१ फागुन २०८१, बिहिबार

तरलताका कारण सहकारीमा समस्या अाउन नदिन सहकारी बैंक पछाडीबाट सहयोग गर्छ

२०७१ वैशाख ३०, मङ्गलबार
तरलताका कारण सहकारीमा समस्या अाउन नदिन सहकारी बैंक पछाडीबाट सहयोग गर्छ

राष्ट्रिय सहकारी बैंकको वर्तमान अवस्था कस्तो छ ?
सकारात्मक नै छ कारोबार सेयर र नेटवर्कको हिसाबले । यस्तै  शाखा विस्तार हुने क्रम बढेको  । स्थापना कालदेखिको अवस्थालाई नियाल्ने हो भने सकारात्मक रुपमा रहेको छ ।
बैंकको  पुँजीगत संरचना कस्तो छ ?
शेयर पुँजी असार मसान्त सम्म ६४ अर्ब पुर्याउने योजना छ । पोर्टफोलियो पनि करिब ७ अर्ब जति भएको छ । यो हिसाबले बैंकको पूँजीगत संरचना सन्तोशजनक मान्न सकिन्छ ।
बैंकको समस्या र चुनौती के के छन् ?
समस्या खासै छैन । नयाँ नयाँ टेक्नोलोजिहरु आएका छन् ।  सहकारी बैंकको नेटवर्क वस्तार गर्न र सबै बैंकिङ काम पूरा गर्नका लागि छुट्टै सहकारी बैंक ऐन आवश्यक छ । खास गरि उत्पादन क्षेत्रमा सहकारीलाई कसरी केन्द्रीत गर्न सकिन्छ भन्ने विष बैकलाई चुनौती छ ।  अहिले हामीले गरिबी निवारण संघसम्बन्धित कार्यक्रम सहकारी बैंकमार्फत परिचालन हुनका लागि हामीले जोड दिइरहेका छौ । सबै सहकारी संघ संस्था बैंकमा आबद्ध हुँदै जाने वातावरणका लागि र थप बैंकिङ कारोबार गर्नका लागि नेपाल राष्ट्र बैंकसँग थप स्वीकृति लिई अघि बढ्ने र सदस्यलाई सरल र सहज रुपमा सेवा दिने चुनौती रहेका छन् ।
समस्यामा रहेका सहकारी संस्थाहरुलाई बैंकले कस्तो सहयोग गरेको छ ?
अहिले जुन समस्या देखिएको छ । त्यो समस्या आउन नदिनका लागि  हाम्रो पहलमा केही भए पनि समाधान भएको छ । जस्तो सञ्चालकहरुमा अन्र्तरद्धन्द्ध कुनै चै गलत सन्देशका कारण बन्द भएका सहकारीहरुको अनगिन्ती उदाहरण छन् । तरलताका कारण सहकारीमा समस्या अाउन नदिन  सहकारी बैंक पछाडी बाट सहयोग गर्छ । समस्या आयो भने हामी सहयोग गर्छौँ ।
बैकले कर्जा लागानी  गरेका  सहकारीबाट कर्जा नउठेकाले पनि बैकमा समस्या छ भन्ने छ नि ?
कर्जा केही ढिलो उठ्नु यो नियमीत प्रकृया हो । चाहे त्यो सहकारी होस या बैंक फाईनान्स जे भने पनि कर्जा उठाउन ताकेता गर्नै पर्छ । समयमा किस्ता बुझाउने ट्रेन कम भएकाले पनि बैकले ताकेता गर्नु पर्ने बाध्यता रहेको हो । यो समस्या हो । एक हजार सहकारीमा १०, २० सहकारीको कर्जा समयमा आएन भन्दैमा समस्या भन्न मिल्छ र ? त्यसलाई त तकेता गरेर ट्रयाकमा ल्याउने हो ।
 कर्जा नतिर्ने सहकारी केही बन्द भए अहिले खोज्दा भेट्न नसक्ने अबस्थामा पनि छन ?
हैन , हामीले ति सहकारीलाई कर्जा दिदा धितो राखेर मात्र कर्जा दिएका छौ । ति सहकारीबाट सजिलै कर्जा उठ्छ । हामीले ऋण लगानी गरेका सहकारीहरु मध्ये एउटा पनि सहकारीबाट  ऋण उठ्दैन भन्ने अबस्था छैन । उहाँहरुको धितो प्रयाप्त छ । आउदै नआउने अबस्था छैन ।
सहकारी बैंक सख्यात्मक रुपमा शाखा बढी भए गुणात्मक कार्य भएनन भन्ने आरोप छ नि ?
हाम्रो काम  बैंकिङ कार्य गर्ने हो । यो नगदको काम हामीले नै गर्ने हो । अब कुरा रहयो सहकारी संस्थाहरुको प्रमोस्नलको काम । यो काम संघहरुले गर्नु पर्छ । बैंकको गुणात्मक काम भनेको पैसा लिने र दिने नै बढी हुन्छ नि । मुख्य काम नै हो । बिस्तारै हामीले तालिमको काम अघि बढाइरहेका छौ । नयाँ नयाँ टेक्नोलोजि प्रयोग गर्ने काम गर्दै छौ ।
सहकारी बैंकलाई त नियामक निकाय बनाउने चर्चा पनि त छ नि ?
