१७ वैशाख २०८३, बिहिबार

सुनसरीका ५४ सहकारीको दर्ता खारेज

२०७१ जेठ ६, मङ्गलबार
सुनसरीका ५४ सहकारीको दर्ता खारेज

सुनसरी, ६ जेठ । सुनसरीमा दर्ता भएका ५४ वटा सहकारी संस्थाको दर्ता खारेज गरीएको छ । ति संस्थाले नियमित नविकरण नगराएको कारण खारेजमा परेको सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय सुनसरीले जनाएको छ ।

समयमै संस्थाले नविकरण नगरेको, नियमित साधारण सभा नगरेको र कार्यालयसंग सम्पर्कमा समेत नआएकोले त्यस्ता संस्थाहरु खारेज गरेको कार्यालयले जनाएको छ ।

सहकारीमा प्रजातान्त्रिक संरचना, सदस्यहरुलाई प्रदान गर्ने सेवा र सामाजिक लक्ष्यहरु पुरा गर्ने अन्तर्राष्ट्रिय सिद्धान्त रहेकोमा बचत तथा ऋण सहकारी संस्थाहरुले पालना नगरेकाले खारेज गरेको कार्यालयले जनाएको छ ।

खारेज हुनेमा ग्रामीण क्षेत्रका सहकारी संस्थाहरु बढी रहेको बताइएको छ । यसैबिच चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा चार वटा सहकारी संस्थाहरु समेत खारेज भएको छ, भने आर्थिक वर्ष ०६८÷६९ मा ४७ वटा सहकारी संस्थाहरु खारेज भएको थियो ।

अभिलेख

लोकप्रिय