बहुउद्देश्यीय केन्द्रीय संघले वित्तिय कारोबार थाल्यो, सबल ब्यवस्थापन सँगै उत्पादनमा जोड
काठमाडौं, २८ बैशाख । नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लिमिटेडले स्थापना भएको एक वर्षको अवधीमा वित्तिय कारोबार तथा कर्जा लगानी शुभारम्भ गरेको छ ।
संघले आइतबारदेखि साधारण वचत, मुद्धती तथा संस्थागत वचत खाता संचालन गरेको छ । त्यसैगरी सामुहिक जमानी, ब्यापार व्यावसाय, कृषी, हायर पर्चेज, घर जग्गा खरिद र विविध शिर्षकमा सदस्य संघ, संस्थालाई कर्जा सेवा समेत उपलब्ध गराउने भएको छ । २०६९ मंसीर २० गते दर्ता भएको संघले गत वर्ष बैशाख १३ गते ललितपुर उप–महा नगपालिकाका वडा नम्बर १३ स्थित कुसुन्तीमा कार्यालय स्थापना गरेको थियो ।
संघले आफ्नै कार्यालयबाट आर्थिक कारोबार संचालन गरेपछि संघसंग आवद्ध बहुउद्धेश्यीय संघ संस्थाहरु लाभान्वित हुने भएका छन् । देशभर संचालित ४ हजार ३ सय भन्दा बढी बहुउद्देश्यीय सहकारी संस्थाहरुको हकहित, संरक्षण, प्रबद्र्धन र सुदृढीकरण गरी सबै बहुउद्देश्यीय सहकारी संघ संस्थालाई सेवा तथा सुविधा प्रदान गर्न बित्तिय कारोबार शुरु गरेको संघका अध्यक्ष सुरेन्द्र भण्डारीले बताए ।
बहुउद्देश्यीय सहकारी संघ÷संस्थाहरुको सबल व्यवस्थापन गरी सहकारी मार्फत उत्पादन प्रणालीलाई विशेष जोड दिने, ग्रामिण अर्थतन्त्रको सुदृढीकरण गरी समग्र नेपालको सहकारी आन्दोलनलाई अग्रणी दिशामा अगाडि बढाउने, सहकारी क्षेत्रमा देखिएको विभिन्न किसिमका समस्याहरुलाई उचित समयमा सम्बोधन गर्दै, विषयगत जिल्ला सहकारी संघहरु, जिल्ला सहकारी संघहरु, केन्द्रीय सहकारी संघहरु र राष्ट्रिय सहकारी संघको समेत पुर्नरसंरचना गरी सहकारी उन्मुख राष्ट्रिय अर्थतन्त्रको विकास गर्नको लागि नेपाल सरकारसँग सम्बन्धित निकायहरुमा सुझाव दिने, उद्धेश्यले संघ स्थापना भएको अध्यक्ष भण्डारीले बताए ।
कारोबार सुभारम्भ कार्यक्रममा केन्द्रीय संघका पदाधिकारी, संघसंग आबद्ध बहुउद्धेश्यीय सहकारी संघ, संस्थाहरुको उपस्थिति रहेको थियो । यस अघि संघले आफ्ना सदस्य संघ, संस्थालाई तालिम, विभिन्न गोष्ठी संचालन तथा निति निर्माणमा नेपाल सरकारलाई सुझाव दिने लगायतका कार्यक्रम सम्पन्न गरिसकेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार
राष्ट्रिय सहकारी बैंकको निर्वाचन जेठ ९ गते, निर्वाचन कार्यतालिका केही दिनमा
१६ बैशाख २०८३, बुधबार
तेस्रो वार्षिकोत्सवमा आईस्मार्टको विशेष अफर सार्वजनिक
१४ बैशाख २०८३, सोमबार