यहाँ समस्या छ । नियामक निकाय बन्ने भए बिज्नेस गर्नुभएन । बिज््नस र नियमन एकै चोटी गर्छु भन्दा हुदो रहेन छ । नियामक निकाय भए पछि त स्रोतमा अर्काको भर पर्नु पर्छ । होला हाम्रा सदस्यहरुबाट उठेको रकमले चल्ने अबस्था छैन । त्यस कारण हाम्रो प्रथामिकता बिजनेस नै हो भन्ने चहाना हो ।
 सहकारी क्षेत्रको सुधार गर्न के गर्नु पर्ला ?
समस्याग्रस्त सहकारीहरुको समस्या समाधानका लागि जुन सक्रियता चाहिएको हो त्यो हुन सकेको छैन । जस्तो गुण ओरन्टल जस्ता सहकारीबाट निक्षेप कर्ता जसरी ठगिए तिनिहरुको समस्या कसरी गर्ने भन्ने बारेमा उपाय अबलम्बन गरेको देखिदैन । उसले कहाँ कहाँ लगानी गरेको छ ।  धितो ठाँउमा कस्तो छ । लगानी गरेको ठाउमा कस्तो समस्या आएर रोकीयो । यसलाई सरकार, सहकारी क्षेत्र र गैह्र सहकारी क्षेत्रले कस्तो पहल गर्ने त्यो ढंगको काम हुन सकेको छैन । के के समस्या हो त्यो समस्या पहिचान गरेर मात्र राज्यलाई हस्तान्तरण गर्ने काम विगतमा भयो । स्वनियम प्रणाली लाई विकास गर्ने सञ्चार क्षेत्रलाई प्रभाकारी बनाउन पर्छ । त्यस्तै एनमा परिमार्जन गर्ने लगायता कार्यहरु गरिनु पर्छ ।
कार्यकारी र सञ्चालक एकै भएकाले पनि समस्या आयो नि हैन ?
राष्ट बैंकले पनि बैकमा कार्यकारी अध्यक्ष र सञ्चालक एकै रहनु हुदैन भन्ने जुन कुरा ल्यायो त्यो सकारात्मक नै छ । कार्यकारी र सञ्चालक एकै व्यक्ती नरहने जुन प्रावधान लागु गर्ने प्रयास भएको छ । यसैको कारणले समस्या आएको हुदै होइन ।  बिस्तारै एउटा सिस्टममा रहेर मात्र लागु  गर्नु पर्छ एकै चोटी लागु गर्दा ७५ देखि ८० प्रतिशत सहकारीमा समस्या आउछ ।
समस्या समाधान गर्न सहकारी संघहरुको भूमिका देखिएन ?
आफ्ना सदस्यलाई सुदृण गर्ने र समस्या आउन नदिने तर्फ संघले पहल गर्नु पर्छ । हामीले जिल्ला संघमा पनि यो कार्यलाई क्रमश अघि बढ्ने भन्ने तर्फ काम गरेका छौ । एकिकरण लगायतका गुणात्मक रुपले विकास गदै लैजानु पर्छ भन्ने कार्यलाई अभियानको रुपमा लाने तयारीमा छौ । तर एकिरणमा लैजान राज्यले प्याकेज ल्याउनु पर्नु । यति बर्ष सम्म कर नलाग्ने भन्ने घोषण गरोस सहरमा मर्जरको लहर आउछ । मर्जरको फाइदा  नहुदा बेफाइदा के , किन मर्जर हुने भन्ने बिषयमा सचेतन कार्यक्रम नआएकाले पनि काम भएन ।
अन्त्यमा , बैंकको भावी योजना के छ ?
बैंकिङ कारोबार अझ बढी बढाउने, शाखा विस्तार गर्ने, सेयर पुँजी वृद्धि, सहकारी संघ–संस्था प्रवर्धनमा वृद्धि, जनचेतना तथा शिक्षाका कार्यक्रमलाई अगाडि बढाउने योजना छ । नीति निर्माण्ँमा पनि बैंकको सहयोग हुनेछ ।

केबी उप्रेती सहकारी आन्दोलनका अगुवाका रूपमा स्थापित नाम हो । लामो समयदेखि सहकारी संघ संस्थामा क्रियाशील उनी सहकारी बैंकका प्रबन्ध सञ्चालकका साथै जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्षसमेत हुन् । २५ असार ०६० मा दर्ता भई १९ साउन ०६१ बाट कारोबार थालेको सहकारी क्षेत्रको सशक्त र सबैभन्दा ठूलो वित्तीय संस्थाका रूपमा सहकारी बैंक रहेको छ । नेपाल सरकार, राष्ट्रिय सहकारी विकास बोर्ड, राष्ट्रिय सहकारी संघ, केन्द्रीय संघ, विषयगत जिल्ला संघ र प्रारम्भिक संस्थाको आबद्धता रहेको सहकारी क्षेत्रको एक मात्र बैंक हो । सहकारीको केन्द्रीय बैंक बनाउन, सहकारी ऐन ल्याउन सहकारी बैक क्रियाशील छ । सोहीसम्बन्धमा सहकारी बैंक, सहकारी क्षेत्रको वर्तमान अवस्था र चुनौतीबारे सहकारी खबरले गरेको कुराकानी

अभिलेख

लोकप्रिय