सहकारीका सदस्य मालिक कि ग्राहक ?

– नेत्रप्रसाद घिमिरे
सहकारीमा कारोबार गर्ने व्यक्ति ग्राहक होइन, मालिक हो भन्ने कुरा सदस्यले थाहा पाए सहकारी अभियान सफल हुन्छ । हाल कतिपय सहकारी संघ÷संस्थाहरुमा सहकारीका नामबाट सहकारी मूल्य मान्यता र सिद्धान्तलाई नै चूनौती दिइ संस्था संचालन गरेको गुनासाहरु सुनिन्छ । कतिपय सहकारी÷संस्थाका सदस्य, कर्मचारी र निर्वाचित प्रतिनिधिहरुमा सहकारी संघ÷संस्था संचालन गर्ने ज्ञान शीपको अभावका कारण सहकारी मूल्य मान्यता र सिद्धान्त अनुरुप संस्था संचालन गर्न नसकेको पाईन्छ ।
सदस्यहरुलाई सचेत बनाउने कुरामा प्रभावकारिताको कमीले पनि गैर सहकारी प्रवृतिले बढावा पाएको हुन सक्छ । सहकारीका सदस्यहरुआफनो काम, कत्र्तव्य र अधिकार तथा सहकारीका ऐन, कानून र सिद्धान्तबाट सचेत भएपछि यस्ता नकरात्मक कुराहरु हराउदै जानेछन् । सदस्यहरुलाई ग्राहक ठानी संचालकहरुले मात्र फाइदा लिने प्रवृतीलाई कडाइका साथ नियन्त्रण गर्ने नीति सरकारले लिएको छ । हाम्रो प्रमुख चुनौती भनेको सदस्य सचेतनामा अभिबृद्धि कसरी गर्ने भन्ने हो ? सहकारीमा काम गर्ने कर्मचारी, पदाधिकारी, सदस्यहरुलाई निरन्तर शिक्षा तालीम र सूचनाको कार्यक्रम बनाएर लागू गराउन छाता संघहरुलाई सबल र प्रभावकारी बनाउनु पर्दछ । यो सहकारीको सिद्धान्त पनि हो । संघको नेतृत्व इमान्दार भएर आफ्नै संस्थाबाट सुधारको शुरुवात गर्नु पर्ने अवस्था पनि छ । सरकारी कर्मचारी पनि कर्तव्यनिष्ट भएर सहकारी मैत्री आचरण अवलम्बन गर्नु पनि उत्तिकै जरुरी छ । यस्तो भयो भने विस्तारै विकृति, विसंगती र गैर सहकारी क्रियाकलापहरु स्वतः निर्मूल हुंदै जानेछन् ।
सरकारी निजी र सहकारीलाई देश विकासको ३ खम्बाको रुपमा अड्डीकार गरी सहकारी क्षेत्रलाई देश विकासमा सहभागी गराउने उपयुक्त योजना र कार्यक्रम तय गरी लागू गरेमा मुलुकको गरिबी उन्मूलन गरी सामाजिक आर्थिक प्रगति हांसिल हुनेछ । हाल नेपालमा सहकारी संघ, संस्थाहरुको संख्या तीब्र गतिमा बढिरहेको छ । करीव २८ हजार सहकारी संस्थामा ५० लाख भन्दा बढी मानिसहरु सहकारीमा आबद्ध भइ सकेका छन् । करीब २ खर्बको कारोबार गरि रहेको अवस्थामा सरकारले प्रभावकारी सहजकर्ता र नियमकको भूमिका निर्वाह गर्नुपर्ने चुनौति रहेको छ । सहकारी अभियान एउटा सामाजिक, आन्दोलन पनि भएकाले यसलाई राजनीतिको छायांबाट अलग गरि हाल्नु पर्ने महा चूनौति हाम्रो सामू छ । यसमा राजनीतिको प्रवेश भयो भने सहकारी विकासको बाधक पनि अरु केही नभई राजनीतिकरण नै हुनेछ ।
