अनमोल सहकारी संस्थाको चौथो साधारणसभा सम्पन्न
पर्सा । वीरगञ्ज स्थित अनमोल बचत तथा ऋण सहकारी संस्थाको चौथो साधारणसभा सम्पन्न भएको छ ।
सभाको उदघाटन गर्दै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का सञ्चालक कृष्ण पौडेलले सहकारीको व्याजदर र सञ्चालन प्रणालीमा देखिएको अनेकता र जोखिम व्यवस्थापनलाई नेफ्स्कूनले प्रभावकारी बनाउन लागेको बताए । गांऊका सहकारीभन्दा शहरका सहकारीहरुमा बढी समस्या रहेको समेत उनको भनाई थियो ।
कार्यक्रममा पर्सा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष राजेश पण्डित, मेघा बैंकका शाखा प्रवन्धक अमरदेव ओजस्वी उपाध्याय, राष्ट्रिय सहकारी बैंक वीरगञ्जका प्रमुख युवराज त्रिपाठीलगायतले आफ्नो धारणा राखेका थिए । कार्यक्रममा संस्थाका जेष्ठ सदस्य र उत्कृष्ट कारोवारकर्ताहरुलाई सम्मान समेत गरिएको थियो ।
संस्थाका अध्यक्ष ईस्लामी अन्सारी को अध्यक्षतामा सम्पन्न वार्षिक साधारणसभाको सञ्चालन मन्दिरा कार्कीले गरेका थिए । कार्यक्रममा संस्थाका व्यवस्थापक साविर अलीले प्रस्तुत गरेको प्रतिवेदन सुझावसहित पारीत गरेको छ । संस्थामा विशेषतः मुश्लिम समुदायका महिलाहरुको बढी सहभागिता रहेको र छ सय सदस्यहरुवीच करीव चालीस लाखको कारोवार गरिरहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
आकर्षक तलबसहित ज्योतिपुञ्ज सहकारीमा रोजगारी खुल्यो, ५ जना सहायक आवश्यक
७ श्रावण २०८३, बिहीबार
ऋणीले ऋण नतिरे जमानीकर्ता नै जिम्मेवार, जमानीकर्ताको बैंक खाता समेत रोक्का
७ श्रावण २०८३, बिहीबार
आकर्षक ‘अफर’हरू छोडेर सहकारीमै समर्पित कृष्णकुमार
६ श्रावण २०८३, बुधबार