नारायणी बहुउद्देश्यीय सहकारीमा राजनीतिक हस्तक्षेप !
जिल्ला मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. ९ पशुपतिनगरमा रहेको नारायणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा राजनीतिक हस्तक्षेप छ । यस प्रकार सहकारीमा राजनीतिक हस्तक्षेप र भागवण्डा हुन लागेपछि हाम्रो मुलुकमा सहकारीहरु फस्टाउने र सफल हुने कसरी ? वि.सं. २०७३ साल कार्तिक २७ गते नारायणी बहुउद्देश्यीय सहकारी संस्थाको बिसौं बार्षिक साधारण सभा र निर्वाचन कार्यक्रम समेत रहेको थियो । मेरो उम्मेद्वारी सहकारीको सदस्य पदमा थियो । निर्वाचनको अन्तिम नामावलीमा म समेत २१ जना उम्मेद्वार सदस्यहरुको नाम पनि २७ गते नै प्रकाशन भएको थियो । वि.सं. २०७३ साल मंसिर ११ गते निर्वाचनको पनि घोषणा भईसकेको छ । राजनीतिक भागवण्डाको आधारमा १० जना सदस्यहरु चयन गर्नुपर्ने भएकोले २१ जना सदस्यहरुमध्ये अरु छोड्न तयार छन् बाँकी एउटा तपाईले पनि उम्मेद्वारी फिर्ता लिनुप¥यो भन्दै लक्ष्मण भण्डारी, प्रकाश पौडेल र कुमार पौडेल आदि आदि जस्ताहरुबाट मलाई नराम्रो प्रेशर र दबाव परिरहेको छ । मेरो स्वतन्त्रता र मानवअधिकारलाई कुण्ठित पार्ने काम भईरहेको छ ।
जिल्ला मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. ९ पशुपतिनगरमा रहेको नारायणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको निर्वाचन कार्यक्रममा वि.सं. २०७३ साल कार्तिक २७ गते उम्मेद्वारी दर्ता गरेकाहरु अध्यक्ष पदमा २ जनाले उम्मेद्वारी दर्ता गरेका थिए । रामहरी न्यौपाने र कुमार पौडेलले, उपाध्यक्ष पदमा हरि प्रसाद वाग्ले र रामचन्द्र अर्यालले उम्मेद्वारी दर्ता गरेका थिए, सचिव पदमा ५ जना उम्मेद्वारहरुले उम्मेद्वारी दर्ता गरेपनि सचिव पद भने खाली राखियो किन ? अध्यक्ष पदमा २ जना उम्मेद्वारी दर्ता गरेको मध्ये रामहरि न्यौपानेलाई अध्यक्ष, कुमार पौडेललाई अध्यक्ष पद छोड्न लगाएर सचिव पद दिने तयारी त्यस्तै उपाध्यक्ष पदमा २ जना उम्मेद्वारी दर्ता गरेको मध्ये हरि प्रसाद वाग्लेलाई उपाध्यक्ष, रामचन्द्र अर्याललाई उपाध्यक्ष पद छोड्न लगाएर सदस्यमा ल्याउने तयारी भईरहेको छ । उम्मेदवारी दर्ता गरि सकेपछि र उम्मेदवारी फिर्ता लिने समय सकिए सकेपछि के यो सही तरिका हो ? कानुनविदहरुले ध्यान दिनुहोला ।
जिल्ला मकवानपुर, हेटौंडा उप–महानगरपालीका वडा नं. ९ पशुपतिनगरमा रहेको नारायणी वहुउद्वेश्यीय सहकारी संस्था लिमिटेडमा वि.सं २०७३ साल मंसिर ११ गते लाई निर्वाचनको घोषणा भईसकेको छ । राजनीतिक भागवण्डाको आधारमा पदाधिकारीहरुको कार्यसमिति वनाउनका लागि म राकेश कुमार शर्मा लाई जसरी पनि सदस्य पदवाट हटाउन नारायणी वहुउद्वेश्यीय सहकारी संस्था लिमिटेडका पदाधिकारीहरु, सल्लाहकारहरु र लक्ष्मण भण्डारी, प्रकाश पौडेल र कुमार पौडेल आदि आदि जस्ताहरु लागि परेर निर्वाचन प्रक्रिया नै रद्व गराउने र निर्वाचनको न“या प्रक्रियामा लैजाने मनसाय र नियतमा छन् ।
राकेश कुमार शर्मा
हेटौँडा उ.म.न.पा. २
अभिलेख
लोकप्रिय
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबार
आकाश डिजिटलको ८औं वार्षिकोत्सवमा विशेष छुट
१० असार २०८२, मंगलवार
वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबारRecent Posts
विकू बचतको पहिलो त्रैमासिक समीक्षा सम्पन्न, कावासोती सेवा केन्द्र उत्कृष्ट
१९ कार्तिक २०८२, मंगलवार
रचनात्मक कार्यक्रमहरु गर्दै किसान सहकारीले मनायो ३० औँ बार्षिकोत्सव
१९ कार्तिक २०८२, मंगलवार
‘इनोभेट फाइनान्स प्राइड इन फिनटेक पावरलिस्ट २०२५’ मा आकाश डिजिटलका सीईओ अधिकारी चयन
१८ कार्तिक २०८२, सोमबार