५८ औं राष्ट्रिय सहकारी दिवस : सहकारी बोधको वेस्ट स्कुलिङ

– लेखनाथ ढकाल
कुनै विषयको यथार्थ ज्ञान हुन र त्यसको आधारमा अभियानमा जानु गन्तब्यको उपयुक्त दिशा हो । तसर्थ, विचार र सैद्धान्तिक कुरा ठीक तरिकाले बोध गर्ने काम कुनै पनि अभियानको सफलताको पूर्व सर्त कै रुपमा लिन सकिन्छ । सैद्धान्तिक विचार र व्यवहारिक अनुभवका आधारमा परिमार्जन हुदै अगाडि जानु विकास हो । सफलता पनि यही हो । व्यवहारिक अनुभवले विचारलाई परिमार्जन गर्छ, परिमार्जित विचारले परिणाममुखी कार्यन्वयनको दिशानिर्देश गर्छ । यो नै विकासको विज्ञान हो । सहकारीहरू नागरिक आफैले आफ्नो, परिवार र समुदायको लागि काम गर्ने व्यवसायिक संगठन हुन । जनसमूहको पहलमा हुने उद्यमशीलता सहकारी हो । उद्यमशीलता व्यक्तिमा अन्तरनिहीत गुण हो, यसलाई प्रस्फुटन हुने वातावरण सरकारले बनाउने हो । राज्यले नै व्यक्तिमा उद्यमशीलताको बिजारोपण गर्न सक्दैन । निर्देशित कुराले नागरिकहरुमा उद्यमशीलताको विकास हुदैन, यो स्वःस्फूर्त प्रस्फुटन हुने नागरिक शक्ति हो । यो शन्दर्भमा भन्नुपर्दा नागरिकहरुमा उद्यमशीलताको वास्तविक अवस्थाको उजागर गर्न उनीहरुकै स्वतन्त्र पहल हुनुपर्छ भन्ने स्कुलिङ सहकारी हो ।
सहकारी सहकार्य हो, तर सबै सहकार्य सहकारी हुदैनन । उद्यमशील नागरिक भएको समाज आर्थिक विकासको गतिमा अगाडि बढ्छ, स्वाभिमान र आत्मनिर्भरता नागरिक समाजमा विकास हुन्छ । आर्थिक गतिविधिले नयाँ समाजिक सँस्कृतिको विकास गर्छ । राज्यले चाहेर हुन नसक्ने सामाजिक विकास नागरिकहरुको पहलमा सजिलै हुन्छ । त्यसैले सहकारी आन्दोलनको विकास र प्रबद्र्धनका लागि राज्यले लगानी गर्छ, यसबाट सोझै राजश्व बटुल्ने होइन तर राज्यले ठूलो लगानी गरेर पनि प्राप्त गर्न नसकिने परिणाम सहकारी क्षेत्रले सजिलै हासिल गर्नसक्छ र विकासमा तित्र्रता आउनेछ । यो सहकारीको वास्तविक उपादेयता हो । विकशीत राष्ट्रमा सहकारीका लागि राज्यले ठूलो लगानी गर्ने गर्दछन । सहकारी गैर–सरकारी र गैर–राजनीतिक क्षेत्र हो । सहकारी धर्म र राजनीतिक निरपेक्ष हुन्छ । सरकार सहकारीको असल अभिभावक र संरक्षक हो । राजनीतिक क्षेत्र पनि असल अभिभावक र सहजकर्ता हो । असल अभिभावकले आप्mना बच्चाको होमवर्क आफैं गरिदिने होइन उनीहरुलाई नै गर्न लगउने हो, यदि अभिभावक आफैले बच्चाको काम गरिदिने र अनावश्यक निर्देशन गर्ने गरियो भने त्यो बच्चा क्षमतावान र मेघावी हुन सक्दैन । हामीलाई क्षमतावान र मेघावी सहकारी क्षेत्र चाहिएको छ । त्यसैले उस्को समस्या उसैले सामथ्र्य जुटाएर हल गरोस, यो असल अभिभावकमा हुनुपर्ने सोच हो । अभिभावकको बच्चा असल विद्यार्थी हुनुपर्ने जस्तै सहकारी