झापा जिल्लामा पनि ७ सय ४ वटा सहकारी संस्था दर्ता भई २ लाख ५० हजार भन्दा बढी सदस्यहरु आबद्ध भई वार्षिक १० अर्बको कारोबार हुने गरेको अवस्था छ । झापाको सबै गाउंटोलमा सहकारीको सन्जाल पुगि सकेकाले करीब ८० प्रतिशत झापालीको पहुंचमा वित्तिय सेवा पुगेको अनुमान गरिएको छ । सानो तिनो गर्जो टार्न साहु महाजन र सामन्तको दलानमा हात पसार्नु पर्ने अवस्थाको अन्त भएको छ । साहु महाजनी प्रथा अन्तरगत जग्गा जमीन धितो राखी जाली तमसुक मार्पmत हाम्रा ग्रामीण किसानलाई सुकुम्बासी बनाएको घटना झापाली इतिहासमा सीमित भएको छ । बैंकहरुको एकाधिकारको जालोलाई तोडदै झापाको पूंजी पलायन हुनबाट रोकी स्थानीयस्तरमै पूंजी परिचालन हुने अवस्था सृजना भएको छ । अनावश्यक खर्च कटौती गर्दै बचत गर्ने बानीको विकास, उद्यमशिलता र नेतृत्व विकास, महिला सशक्तिकरण र विचौलिया प्रवृत्तिको अन्त्य गर्न सहकारीको उल्लेखनीय योगदान रहेको छ ।
बचत तथा ऋण परिचालनमा मात्र सीमित अहिलेको सहकारी अभियान उत्पादनमूलक, रोजगारमूलक क्षेत्रमा लगानी गरी सहकारीको औचित्य पुष्टी गर्नु चूनौतिको विषय हो ।
उत्पादकको उत्पादनको विविधिकरण आधुनिकीकरण, व्यवसायीकरण र बजारीकरण गर्दै आम्दानी, बचत, लगानी र रोजगारीको चक्रीय प्रणाली स्थापना गर्ने तथा उपभोक्ताहरुलाई गुणस्तरीय र सस्तो मूल्यमा वस्तु वा सेवा उपलब्ध गराउनेतिर नलाग्ने हो भने सहकारीको औचित्व स्थापना गर्न अवश्य सकिदैन । सहकारी एउटा CROSS CUTTING ISSUE भएकाले सहकारी मार्फत विकासका हरेक गतिविधि गर्न सकिने गरी सहकारीहरु दर्ता भएको विषय कृषि, शिक्षा, स्वास्थ्य, संचार, घरेलू उद्योग, विद्युत, महिला विकास, वित्तीय निकाय तथा स्थानीय निकाय सम्बन्धी सरकारी निकायले बुझी सोही अनुसारको अनुकूल वातावरण निर्माण गर्नु पर्दछ । सरकारले गर्नुपर्ने काम सदस्यहरु आपसमा संगठित भएर आपैm आफ्ना आवश्यकता पूरा गर्दछौ भन्दा सम्बन्धित सरकारी निकायहरुले सहकारी अनुकूल व्यवहार गर्नु पर्दछ । महंगो र भ्रष्ट सरकारी सेवालाई सहकारी सेवाले प्रतिस्थापन गर्ने दिन नजिकैदछ ।
सरकारी असक्षमताको परिपूर्ति सहकारीले गर्नेवाला छ । तर पनि सहकारीलाई आफ्नै तरिकाले बुझ्ने र प्रभावकारी अनुगमन नहुंदा सहकारीको दुरुपयोग हुनेतर्पm सहकारीमा आबद्ध शेयर सदस्य स्वयं सचेत र चनाखो बन्नु पर्दछ सहकारीमा कारोबार गर्ने सदस्यले ग्राहक होइन मालिकको भूमिका निर्वाह गर्न सक्नु पर्दछ । सबैका लागि एक र एक सबैका लागि भन्ने सहकारीको वीउलाई विजारोपण गरी आर्थिक सामाजिक शोषणबाट मुक्ति प्राप्त गर्न राजनीतिको दुर्गन्धलाई पन्छाएर आपसमा हातेमालो गर्दै स्वदेशका श्रोतसाधनको प्रभावकारी परिचालनद्वारा विदेशमा गएर दास होइन नेपालमै मालिक भएर बांच्न सिकाउंछ सहकारीले ।
