“नुन चुक” छर्दै सरकार र सहकारी अभियान
काठमाडौ । कहिले सहकारी विभाग त कहिले सिंहदरबार घेराउ ओरियन्टल सहकारीबाट पिडित निक्षेपकर्ताको दैनिकी बनेको छ । उनिहरुको गुनासो छ, ठगहरुलाई कारबाही गर्न सरकारले चासो दिएन । निक्षेप फिर्ता हुने दरिलो आधार पाइएन ।
झन्डै १ सय ३५ सहकारीका निक्षेपकर्ताको आवाज कुहिरोको काग बन्दै गएको छ । बिडम्बना न सरकार समस्या समाधान तर्फ केन्द्रीत छ न सहकारी आन्दोलनले ति निक्षेपकर्ताको भावनाको नेतृत्व गर्न सकेको छ । उल्टै सार्बजनिक मञ्चबाट सरकार र अभियान दुबै निरिह बचतकर्ताको घाउमा नुन चुक छर्न थालेका छन् ।
केही दिन अघि धुलिखेलमा भएको एक कार्यक्रममा राष्ट्रिय सहकारी संघका अध्यक्ष केशब बडालले भाषणमा प्रश्न गर्दै भनेका थिए “बैकले ५ प्रतिशत पनि ब्याज नदिदां २० प्रतिशत व्याजको लोभमा सहकारीमा पैसा राख्ने बेलामा हामी संग नसोध्ने अनि अहिले हारगुहार गरेर के हुन्छ ? त्यो सहकारीमा पैसा राख्नु भन्दा पहिला हामी संग सोध्या भए अहिले यो अबस्था आउदैनथ्यो ।”
विचरा बडाल बा, त्यो बेला ओरियन्टल नामधारी सहकारीले बदमासी गर्दै छ भन्ने थाहा पाउदां पाउदै एक वाक्य बोल्न आँट आएन ? यता नियामक निकायको भनाई पनि उस्तै उस्तै नै छ । नियमित साधारण सभा हुदैन सदस्यले आफ्नो संस्था कसरी चलेको छ भन्ने जानकारी नलिदा यो परिणाम आएको हो, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सह सचिव सुरेश प्रधानले भने । कम्पनी जस्तो सहकारी चलेको कारणले पनि समस्या आउने उनको कथन छ ।
अहिले नियमित जसो हुने कार्यक्रममा अभियान र सरकारको एकै स्वर आउन थालेको छ, सहकारीलाई चलाउने निकाय सदस्य हो हामी हैन, समस्या सदस्यकै कारणले आएको हो, हामीले गर्न सक्ने आधार नै केही छैन । कुरा हास्यस्पद छ भन्या, हिजो सहकारी दर्ता गर्न भटाभट दिने कागजी रुपमा आएको कुरालाई अध्ययन नै नगरि हचुवाको भरमा सधारणसभाका रिर्पाेटहरु स्विकृत गर्ने पनि नियामक निकाय नै हो । त्यस्तै बेला बेलामा अनुगमनमा देखिएका त्रुटिलाई सच्याउन अटेर गर्ने सहकारी कारबाही गर्न खोज्दा सहकारी स्वनियमनमा चल्ने हो कारबाही हुन हुँदैन भन्दै नियामक निकायलाई रोक्न अभियान नै हो ।
यसो हेर्दा यता यस्तो देखियो, साना साना गल्ती गर्दा नियामक निकायले देखे पनि नदेखे जस्तो गर्ने सहकारीको अविभावक मानिएको अभियान चै आफ्ना सदस्य के के गर्छन बेलामा चासो नदिने अनि गम्भिर अपराध गरे पछि हाड र नाताको नै सम्बन्ध छै भन्ने दुुश्प्रयास गर्ने ? केशब बडाल कै भनाईलाई मान्ने हो भने सदस्य भएका ३ सहकारीमा मुस्किलले समस्या देखियो त्यो पनि नगन्य हिसाबले । हैन सहकारी संघहरुमा आबद्ध भएका सस्थाहरु सबै दुधले नुहाएका छन र ? मुख्य कुरा त अहिले समस्यामा आएका सहकारीहरुको बारेमा यस्तो उस्तो भनेर टिप्पणी गर्नु भन्दा सरकार र अभियानले चासो दिने कि ?
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लको राजीनामा
२९ फाल्गुन २०८२, शुक्रबार
चैत ५ देखि विकू बचतको प्रविधि साक्षरता तथा सदस्य सर्वेक्षण, ८१ प्रशिक्षार्थीलाई अभिमुखीकरण
२८ फाल्गुन २०८२, बिहीबार
बागमती प्रोस्कूनको आयोजनामा कोशिस चौथो समूहको ‘वी क्यान वर्कशप’ सम्पन्न
२८ फाल्गुन २०८२, बिहीबार