“बिषादीमुक्त” गाविस बनाउन सहकारीको पहल
सन्तोष तिमल्सिना
काभ्रे, १२ साउन । जिल्लाको ढुंखर्क गाविसलाई सहकारीको माध्यमबाट खुल्ला विषादीमुक्त गाविस घोषणा गर्ने अभियानमा यहाँ युवा किसानहरु लागिपरेका छन् । पछिल्लो समयमा तरकारीखेतीमा बिषदी प्रयोग गर्न थालेकाले यसको रोकथामका लागि उनीहरुले अभियान थालेका हुन् ।
आधुनिक कृषी प्रणाली विकास तथा सामूहिक खेती अभ्यासका साथै व्यावसायिकको सुरुवात गरी स्थानीय किसानहरुलाई उत्पादनशिल बनाउने उद्देश्य राखी स्थापना गरीएको ढुंखर्क कृषी सहकारी संस्थाले अर्गानिक खेतीको सुरुवात गरी ढुंखर्क गाविसलाई नै खुल्ला बिषदीमुक्त गाविस बनाउने अभियानमा लागेको हो ।
केही दशक यता ढुंखर्क गाविस किसानहरुको व्यावसायिक तरकारीखेती तर्फ उन्मुख हुन थालेकाले यसलाई तरकारकिो पकेट क्षेत्रका रपमा विकास गर्न अर्गानिक खेतीको सुरुवात गरी खुल्ला विषदी मुक्त गाविस बनाउने अभियानमा लागेको ढुंखर्क कृषी सहकारी संस्थाका अध्यक्ष लक्ष्मण वाईबाले बताए । “स्थानीय किसानहरुलाई अर्गानिकखेतीको महत्वको बारेमा सचेतना जगाउने खालका तालिम, गोष्ठी, सेमिनार र अभिमुखिकरणका कार्यक्रम संचालन गरी जैविक मल तथा ओखतीहरुको प्रयोग गर्न अभिप्रेरीत गरी अबको दुई बर्ष भित्र ढुंखर्क गाविसलाई नै बिषदीमुक्त गाविस घोषणा गर्ने संस्थाको लक्ष्य रहेको छ ।” उनले भने । ढुंखर्क गाविसलाई २ बर्ष भित्र बिषदीमुक्त गाविस बनाउने, थारा भैसी र पाडी संरक्षण गर्ने व्यावासायिक तरकारी खेतीको विकास, आधुनिक कृषी प्रविधिको प्रयोग, अर्गानिक तथा जैविक खेतीको सुरुवात गर्नुका साथै स्वच्छ, गुणस्तर तरकारीको उत्पादन गर्ने सहकारीको लक्ष्य रहेका अध्यक्ष वाईबाले जानकारी दिए ।
ढुंखर्कको गेल्डुङ्गमा कार्यालय ब्यावस्थापन गरी किसानहरुलाई गुणस्तरीय बिउ, जैविक मल, वितरण गर्नुका साथै स्थानीयस्तरमा उत्पादित तरकारी तथा कृषी उपजहरुको बजार ब्यावस्थापन गरी किसानहरुलाई उच्च प्रतिफल दिने खालका कार्यक्रमहरु संचालन गर्ने जस्स्ता सहकारीको बार्षिक कार्य योजना रहेको छ । यहाँ उत्पादित तरकारीको विक्रि वितरण संकलन स्थलको ब्यावस्थापन गर्ने र किसानहरुलाई अनुदानमा जैविक मल वितरण गरी सहकारीका माध्यमाबाट ढुंखर्क गाविसलाई बिषदीमुक्त गाविस बनाउन पहल गर्ने कृषी सहकारी संस्थाका सचिव भिमप्रसाद तिमल्सिनाले जानकारी दिए ।
गाविसलाई नै रसायनिक बिषदीमुक्त बनाई बिषदी रहित तरकारी उत्पादन कार्यलाई प्रभावकारी बनाउन सहकारीले प्रत्येक गाँऊमा महिला कृषी समूह गठन गर्ने भएको छ । ती महिला समूहहरुलाई आवश्यक तालिम तथा परामर्श दिई रसायनिक बिषदीलाई विस्थापित गर जैविक बिषदीको प्रयोग गर्न अभिप्रेरित गर्ने प्रस्ताव संसथाको चौथो बार्षिक साधारण सभाले पारित गरेको छ । यो अभियानलाई सफल बनाउनका लागि जिल्ला विकास समिति, जिल्ला कृषी कार्यालय काभ्रे र ढुंखर्क गाविससंग समन्वय गरी प्रस्तावना तयार गर्न उप समितिको समेत गठन गरिसकेको संस्थाका उपाध्यक्ष बिष्णु प्रसाद सापकोटाले जानकारी दिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
जिल्ला सहकारी संघ काठमाडौंको २६औं साधारण सभा सम्पन्न
१ माघ २०८२, बुधबार
सहकारी अभियन्ता सुदिप ढकाललाई ‘पोखरा रोयल सहकारी संस्थापक अध्यक्ष पुरस्कार’
२९ पुष २०८२, मंगलवार
सहकारीले पनि पाँच लाखभन्दा बढीको नगद कारोबार गर्न नपाउने, धमाधम सूचना जारी
२९ पुष २०८२, मंगलवार