क्षेत्र पनि वास्तविक र असल हुन जरुरी छ । यो स्कुलिङ नै सहकारीको यथार्थतालाई बोध गर्ने कुरा हो । स्वतन्त्र नागरिक गतिविधिभन्दा अरु नै हिसावले सहकारीलाई अपनाउने कुरा सोचियो भने राज्यको लागि पनि भरपर्दो सहयोगी हुने गरी सहकारी क्षेत्रको विकास हुन सक्दैन । केवल राज्यसंग र दातृ निकायसँग आस गरेर बस्ने, नामको सहकारी तर चरित्रमा अर्कै हुने प्रबित्ती देखा पर्छ । हाम्रो विद्यमान अवस्थाको सहकारी क्षेत्रलाई व्यापक परिमार्जन समयमा नै नगर्ने हो भने वास्तविक सहकारीको पहिचान नै के हो भन्ने प्रश्न रहने भो ? आजसम्म प्राथमिकतामा पर्न नसकेको स्कुल तहदेखि उच्च तहसम्म शिक्षामा सहकारीलाई राख्नु राज्यको काम हो । यस्तो सामाजिक क्षेत्रको प्रत्यक्ष सरोकारको विषयलाई प्राज्ञिक क्षेत्र र नागरिक क्षेत्रबाट कुनै सम्बोधन हुन नसकेको हाम्रो अवस्था विडम्बनापूर्ण मान्न सकिन्छ । ‘सहकारी संस्था संयुक्त स्वामित्व तथा लोकतान्त्रिक रूपमा नियन्त्रित व्यवसायमार्फत आफ्ना साझा आर्थिक, सामाजिक र सांस्कृतिक आवश्यकता तथा आकाङ्क्षाहरू परिपूर्ति गर्र्न स्वयम्सेवी रुपमा एकजुट हुने व्यक्तिहरूको स्वायत्त सङ्गठन हो ।’ यो सहकारीको परिभाषा हो । यस परिभाषालाई अझ स्पष्ट पार्ने सहकारीका मुल्य :– आत्मनिर्भरता, स्व–उत्तरदायित्व, लोकतान्त्रिक, समानता, सामाजिक न्याय र ऐक्यबद्धता सहकारीका आधारभूत मूल्य हुन् । साथै आफ्ना संस्थापक/अग्रजहरूको परम्परामा सहकारी संस्थाका सदस्यहरूले इमान्दारिता, खुल्लापन, सामाजिक दायित्व, अरुको चासो राख्ने नैतिक मूल्यमा विश्वास गरी सोही अनुसारको आचारण ।
यी मुल्य अनुसारको व्यवहार गर्ने मार्गदर्शक सातवटा सिद्धान्तहरु :
स्वयंसेवी तथा खुला सदस्यता ।
दस्यहरूद्वारा प्रजातान्त्रिक नियन्त्रण ।
सदस्यको आर्थिक सहभागिता ।
स्वायत्तता र आत्मनिर्भरता ।
शिक्षा, तालिम र सूचना ।
सहकारीहरू बीच सहकार्य ।
समुदायप्रति चासो र वातावरणप्रतिको जिम्मेवारी ।
सन् १९९५ मा सहकारीको परिभाषा, मूल्य र सिद्धान्तको परिमार्जनसहित ससुत्रबद्ध गरियो र यी सबैको समष्टीलाई सहकारी पहिचानका अभिव्यक्तिहरु भनेर घोषणा गरियो । समाज विकासक्रममा यी अभिव्यक्ति र यीनले गरेको समाज विकासको मार्गदर्शनलाई सबैभन्दा उत्कृष्ट मोडलको सामाजिक विकासको सिद्धान्तका रुपमा लिइएको छ । बृहत विश्वव्यापी अध्ययनपछि सहकारीका पहिचान गराउने यी सिद्धान्तहरु सुत्रबद्ध गर्ने काममा सङलग्न प्रोफेसर इआन म्याकफर्सनले भनेका छन, “त्यहाँ यी सिद्धान्तको समूहलाई एकैसाथ लिएमा, यी सिद्धान्तहरू ‘टुक्राहरूको योगफलभन्दा बढी हुनेछन’, त्यहाँ मर्मस्पर्शी सम्बन्ध छ, जब एउटालाई वेवास्ता गरिन्छ, सबै