सहकारीको दुरुपयोग !

सहकारी मन्त्रालयको काम के ? सहकारी मन्त्रीको काम के ? सहकारी मन्त्रीले फोकटमा सेवा सुविधा लिनु र तलब मात्र खानु र राज्यकोष ढुकुटी दुरुपयोग गर्नु मात्र हो र ? जिल्ला जिल्लामा रहेको डिभिजन सहकारी कार्यालय र सहकारी संस्थाहरुको निरीक्षण अनुगमन खोइ ? कारवाही खोइ ?
– राकेश कुमार शर्मा
सहकारी सदस्यको लगानीको कारणले चलेको छ । तर कतिपय सहकारीका सञ्चालक समितिहरुले सहकारीलाई आफूहरुको आयस्रोतको माध्यम बनाएका छन् ।
सदस्यहरुलाई समयमा बोनस नदिने, पैसा निकाल्न नदिने, समयमा अडिट नगराउने र समयमा साधारणसभा नगर्ने जस्ता कार्यले सहकारीको ऐन, नियम र कानूनको उलंघन गरेको पाइन्छ । कतिपय सहकारीहरु मापदण्ड अनुसार चलिरहेका छैनन् । सदस्यहरुले पनि केही फाइदा र मुनाफा पाउने आशाले शेयरमा लगानी, नियमित बचत र मासिक बचत गरेका हुन्छन् । सहकारीको नामको दुरुपयोग गर्ने कार्य समितिका सञ्चालक (पदाधिकारी) हरुले शेयर सदस्यहरुलाई ठग्ने गरेको पाइन्छ । भ्रमण लैजाँदा पनि आफन्तबाट र नाताबाट जस्ता पक्षपात गरेको पाइन्छ ।
सहकारीमा बोनस दिंदा कुनै सहकारीमा पाँच प्रतिशत बोनस कुनै सहकारीमा दश प्रतिशत बोनस र कुनै सहकारीमा लाभांश नै नदिने तथा आफ्नो रकम पुरै फिर्ता झिक्न खोज्दा पनि नदिने यस प्रकार शेयर सदस्यहरु ठगिएका छन् । जिल्ला मकवानपुर, हेटौंडाको शुभसन्ध्या महिला उपभोक्ता सहकारी संस्था लिमिटेडले २०७१ सालको लाभांश सदस्यहरुलाई हालसम्म वितरण गरेको छैन । शुभसन्ध्या महिला सहकारी जस्ता सहकारीको नाम दुरुपयोग गर्ने सहकारीहरु राज्यमा थुप्रै छन् ।
हालको राज्यको महंगी अनुसार राज्यले सदस्यहरुलाई कम से कम ३० प्रतिशत बोनस दिने व्यवस्था र निती बनाउनु पर्दछ । सहकारीका कार्य समितिका सञ्चालकहरु वा पदाधिकारीहरुले मात्र फाइदा र मुनाफा लिइ राख्नुपर्छ भन्ने छैन । सदस्यहरुलाई पनि अधिकतम लाभांश दिनुपर्छ । कतिपय सहकारीका कार्य समितिका सञ्चालकहरु (पदाधिकारी) हरुले शेयर सदस्यहरुको रकम लिएर फरार हुने गरेको पाइन्छ । राज्यले कार्यसमितिका सञ्चालकहरुको सम्पत्तिको विवरणहरुको पनि लेखा जोखा राख्नुपर्दछ । सदस्यहरुलाई ठग्ने र मर्का पार्ने सहकारीहरुलाई कार्य समितिका सञ्चालकहरुको सम्पत्तिहरुबाट पनि भर्पाई गराउनु पर्दछ । म्रो मुलुकको सत्ता पक्ष र राज्य पक्ष निरीह छ । यस प्रकार राज्यको लुट र खाउको निती रहेको पाइन्छ । यसकारण पनि सहकारीहरुबाट शेयर सदस्यहरु ठगिएका छन् ।
बैंक र सहकारी भनेको एउटै जस्तै हो । एउटा व्यक्तिले राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, एस. बी. आई बैंक, काठमाण्डौं बैंक र लुम्बिनी बैंकमा पैसा (रकम) जम्मा गर्दछ भने नागरिकहरुको इच्छाको कुरा हो । यस्तै सहकारीमा पनि एक व्यक्तिले पाँच वटा सहकारी दश वटा सहकारीमा लगानी गर्छन, नियमित बचत र मासिक बचत गर्छन भने नागरिकहरुको इच्छा र आफू खुशीको कुरा हो । यस्ता कुराहरुमा राज्यले प्रतिबन्ध लगाउने व्यवस्था र निती ल्याउन खोज्नु उचित कुरा र दायित्व होइन ।
सहकारीमा सदस्यहरु लाई ऐन, नियमावली र कानून बमोजिम १५ प्रतिशत भन्दा बढी लाभांश दिन नपाइने व्यवस्था छ । सदस्यहरुलाई १५ प्रतिशत भन्दा कम बोनस जति पनि दिन पाइने किन ? कतिपय सहकारीहरुले सहकारी घाटामा छ भनेर लाभांश नदिराखेको अवस्था पनि छ । शेयर सदस्यहरुलाई १५ प्रतिशत भन्दा बढी लाभांश दिन नपाइने भएपछि सदस्यहलरुाई १५ प्रतिशत भन्दा कम बोनस पनि दिन नपाइने व्यवस्था लागु हुने गरी ऐन, नियम र कानून बनाउन’ पर्दछ भन्ने मेरो मान्यता रहेको छ ।
राज्यले सहकारीसँग कर लिइ रहेको छ । सहकारी मन्त्रालयको काम के ? सहकारी मन्त्रीको काम के ? सहकारी मन्त्रीले फोकटमा सेवा सुविधा लिनु र तलब मात्र खानु र राज्यकोष ढुकुटी दुरुपयोग गर्नु मात्र हो र ? जिल्ला जिल्लामा रहेको डिभिजन सहकारी कार्यालय र सहकारी संस्थाहरुको निरीक्षण अनुगमन खोइ ? कारवाही खोइ ?
जिल्ला जिल्लामा रहेको डिभिजन सहकारी कार्यालयको प्रमुखको काम के ? कार्यालय प्रमुखले फोकटमा सेवा सुविधा लिनु र तलब मात्र खानु र राज्यकोष ढुकुटी दुरुपयोग गर्नु मात्र हो र ? निरीक्षण खोइ ? अनुमगन खोइ ? समयमा शेयर सदस्यहरुलाई बोनस् नदिने, समयमा अडिट र समयमा साधारण सभा नगर्ने सहकारीहरुलाई कारवाही खोइ ? शेयर सदस्यहरु पनि सचेत र जागरुक रहन जरुरी छ ।
अभिलेख
लोकप्रिय
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबार
आकाश डिजिटलको ८औं वार्षिकोत्सवमा विशेष छुट
१० असार २०८२, मंगलवार
वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबारRecent Posts
विकू बचतको पहिलो त्रैमासिक समीक्षा सम्पन्न, कावासोती सेवा केन्द्र उत्कृष्ट
१९ कार्तिक २०८२, मंगलवार
रचनात्मक कार्यक्रमहरु गर्दै किसान सहकारीले मनायो ३० औँ बार्षिकोत्सव
१९ कार्तिक २०८२, मंगलवार
‘इनोभेट फाइनान्स प्राइड इन फिनटेक पावरलिस्ट २०२५’ मा आकाश डिजिटलका सीईओ अधिकारी चयन
१८ कार्तिक २०८२, सोमबार