सहकारीहरुवीच एकीकृत सञ्चालन प्रणाली र एकीकरण अभियान
सिमरा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का सञ्चालक कृष्ण पौडेलले बचत तथा ऋण सहकारीहरुवीच एकीकृत सञ्चालन प्रणाली र एकीकरण अभियानलाई अघि बढाउन लागिएको बताएका छन् ।
बाराको डुमरवानामा रहेको जनज्योति बचत तथा ऋण सहकारी संस्थाको चौथो वार्षिक साधारणसभामा बोल्दै पौडेलले उक्त कुरा बताएका हनु् । बैंक तथा वित्तिय संस्थाहरुसमेत एकीकरण प्रक्रियामा गई रहेकोले न्युन सीप र प्रविधिमा चलिरहेका सहकारीहरुवीच क्षमतावृद्धि र सशक्तीकरणका लागि एकीकृत सञ्चालन प्रणाली र एकीकरण जरुरी रहेको पौडेलले बताए ।
‘सहकारीहरुको संख्यात्मक वृद्धिसंगै अस्वस्थ प्रतिस्पर्धा बढिरहेको छ, व्याजदरमा एकरुपता छैन र सदस्यहरुको शेयर तथा बचत जोखिममा देखिएकोले त्यसका लागि नीतिगत केन्दीयता र सञ्चालन स्वायत्तताका लागि नेफ्स्कूनले तयारी गरिरहेको छ ।’ उनले भने । पौडेलले सहकारीका पूंजी, संगठन र सम्भावनाहरुलाई मुलुकको आर्थिक तथा सामाजिक समृद्धिका लागि सदुपयोग गर्न राज्य गम्भिर हुनुपर्ने बताए ।
कार्यक्रममा संस्थाका जेष्ठ सदस्य, उत्कृष्ट कारोवारकर्ता र सदस्य परिवारका उत्कृष्ट विद्यार्थीहरुलाई प्रमुख अतिथि नेफ्स्कूनका सञ्चालक कृष्ण पौडेलले सम्मान गरे । संस्थाका अध्यक्ष हरि सापकोटाको अध्यक्षतामा सम्पन्न वार्षिक साधारणसभामा व्यवस्थापक गीता कंडेलको सञ्चालन र उपाध्यक्ष टंक आचार्यले स्वागत रहेको थियो । चार वर्षअघि स्थापना भएको सहकारीमा तीन सय सदस्यहरुवीच पैतीस लाखको कारोवार भई रहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार
राष्ट्रिय सहकारी बैंकको निर्वाचन जेठ ९ गते, निर्वाचन कार्यतालिका केही दिनमा
१६ बैशाख २०८३, बुधबार
तेस्रो वार्षिकोत्सवमा आईस्मार्टको विशेष अफर सार्वजनिक
१४ बैशाख २०८३, सोमबार