अपूर्ण हुन्छन् । सहकारीलाई कुनै एउटा मात्र सिद्धान्तको आधारमा स्पष्ट निक्र्यौल गर्न सकिंदैन । सहकारीहरूले उनीहरूको सिद्धान्तलाई कति राम्रोसँग अपनाएका छन् भन्ने कुराको सम्पूर्णतामा मात्र मूल्याङ्कन गर्न सकिन्छ । यी सिद्धान्त र निर्दिष्ट मूल्यहरूले एकै साथ दिएको अभिव्यक्तिले विश्वका विभिन्न क्षेत्रमा रहेका सहकारीहरूको मुल्याङ्कन गर्न समर्थ बनाउने छन् ।” सहकारी पहिचानका यी अभिव्यक्तिको मर्म र भावनालाई आत्मसात गरेर हाम्रो आवश्यकता, राष्ट्रको सङकल्प र हाम्रो अवस्थाको आधारमा सिर्जनात्मक वैचारिक मार्गदर्शन/नीति, विधि–प्रक्रिया तय गरेर प्रभावकारी कार्यान्वयनमा जानु आजको आवश्यकता हो ।
नेपालमा २०१३ चैत्र २० गते चितवनको बखानपुर सहकारी ऋण समितिको स्थापनालाई पहिलो सहकारी मानेर हरेक वर्ष चैत्र २० मा राष्ट्रिय सहकारी दिवस मनाइन्छ । बखानसिंह गुरुङ नेपालको पहिलो सहकारी संस्था स्थापना गर्न योगदान गर्ने मानिसका रुपमा रहेको देखियो । उनले सहकारी संस्था स्थापना गर्ने कामका लागि कस्तो भूमिका पुरा गरे र उनको सपना के थियो ? पहिलो सहकारी संस्था स्थापना हुँदाका बखत बाढीपिडीत परिवारहरु सामुहिक रुपमा बसेका रहेछन भन्ने कुरा प्रकासमा आएको छ । यो आफैमा इतिहासको एउटा विलक्षण घटना होइन ? पहिलो सहकारीका संस्थापकहरुको सामुहिक बसोवासको कुरा, बखानंसिंह गुरुङले सहकारी संस्स्था स्थापना गरेर त्यो समुहलाई नेतृत्व गरेको कुरा र तत्कालीन सरकारले सहकारीका संस्थापकहरुलाई अराष्ट्रिय तत्व भनेर मारेको, दुख दिएको कुरा नेपालको सहकारीको इतिहासमा समेटिनु पर्ने विषयका रुपमा लिनुपर्ने हो कि होइन ? यी धेरै कुराहरुमा अध्ययन गर्न बाँकी रहेको मानौं तर सम्बन्धित पक्षले अ ब यी कुरामा पहल लिनुपर्ने कुरामा ध्यानाकर्षण गराउनु शान्दर्भिक ठानिएको छ । आजका दिनमा तीस हजारभन्दा बढि सहकारी संघ संस्था पुगिसकेको समयमा अव कसरी स्थायी, दिगो, सुनिश्चित, भरपर्दो र परणाममूखी बनाउने भन्ने मुख्य चुनौतिको विषय रहेको देखिन्छ । ५८औं राष्ट्रिय सहकारी दिवस २०७१ को अवसरमा यसलाई जस्तो हुनपर्ने र्हो त्यही दिशामा अगाडि बढाउने प्रयत्न सबैतिरबाट हुन सकोस, यही शुभकामना सहित !
अभिलेख
लोकप्रिय


वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवारRecent Posts

सहकारी पीडितको कथामा आधारित चलचित्र ‘महाभोज’ को दर्शकद्वारा व्यापक प्रशंसा
२८ जेष्ठ २०८२, मंगलवार
सहकारी बैंक र कृषि तथा पशुपन्छी विकास मन्त्रालय बीच कृषि कर्जामा ब्याज अनुदान सम्झौता
२७ जेष्ठ २०८२, सोमबार
सहकारी नियामकीय मापदण्ड-२०८२ संशोधनका लागि पहल गर्न महासंघद्वारा कार्यदल गठन
२० जेष्ठ २०८२, सोमबार