विपत्तमा सहकारीको भूमिका कमजोर
काजी श्रेष्ठ/ १२ र २९ को वैशाख शक्तिशाली भूकम्पले झण्डै नौ हजार नेपाली नागरिकको ज्यान लिएको छ । करिब २० हजारको हाराहारीमा घाइते भएका छन् । लाखौं जनता घरबार विहीन भए । कैयौं टुहुरा बने । धेरैले सहारा गुमाए ।
प्राकृतिक विपत्तीले कैयौं नेपालीको गाँस खोसिएको छ । लाखौंको छानो उजाडिएको छ । भूकम्पले धेरै नेपालीको मन दुखेको भए पनि वर्षौंदेखि नेपालीमा देख्न नपाइएको भाइचारा, सद्भाव, मानवीयता, आत्मिएताको पुरानो परम्परागत सँस्कारलाई भने बूँत्याएको छ ।
सबैले यतिबेला व्यक्तिगत र पार्टीगत इबी, लोभ र पापहरु भुलेर जनताको उद्धार, सहयोग र राहतमा लागिरहेका छन् ।
तर यस्तो विपत्तिमा सहकारी संघ/संस्थाले जुन रुपमा काम गर्नुपर्ने हो, त्यसअनुसार नगरेको पाइएको छ । राहत तथा पुनर्निर्माणका लागि सरकारसँगै देखिनुपर्ने सहकारी क्षेत्रको भूमिका कमजोर रूपमा प्रस्तुत भएको छ । यि र यस्तै विपत्तिमा सहकारीको भूमिका अगाडी देखिनु पर्ने थियो तर त्यस अनुसार हुन सकेन ।
केही संघ÷संस्थाले राहत र उद्धारमा काम गरेपनि धेरैले वेवास्ता गरे । लाखौं जनता घरबारविहीन र बेसहारा भएको बेला ठूला ठूला भनिने सहकारीले राहत र उद्धारमा बेवास्ता गरेका छन् । विदेशीहरु समेत राहतको काम गरिरहेका बेला देशको आर्थिक क्षेत्रको एक खम्बा मानिने सहकारी क्षेत्र चूपचाप देखिँदा अनेकौं प्रश्न उठेका छन् । भारतीय सहकारी इफ्कोले पठाएको राहत वितरणमा समेत जुँगा लडाई भइरहेको छ । राहत वितरणको जिम्मा पाएको राष्ट्रिय सहकारी संघले मनलाग्दी रुपमा वितरण गरेको आरोप लागेको छ ।
अभिलेख
लोकप्रिय
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबार
आकाश डिजिटलको ८औं वार्षिकोत्सवमा विशेष छुट
१० असार २०८२, मंगलवार
वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबारRecent Posts
विकू बचतको पहिलो त्रैमासिक समीक्षा सम्पन्न, कावासोती सेवा केन्द्र उत्कृष्ट
१९ कार्तिक २०८२, मंगलवार
रचनात्मक कार्यक्रमहरु गर्दै किसान सहकारीले मनायो ३० औँ बार्षिकोत्सव
१९ कार्तिक २०८२, मंगलवार
‘इनोभेट फाइनान्स प्राइड इन फिनटेक पावरलिस्ट २०२५’ मा आकाश डिजिटलका सीईओ अधिकारी चयन
१८ कार्तिक २०८२, सोमबार