२७ माघ २०८२, मङ्गलबार

कसले भर्ने कुवाको पानी

२०७१ साउन २, शुक्रबार
कसले भर्ने कुवाको पानी

खिला दाहाल
नेपालीमा एउटा उखान छ “तैं रानी मैं रानी कस्ले भर्ने कुवाको पानी” हो त नी सवै रानी भएपछि कुवाको पानी कसले ल्याउछ र खाने । कि त तेश्रो व्यक्ति राख्नु पर्यो कित तिर्खाएरै बस्नु पर्यो । यो उत्ति संग ठ्याक्कै नभएपनि झण्डै मेल खानगएको नेपालको सहकारी क्षेत्र र सहकारीको नियामक निकाय दुवै तैं रानी मैं रानी वनेका छन् । सहकारी टाढाको कुवा वनेको छ ।

राज्यले कुवा मात्र खनिदिएको छ पानीको स्थितिको वेवास्ता छ र कसरी व्यवस्थित पार्ने भन्ने योजना पनि छैन । अभियानलाइ पनि चेतना छैन कुवाको पानी संरक्षण कसरी गर्ने र भरपुर उपयोग गर्ने या मस्ति मरेको छ । नदीका दुई किनारा वनेका यी समन्वयको पुल कसले निर्माण गरिदिने पर्खाइमा छन् । सहकारीरुपी कुवा संरक्षण र सम्वद्र्धनको पर्खाइमा छ । कसले गरिदिने भगवान भरोसा वाहेक अन्य विकल्प छैन त ? कुवाको चित्रण गर्न खप्पिस दुवै रानीहरुले यसै आर्थिक वर्षको अन्त्यमा केन्द«ीय सहकारी प्रशिक्षण केन्द«ले धुलिखेलमा आयोजना गरेको दुईदिने गोष्ठिमा धक फुकाएरै चित्रण गरे । कुवाभित्र यस्तो छ उस्तो छ भ्यागुता र माछाका भुराहरु जम्मा भएका छन्, पानी धमिलिंदै गएको छ, समस्यारुपी भेलवाडी पस्ने खतरा छ संरक्षणको आवश्यकता छ सम्म पनि भन्न भ्याए । कुवा र कुवामा जम्मा भएको पानीको महत्वको ज्ञान दुवै रानीलाइ भए पनि कुवासम्म पुग्ने दुरी घटाउने कसरी,कुवामा स्वच्छ सफा अनि पिउन योग्य पानीको संकलन र संरक्षण कसरी र कस्ले गर्ने भन्ने निष्कर्षनै ननिकालिएको गोष्ठिले कार्यक्रमका लागि गरिएको कार्यक्रमझै लाग्यो अनि कार्यक्रममा प्रस्तुत कार्यपत्रले त झनै आफूले आफैंलाई गिज्याएको हो भन्नमा लाजै मान्नुपर्छ जस्तो लाग्दैन ।

सन्तान जन्माइसके पछि भरणपोषण र उचित शिक्षा दिक्षा दिनुपर्छ भन्ने दायीत्व नवुझेको नियामक निकायरुपी रानी र आफ्ना सन्तानको संरक्षणका लागि अरुको भर गर्ने अभियानरुपी रानी हरुकालागि नजिकै रहेको कुवाको पानी कसले गाग्रीमा भरेर ल्याइदिन्छ र पिउने होला । की छुट्टै ग्रहवाट समाधानरुपीले अवतरण गर्छन । त्यसो हो भने सहकारीका समस्याको समाधानको बहस जस्ता कार्यक्रमहरु अर्थहिन छन् समय वर्वादमात्र हुन् । हैन भने निष्कर्ष सहितको बहस गरौं र कार्यन्वयन पनि गरौं । समस्या उत्पन्न गर्न र समस्या देखाउन मात्र त सवैले जानेका छन समाधान गर्ने क्षमता भएको नेतृत्व पो नेतृत्व त ।

उत्पादन गर्नत सवैले जानेकै छन् नी व्यवस्थापन गर्न सक्ने पो नियामक त । त्यसैले आ–आफ्नो क्षेत्रवाट पूर्ण जिम्मेवारीका साथ कुवा र पानीको संरक्षण र प्रवद्र्धनमा लागौं कुवा धमिलो भयो भनेर अझ छचल्क्याउने काम भएकोछ आचरणले अनि कार्ययोजनाको जालोले सहकारीका समस्यारुपी चेपागाडालाइ झिकेर फालौं,कुवासम्म पुग्ने दुरीलाई कम गर्न दुवै रानी विच समन्वयकारी पुलको निर्माण गरी कुवारुपी सहकारीलाई स्वच्छ,सफा अनि पिउनयोग्य बनाएमा दुवै रानीलाई फाइदा छ पानी पिउनका लागि दुवै रानी कुवासम्म पुग्नु पर्छ । मै रानी तैं रानी भए भने दाश्रो ग्रहकोले आएर पानी दिनेवाला छैन् । कसले भर्ने कुवाको पानी ? चेतना भया !

अभिलेख

लोकप्रिय