अन्तत चुनावनै हुने भो राष्ट्रिय संघमा, ८३ जनाको उम्मेदवारी
२०७१ साउन २३, शुक्रबार
ललितपुर, २३ साउन । राष्ट्रिय सहकारी संघको नेतृत्व कसले लिने भन्ने पटक पटकको वार्ता असफल भएपछि अन्तत चुनाव हुने निश्चित भएको छ ।
निर्वाचन प्रक्रियाको लागि ८३ जना सहकारीकर्मीले उम्मेदवारी दिएका छन् । उम्मेदवारी नामावाली फिर्ता लिने समय साढे १२ बजे देखि २ बजे सम्म रहेको निर्वाचन संयोजक रामभजन शाहले सहकारीखबर डटकमलाई जानकारी दिए ।
तीन राजनीतिक निकटका सहकारीकर्मी बीच हिजो बेलुका बडालकै नेतृत्वमा भागवण्डाको आधारमा पदीय बाँड फाँड गर्ने मोटामोटी सहमती भएपनि आज अघोषित रुपमा सहमती तोडिएको हो । सहकारीकर्मीहरुको अनुसार एमाले पक्षधर सहकारीकर्मीहरु बीच मत विभाजन हुनु र कांग्रेस निकट सहकारीकर्मीबीच आफैमा तालमेल नभएकाले सहमतीको प्रयास तुहिएको हो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
आकर्षक तलबसहित ज्योतिपुञ्ज सहकारीमा रोजगारी खुल्यो, ५ जना सहायक आवश्यक
७ श्रावण २०८३, बिहीबार
ऋणीले ऋण नतिरे जमानीकर्ता नै जिम्मेवार, जमानीकर्ताको बैंक खाता समेत रोक्का
७ श्रावण २०८३, बिहीबार
आकर्षक ‘अफर’हरू छोडेर सहकारीमै समर्पित कृष्णकुमार
६ श्रावण २०८३, बुधबार




