालाई जोड दिनु पर्दछ । सहकारीमा शेयर लगानी मार्फत संस्थामा सदस्यको आर्थिक सहभागिता हुन्छ । वचत ऋण अभियानमा यो आर्थिक सहभागिता भनेको वचतमा पनि अनिवार्य सहभागिताको अवधारणा हो । सदस्यहरुको स्वामित्व, एक व्यक्ति एक मतको समतावादी अवधारणामा आधारित नियन्त्रण प्रणाली सहकारी लोकतन्त्रको मर्म हो । सहकारीमा आम्दानीको ठूलो हिस्सा संस्थागत विकासमा लगानी गर्ने संस्था विकास गर्ने गरिन्छ । सस्थाको फाइदाको (उत्पादन र सेवामा) सक्रियताको आधारमा एउटा हिस्सा शेयरको अनुुपातमा लाभांश र अर्को हिस्सा कारोवारमा संलग्नता (वितरणमुखी न्याय) आधारमा सदस्यहरुलाई लाभ पु¥याउने प्रणाली अवलम्वन गरेकाले सहकारी क्षेत्रलाई लोकतन्त्रको प्राथमिक पाठशाला पनि भनिन्छ । वित्तीय पहुँच र वित्तीय लोकतान्त्रिकरणको लागि लोकतान्त्रिक केन्द्रियताको आधारमा अभियानका स्वयंसेवकलाई संगठित गर्न साकोस अभियानको स्वयंसेवकवाट सन्चालित साकोस फाउन्डेशनको संस्थागत विकास गर्नु पर्दछ । व्यवसाय, संगठन र नेतृत्व समृद्धिको धरातल भएकाले स्वयंसेवकको क्षमता अविवृद्धि, निरन्तर शिक्षा र परिवर्तनको लागि परिचालन लोकतन्त्रको आधार स्तम्व हो ।
साकोसको सम्पुर्ण वित्तीय समाधानको केन्द्र : नेफस्कून वित्तीय समाधानको श्रोतकेन्द्र रुपमा रहनु पर्दछ । साकोसहरुको संस्थागत स्थायित्व, सुरक्षा र विकासको लागि आधारभूत विषयहरु वचत सुरक्षण कोष, व्यवसाय विकास केन्द्र, स्थिरिकरण कोष, वित्त प्रणाली (लधुवित्त, हरित वित्त, कृषि वित्त लगायत) जोखिम न्यूनिकरण, स्तरिकरण, गुणस्तरिय सुनिश्चिता, लगायतका वित्तीय सहकारीको क्षेत्रमा विकास र आविस्कार भएका समाधानहरुको क्रमिक विकास र उपयोगको रणनीतिको लागि योजना र कार्यान्वयन गर्नु पर्दछ ।
ख) जीवनको गुणस्तर :
सदस्यहरुको गुणस्तर मापन गर्ने विषय वृहत्तर रुपमा सदस्यको जीवन पद्धति भित्रको विविध वित्तिय निर्णयसंग जोडिन्छ । नागरिकहरुको वित्तिय क्रिर्याकलाप र व्यक्तिगत कार्यसम्पादन सापेक्षित रुपमा सम्वन्धित पक्षहरु हुन । जीवनको गुुणस्तरमा निर्धारण गर्ने विषयले ः वित्तिय सुरक्षा, वयक्तिक स्वतन्त्रता, उचित वातावरण, रोजगारको सुरक्षा, पारिवारिक जीवन, शिक्षा, स्वास्थ्य तथा सुरक्षा र सामाजिक पुँजीसंग सापेक्ष सम्वन्ध राख्दछ । गुणस्तरिय जीवनले वचतलाई घटाउँछ अथवा गुणस्तरि जीवनले खर्च वृद्धि गर्दछ । सकोस अभियानको लक्ष्य वचत वृद्धि गर्नुमात्र होइन उसको आयआर्जनको नयाँ खोज र त्यसालाई आवस्यक पर्ने सहयोग, शिक्षा, तालिम र सुचनाको माध्यमले ज्ञान, शिप र क्षमताको अविवृद्धि गर्नु पनि हो । त्यसैले नेफ्स्कुनले सदस्यहरुको जीवन स्तर वदल्नको लागि साकोस निर्माण भन्ने नारालाई प्राथमिकताका साथ वर्षको नारा वनाएको थियो । गुणस्तरिय जीवनको लागि साकोसले निर्वाह गर्नु पर्ने विषयमा