सहकारीमा आबद्ध शेयर धनी बचतकर्ता र ऋणीले थाहा पाउनु पर्ने र प्रयोग गर्नुपर्ने निम्न अधिकार जुन अधिकारको प्रयोगले सहकारी आन्दोलनमा सकारात्मक प्रभाव पर्दछ ।
१) प्रत्येक वर्ष साधारणसभामा भाग लिइ संचालकको उम्मेदवार बन्ने वा मतदान गर्ने तथा प्रतिवेदनहरु उपर छलफल गर्ने ।
२) संचालकले तलब भत्ता र संचालन खर्च भएगरेको खर्चको अनुगमन गरी हिसाब माग्ने ।
३) घाटामा चलेको भए संचालकलाई सचेत गराई अर्को कार्यकालमा संचालकको नया टिम चयन गर्ने ।
४) संस्थाको जग्गा, भवन, अन्य सम्पत्तिमा कारोबार गर्ने सबै सदस्यको हक र स्वामित्व हुन्छ भन्ने विषय जानकारी राख्ने ।
५) शेयर धनीले शेयर लांभाश प्राप्त गर्ने, बचत गरेको भए बचतमा व्याज मात्र होइन नाफाबाट प्रतिफल खोज्ने र ऋण लिएको भए ऋणमा व्याज तिर्ने मात्र नभई संस्थाको नाफाबाट प्रतिफल खोज्ने बानीको विकास गर्ने ।
६) एक सदस्य एक मतको सिद्धान्तलाई कार्यान्वयन गरी प्रजातान्त्रिक प्रक्रियाद्वारा संस्थाको व्यावसाय संचालन गरी सामूहिक प्रतिफल वितरणको अवस्था सिर्जना गर्ने ।
७) संचालकहरु स्थानीय स्थायी बासिन्दा भए नभएको संस्था सरकारी निकायमा दर्ता भए नभएको, सरकारको कानून पालना गरे नगरेको सम्बन्धमा डिभिजन सहकारी कार्यालयमा सम्पर्क गरी जानकारी राख्ने ।
८) हरेक वर्ष साधारण सभा नगर्ने, साधारण सभामा कारोबार गर्ने सदस्यलाई निमन्त्रणा नदिने संस्था सहकारी होइन ।
९) एक व्यक्ति एक सहकारी हुनु पर्दछ यसो नभए सदस्यको अधिकार हरण हुन सक्दछ ।
१०) विज्ञापन मार्पmत शेयर विक्री गर्ने, बचत संकलन र ऋण प्रवाह गर्ने संस्था सहकारी नभई व्यापारी हो भन्ने कुरा थाहा पाउनु पर्दछ ।
१२) सहकारीको शाखा, सेवाकेन्द्रसंग कारोबार गर्दै हुनु हुन्छ भने सरकारी निकायबाट मान्यता प्राप्त छ, छैन सम्बन्धित निकायबाट जानकारी माग गर्ने ।
अभिलेख
लोकप्रिय


वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवारRecent Posts

सहकारी पीडितको कथामा आधारित चलचित्र ‘महाभोज’ को दर्शकद्वारा व्यापक प्रशंसा
२८ जेष्ठ २०८२, मंगलवार
सहकारी बैंक र कृषि तथा पशुपन्छी विकास मन्त्रालय बीच कृषि कर्जामा ब्याज अनुदान सम्झौता
२७ जेष्ठ २०८२, सोमबार
सहकारी नियामकीय मापदण्ड-२०८२ संशोधनका लागि पहल गर्न महासंघद्वारा कार्यदल गठन
२० जेष्ठ २०८२, सोमबार