१३ दिन लेखा तालिम सकियो
ललितपुर, १६ चैत । ललितपुर जिल्ला वचत तथा ऋण सहकारी संघको आयोजनामा १३ दिने ‘सहकारी वृहत लेखा व्यवस्थापन’ तालिम सकिएको छ ।
तालिममा ललितपुर र काठमाडौं विभिन्न विषयगत सहकारीबाट २२ जनाको सहभागिता रहेको थियो । सहकारी संघ÷संस्थाहरुको लेखा व्यवस्थापनलाई अझै बैज्ञानिक र समय सान्दर्भिक बनाउन र सकेसम्म त्यस्ता संस्थाहरुको लेखा प्रणालीमा एकरुपता कायम गर्नको लागि लेखा व्यवस्थापन तालिम संचालन गरिएको संघले जनाएको छ ।
सहकारीको मासिक आर्थिक प्रतिवेदन निर्माण, अन्तिम खाता व्यवस्थापन, कर व्यवस्थापन, इक्विटीमा परिवर्तन, सम्पत्ति विवरण, ह्रास विवरण, लेखापरीक्षण प्रतिवेदन विवरण आदि विषयहरु समावेश गरि तालिम सञ्चालन गरिएको वचत संघका तालिम संयोजक रामशरण वस्नेतले बताए ।
सहकारीहरुको व्यवस्थापनमा लेखापालनको महत्वलाई सबैले अंगीकार गर्दै अन्र्तराष्ट्रिय लेखा मापदण्ड अनुरुप लेखा राख्न उनको आग्रह थियो । त्यस्तै तालिम समापनको अवसरमा बोल्दै संघका अध्यक्ष रामशरण घिमिरेले सहकारी संस्थाहरुमा समस्या आउन नदिन लेखापालनको सहि र उचित व्यवस्थापनमा उचित ध्यान पुर्याउन सबै सहभागिहरुलाई सुझाव दिएका थिए ।
तालिम चैत्र ३ गतेदेखि १६ गतेसम्म सञ्चालन भएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सहकारी अध्यादेश जारी
१७ बैशाख २०८३, बिहीबार
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार
राष्ट्रिय सहकारी बैंकको निर्वाचन जेठ ९ गते, निर्वाचन कार्यतालिका केही दिनमा
१६ बैशाख २०८३, बुधबार