संस्थाका उत्तरदायित्वहरु :
सुशासन : साकोसको आन्तरिक प्रशासन, वजार, सरोकारवाला, संस्था र सदस्य वीचको सम्वन्ध, संस्था र समाजसंगको सम्वन्ध सन्चालन गर्न सकोसको मुल्य अनुुसारको अन्तरक्रिया र निर्णय प्रक्रियामा साझेदारीमा साझा समस्यको समाधान गर्नु सुशासन हो । सुशासनले नवप्रर्वतन, पुनरसशक्तिकरण, उत्पादन र सेवाको प्रभावकारी सन्चालन, व्यवस्थापकिय कुशलता, लोकतान्त्रिक पद्धति मार्फत सन्चालिन हुने प्रक्रिया सुशासन हो । सुशासनको प्रत्याभूतिको लागि साकोसका हरेक सदस्य संस्थाको विधि, नीति र प्रविधिको उपयोगमा उत्तरदायित्वपुर्ण जीम्मेवार हुन आवस्यक हुन्छ । सुशासनको लागि संस्थाको आन्तरिक प्रणलीमा नीतिको नियन्त्रण, संस्थाको वाहिय प्रणालीमा कानूनी संहिताको पालनना र सदस्यको वयक्तिक सुशासनको प्रणालीसंग सम्वन्धित हुन्छ ।
स्वास्थ्य : मानिसको गुणस्तरिय जीवन प्रभावकारी शारिरीक, मानसिक र सामाजिक परिवर्तनको लागि आवस्यक पर्ने सामर्थ र तन्दुरुष्टी हो । यो शारिरिक अशक्तता र रोगको अनुपस्थिति मात्र होइन रोगको गुणस्तरिय उपचारको निम्ति पहुँच र अवसर पनि हो । नेपालमा जनसंख्याको वहुमतमा विकलांग छ । यो राष्ट्रनिर्माणको लागि भयाभह अवस्था हो यसलाई सहकारीको एउटा विषय वनाउन जरुरी छ । सन्तुलित स्वास्थ्यको लागि साकोसले योजना वनाउनु पर्दछ । जनसंख्या जीवनको गुणस्तरको लागि स्वास्थ्य विमासंग यो विषय जोडिनु पर्दछ ।
वयक्तिक स्वतन्त्रता : मानिस जन्मको आधारमा स्वतन्त्र हुन्छन । जन्मको आधारमा हरेक मानिसमा आधारभूत रुपमा जीवन, स्वतन्त्रता, आधारभूत हक र आत्मसम्मानयुक्त जीवनको अधिकार निहित रहन्छ । यस्ता अधिकारहरु हरेक मानिसले उपयोग गरे जस्तै साकोसको सदस्यले पनि वयक्तिक स्वतन्त्रतामा अधारित जीवन पद्धति र चिन्तन पद्धतिको स्वतन्त्रता प्राप्त गर्नु पर्दछ । अधिकार र लोकतान्त्रिक पद्धति मार्फत नागरिकको वयक्तिक स्वतन्त्रतालाई सम्मान, सुरक्षा र परिपुर्ति गर्र्नु पर्दछ ।
सुरक्षा : सुरक्षा भनेको मानिसलाई हानिहुने विषयवाट मुक्त रहने प्रत्याभूति हो । यो भित्र जीवन, सम्पत्ति, व्यक्तित्व, आत्मसम्मान मानिसका आधारभूत मानव अधिकार र राज्यको कानूनले सिर्जना गरेको अधिकारलाई विनारोकतोक सन्चालन र व्यवस्थापन गर्ने समार्थ पर्दछन । साकोसले यो सुरक्षाको सन्दर्भमा हरेक मानिसलाई मुख्यत सदस्यलाई जागरण र ससक्तिकरण गर्नु पर्दछ । सदस्यको सुरक्षाको अतिरिक्त संस्थाको सुरक्षाको लागि सभ्यताको विकास गर्ने र सुन्दर संन्सारको निर्माण गर्नु पर्दछ ।
