अक्कु फोरमको बहानामा सहकारी बैंक र नेफ्स्कुन सहितको ७५ जनाको जम्बो टोली इन्डोनेसिया जाँदै
काठमाडौ ४ जेठ । आउदो असोज १ देखि ५ सम्म इन्डोनेसियाको बालीमा एसियालि ऋण महासंघको आयोजनामा अक्कु फोरम मात्र के हुन लागेको थियो , भ्रमणमा जाने नेपालका सहकारीकर्मीहरुको भिडनै लागेको छ । सो फोरममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कुन)का ३७ र राष्ट्रिय सहकारी बैंक ३८ गरि जम्मा ७५ जनाको जम्बो टोली जाने तयारी गरेर गतिलै सन्देश दिदै छन ।
नेपालको तर्फबाट यति धेरै संख्यामा जम्बो टाली जाने तयारी भए पनि सहभागि मध्ये कसैको पनि सो सम्मेलनमा कुनै कामै छैन । सो सम्मेलनमा भाग लिन नेफ्स्कूनले आफ्नो टोली तयार गरि सकेको छ भने बैैंकबाट समेत टोली तयार हुदै गरेको स्रोतले जनाएको छ । सो टोली प्रति व्यक्ती झन्डै साढे ५ सय अमेरिकी डलर रजिस्टेसन शुल्क तिरेर जान लागेको हो ।
रेगुलर कार्यक्रममा तोके बमोजिम शुल्क तिरे पछि खाने बस्ने र जादा आउदा सबै भ्याउछ । कार्यक्रममा सहभागि हुने मध्ये कुनै पनि नयाँ अनुहार छैनन । स्रोतका अनुसार एकै संस्थाका ३ जना वा सो भन्दा बढी सहकारीकर्मीहरु छन् । सहकारी खबर डटकम संगको कुराकानीमा एक सहकारीकर्मीले भने सो कार्यक्रममा सहभागी हुँदा नेपाले आफ्नो तर्फबाट राख्ने ऐजेन्डा कुनै छैन । त्यहा सहभागिहरु बाली पुग्छन स्वाद फेर्छन आउछन् , अन्य उपलब्धी खासै हुदैन । घुम्ने मस्ति गने बाहेक अरुकाम त्याहाँ नेपालका सहकारीकर्मीले गर्ने केही काम छैन । ति सहकारीकर्मीले भने , सहभागिता जनाउनका लगि २,३ जना जाँदा हुने ठाँउमा लाखौ खर्च हुँदै छ ।
सहभागी हुने सहकारीकर्मीहरुको खर्च कताबाट जटाइदै छ भन्नेमा भने हाल सम्म केही खुलाइएको छैन । नेपालबाट न कसैले कार्यपत्र प्रस्तुत गदैछन न एसियाली ऋण महासंघले यती जना आउ भनेर निम्तो नै दिएको छ । तै पनि सहकारीकर्मीहरुको यति धैरै विदेश मोह किन ? डुल्दै गरेको फोटो र चतिर्कला सहकारी खबरका पाठकहरुले फेला पार्नु भएमा सबैलाई बाँड्न नभूल्नु होला है।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
गर्भदेखि मृत्युसम्म सदस्यको साथमा रहने सिवाईसी, महिलालाई उद्यमशील बनाउने नीति
३१ असार २०८३, बुधबार
सहकारी पीडितलाई न्याय दिलाउन बचत फिर्ता अभियानको शुभारम्भ: मुख्यमन्त्री बानियाँ
३० असार २०८३, मंगलवार
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार