आइतवारबाट दुई दिने साना किसान सम्मेलन
काठमाडौं। आगामी आइतवारबाट दुई दिने साना किसान सम्मेलन २०१४ हुने भएको छ । दुई दिनसम्म चल्ने सम्मेलनले गरिब तथा विपन्न वर्गको उन्नतीको लागि स्थानियस्तरमा साझा संस्था निर्माण गर्ने लक्ष्य लिएको छ। स्थानिय स्तरका सहभागी किसानहरुको गरिबी न्युनिकरणको लागि यस्तो संस्थाको स्थापना गरिने भएको हो।
‘गरिबी घटाउन ऋण दिएर मात्र नपुग्ने देखिएको छ। समुदायलाई समष्ठिगत बिकासमा सहभागी गराएमा मात्र उनीहरुको बिकास हुने भएकोले यो सम्मेलनको उदेश्य उनीहरुलाई यो प्रक्रियामा ल्याउनु रहेको छ, सम्मेलन आयोजना मुल समितिका अध्यक्ष श्रीकृष्ण उपाध्यायले बताए।
कृषि शिक्षा, उत्पादन, बजारीकरणको समष्टिगत प्रक्रियामा किसानहरुलाई कसरी सघाउने, यस क्रममा आउने चुनौती कसरी समाधान गर्ने भन्ने बिषय सम्मेलनको छलफलको बिषय हुने छ।
एक हजार जना सहभागीको उपस्थिती रहने यो सम्मेलनमा सात सय ४० जना साना किसान सहकारी संस्थाका प्रतिनीधिहरु रहने छन। सम्मेलन अवधिभर १४ वटा सत्रमा बिभिन्न वियषका २४ कार्यपत्र प्रस्तुत गरिने भएको छ।
लघुवित्त क्षेत्रहरुले प्रवाह गरेको कर्जाको दोहोरोपना हटाउन, साझेदार संस्थाहरु बीच समन्वय गराउन, नीतिगत जटिलताहरु समाधान गर्ने बिषयमा सम्मेलन केन्द्रित हुने छ। छलफलबाट निस्कने निश्कर्षको आधारमा संयुक्त घोषणा पत्र पनि तयार गरिने भएको छ।
साना किसान बिकास अभियानको ४० बर्षको यात्रामा पहिलो पटक यस्तो सम्मेलनको आयोजना हुन लागेको छ। यो सम्मेलनले हालसम्मको अवस्थाको समिक्षा र भावी दिशा पहिल्याउने छ, साना किसान बिकास बैंकका प्रमूख कार्यकारी अधिकृत जलनकुमार शर्माले बताए।
सम्मेलनमा बिभिन्न मन्त्रालय, सरोकारवाला निकाय, नेपाल राष्ट्र बैंक, बिभिन्न बैंक तथा वित्तीय संस्था, लघुवित्त संस्था र साना किसान कृषि सहकारी संस्था र अन्तराष्ट्रिय स्तरका सहयोगी निकाय लगायतको उपस्थिती रहने छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारीको बचत फिर्ता प्रक्रिया अघि बढ्यो, ऋण असुलीमा पनि सरकार सक्रिय
५ जेष्ठ २०८३, मंगलवार
रामशरणजी पनि अभियानको महत्वपूर्ण व्यक्ति हो । उहाँले जिद्दी नगर्या भए हुन्थ्यो: बडाल
४ जेष्ठ २०८३, सोमबार
हेलो सरकारमा गुनासोपछि सहकारीमा दुई दिने बिदा अनिवार्य
१ जेष्ठ २०८३, शुक्रबार