सामाजिक पुँजी : वित्तीय सहकारीले सहकार्य, भरपर्दो र विश्वासिलो समुदाय जसले मानिसका आधारभूत आवस्यकताको परिपुर्तिका लागि सेवा र उत्पादनको उपलब्धतामा भूमिका निर्वाह गर्न सकुन । अवको युग समृद्धिको युग, उपभोक्तावादी युग हो । हरेक मानिस आर्थिक रुपमा स्वाधिन र आयआर्जनसंग जोडिनु पर्दछ । उत्पादन र सेवाका आधारमा औद्योगिकीरण, प्राविधिकीकरण र व्यवसायीकीकरणालई आधार वनाई ठुलो सामाजिक पँुजीको निर्माण गरि राष्ट्रिय पुँजीको निर्माण गर्नु र संयुक्त पुँजी मार्फत राष्ट्रि गौरवका कार्यक्रमहरुमा योगदान पु¥याउन साकोस अभियान्ताको चाख र अभिरुचि आवस्यक रहन्छ । संगठित पुँजीको सन्चालनको लागि विशिष्ट योजना वनाई समृद्धिको यात्रामा सामाजिक पुँजीको प्रयोगलाई व्यवसाय विकास केन्द्रहरुलाई सामाजिक पुँजी प्रयोग गर्ने आधार वनाउनु पर्दछ ।
आधारभूत आवश्यकता : आधुनिक युगमा मानिसका विकासको अधिकारको परिभाषित हुदैछन । मानिसले आधारभूत समृद्धिको यात्रामा विज्ञानको पछिल्ला उपलब्धिको प्रयोग तथा आवश्यकता अनिवार्य र मुख्य विषय वन्दैछन । यस्ता आवस्यकताहरु विकसित हुँदै आउने मानव चेतना र सस्कृति असिमित र गतिशिल हुन्छन । आधारभूत आवस्यकताहरु मानिसका आर्थिक, सामाजिक, सास्कृतिक र पर्यावरणीय अधिकारसंग अन्तरसम्वन्धित, अन्तरनिर्भर र अन्तरक्रियात्मक हुन्छन । यी विषयहरु स्वस्थ्य पानी र हावा, प्राकृतिक गुणस्तरिय खाद्य, सुरक्षित आवास, वाल्यकालको विकास र सुरक्षा, शारिरिक सुरक्षा, अनुकुल भौतिक वातावरण, अनुकुल कार्यस्थल, स्वास्थ्य सुविधा, आर्थिक सुरक्षा, पारिवारिक जीवन, आधारभूत शिक्षा लगायत छन । यस्ता आधारभूत आवस्यकताका परिपुर्तिबाटै समृद्धिको मापन गर्ने भएकाले यस्ता विषयमा साकोसले विचार मन्थन र उत्पादन र सेवाको आविस्कार व्यवस्थाको लागि हरेक साकोसलाई नेफ्स्कूनले प्रेरणा दिनु पर्दछ ।
नेफ्स्कूनको यी कार्यदिशामा साकोस अभियानको प्रतिवद्धता र राज्यको एक्यवद्धता प्राप्त गर्न सकियो भने मुलुकको समृद्धिको यात्राले सार्थकता पाउनेछ । यसले वित्तीय सहकारी अभियान गौरवशाली हुन्छ, जव सहकारी अभियान गौरवशाली हुन्छ त्यतिवेला राष्ट्र गौरवशालि हुन्छ । यो गौरवपुर्ण यात्राले समृद्ध नागरिक र समुन्नत नेपालको निर्माण हुनेछ ।
(लेखक नेफ्स्कूनका महासचिव हुन्)
अभिलेख
लोकप्रिय
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबार
आकाश डिजिटलको ८औं वार्षिकोत्सवमा विशेष छुट
१० असार २०८२, मंगलवार
वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबारRecent Posts
विकू बचतको पहिलो त्रैमासिक समीक्षा सम्पन्न, कावासोती सेवा केन्द्र उत्कृष्ट
१९ कार्तिक २०८२, मंगलवार
रचनात्मक कार्यक्रमहरु गर्दै किसान सहकारीले मनायो ३० औँ बार्षिकोत्सव
१९ कार्तिक २०८२, मंगलवार
‘इनोभेट फाइनान्स प्राइड इन फिनटेक पावरलिस्ट २०२५’ मा आकाश डिजिटलका सीईओ अधिकारी चयन
१८ कार्तिक २०८२, सोमबार