१७ वैशाख २०८३, बिहिबार

सगरमाथा साकोसद्वारा तेस्रो किस्ताको स्वरोजगार कर्जा वितरण

२०७१ वैशाख २९, सोमबार
सगरमाथा साकोसद्वारा तेस्रो किस्ताको स्वरोजगार कर्जा वितरण

सिमरा, २९ बैशाख । निजगढस्थित सगरमाथा बचत तथा ऋण सहकारी संस्था (साकोस)ले आइतबार एक समारोहवीच युवा तथा साना व्यवसायी स्वरोजगार कोषको तेस्रो किस्ताको लघुकर्जा लगानी गरेको छ ।
स्वरोजगार कर्जा वितरण गर्दै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड नेफ्स्कूनका सञ्चालक कृष्ण पौडेलले सहकारीमार्फत स्वरोजगार कर्जाको सदुपयोग भएको र रोजगारी बढेको बताए । सरकारले सहकारीलाई प्राथमिकतामा राखी ससाना उद्यम व्यवसायमा युवाहरुलाई संलग्न गराउने गांऊगांऊमा अभियान चलाउन सके विदेश पलायन र परनिर्भरताको अन्त्य गरी स्वाधीन अर्थतन्त्र निर्माण गर्न सकिने पौडेलको भनाई थियो ।
संस्थाले वीस सदस्यहरुलाई १६ लाख रुपैया स्वरोजगार कर्जा वितरण गरेको छ । संस्थाका कार्यवाहक अध्यक्ष सुदर्शन कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन लेखा संयोजक बोधनाथ चौलागाईले गर्नु भएको थियो । यसैवीच सिमरास्थित सिमरा महिला बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको स्तन तथा पाठेघरको क्यान्सर परीक्षण शिविर सम्पन्न भएको छ । शिविरमा तीन सय महिलाहरुले स्वास्थ्य परीक्षणबाट लाभ लिएका छन । शिविर नेशनल हस्पिटल तथा क्यान्सर रिसर्च सेण्टरले प्राविधिक सहयोग गरेको थियो भने स्थानीय विभिन्न संघसंस्थाले सहयोग गरिरहेका छन ।

अभिलेख

लोकप्रिय