५ चैत २०८१, मङ्गलबार

४८ सहकारीका संचालक खोज्दै प्रहरी (संचालकको नाम सहित)

२०७० माघ २४, शुक्रबार
४८ सहकारीका संचालक खोज्दै प्रहरी (संचालकको नाम सहित)

काजी श्रेष्ठ

काठमाडौं, २४ माघ । बचत तथा ऋण कारोबार गर्ने समस्याग्रस्त सहकारी संस्थाहरुको छानविन गर्न गठित जाँचबुझ आयोगले ४८ सहकारी संस्था उपर पक्राउ गर्न प्रहरी प्रधान कार्यालय नक्साल लाई आग्रह गरेको छ ।

ति सहकारीले सर्वसाधारण नागरिकले जम्मा गरेको बचत रकम हिनामिना र दुरुपयोग गरी फिर्ता नदिएकोमा त्यस्ता सहकारी संस्थाका प्रमुखलाई जाँचबुझको लागि उपस्थित हुन म्याद दिइएको थियो । सो म्याद भित्र आयोगमा उपस्थित हुन नआई भागि हिडेकाले ति सहकारी संस्था संचालकलाई प्रहरी मार्फत पक्राउ गरी आयोगमा उपस्थित गराउन पत्राचार गरिएको आयोगका अध्यक्ष गौरी बहादुर कार्कीले सहकारीखबर डटकमलाई जानकारी दिए । ति सहकारीका अध्यक्ष तथा संचालकहरुलाई पक्राउ गर्न फोटो, नागरिकताको फोटोकपी, बसोबार गर्ने ठेगाना सहित आयोगले प्रहरी प्रधान कार्यालयमा पेश गरेको अध्यक्ष कार्कीले बताए ।

‘हामीले आयोगमा उपस्थित हुन आग्रह गर्यौं तर उहाँहरु आउनु भएन ।’ आयोगका अध्यक्ष कार्कीले भने– ‘त्यसपछि मात्र अन्तिम विकल्प प्रहरी भएकाले यस्तो कदम चालेका हौं ।’ समस्या ग्रस्त सहकारी मध्ये केही उपस्थित भएर वयान लिइरहेको र पैसा फिर्ता गराउनका लागि विभिन्न उपाया अपनाएको उनले बताए । मेरो काम बचतकर्ताको बचत फिर्ता गराउनु हो र केही महिनामा सबै पिडितले निक्षेप फिर्ता पाउले उनले बताए ।

कुन सहकारीको को–को छन् प्रहरीको खोजिमा

 १. अर्जुन कोइराला, कुगेश्वर गा.वि.स. २, सिन्धुली ।

अध्यक्ष, मुश्किलमा सजिलो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, नयां बानेश्वर, काठमाडौं ।

२. शैलेश तिखत्री, हाल का.म.न.पा. ११ ।

अध्यक्ष, कमलिन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, का.म.न.पा. ११, काठमाडौं ।

३. सज्जन कुमार भटृराई, जिल्ला धनुषा, हाल कामनपा १० ।

अध्यक्ष, सुलभ बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पुरानो बानेश्वर, काठमाडौं ।

४. रचना गौचन, का.म.न.पा. ३५, काठमाडौं ।

अध्यक्ष, ईन्द्रायणी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, लाजिम्पाट, काठमाडौं ।

५. अकुट अधिकारी, का.म.न.पा. १० ।

अध्यक्ष, कामना सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, पुरानो बानेश्वर, काठमाडौं ।

६. राजकुमार थापा, का.म.न.पा. १० ।

अध्यक्ष, ईच्छा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, का.म.न.पा ९, काठमाडौं ।

७. नानीराम भटृराई

अध्यक्ष, पब्लिक फाईनान्स बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कमलादी, काठमाडौं ।

८. सुरज शाक्य, ललितपुर ३ ।

अध्यक्ष, उग्रचण्डी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, हरिहरभवन, ललितपुर ।

९. राम कृष्ण घिमिरे, ललितपुर १४ ।

अध्यक्ष, कोपिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड, ग्वार्को, ललितपुर ।

१०. रामकेशर मगर, बिसंखुनारायण २ ललितपुर ।

अध्यक्ष, रसा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बिसंखुनारायण २ ललितपुर ।

११. शंभुकुमार गिरी, इमाडोल ४, ललितपुर ।

अध्यक्ष, बालकुमारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, इमाडोल ४, ललितपुर ।

१२. अनिल सिंह, भैंसेपाटी ५, ललितपुर ।

अध्यक्ष, प्mयुचर किज स्वास्थ सेवा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, धापाखेल ५, ललितपुर ।

१३. शशि बराल, बिसंखुनारायण ९, ललितपुर ।

अध्यक्ष, अञ्जुली बचत तथा ऋण सहकारी संस्था लिमिटेड, इमाडोल ५, ललितपुर ।

१४. लालबहादुर लिम्बू, ललितपुर १४ ।

अध्यक्ष, सुनौलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बिशालचोक, ललितपुर ।

१५. चाँदनी साही, ललितपुर १३ ।

अध्यक्ष, सुकुन्दा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पुलचोक, ललितपुर ।

१६. राजु शाक्य,

अध्यक्ष, अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, मानभवन, ललितपुर ।

१७. हरिश्चन्द्र अधिकारी, गोंगबू ६,

अध्यक्ष, संयुक्त हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गोंगबू, काठमाडौं ।

१८. मनिकरत्न स्थापित, का.म.न.पा. ३२,

अध्यक्ष, रुपान्तरण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, मैतिदेवी, काठमाडौं ।

१९. ज्योति श्रेष्ठ, का.म.न.पा. १३,

अध्यक्ष, मानस बचत तथा ऋण सहकारी संस्था लिमिटेड, रविभवन, काठमाडौं ।

२०. रवि भण्डारी, इन्द्रायणी ४,

अध्यक्ष, त्रिपल एम बचत तथा ऋण सहकारी संस्था लिमिटेड, का.म.न.पा. ६, काठमाडौं ।

२१. शर्मिला कार्की (थापा), कीर्तिपुर न.पा. १५,

अध्यक्ष, नव नेपाल बचत तथा रोजगार विकास कर्जा सहकारी संस्था लिमिटेड, काठमाडौं ।

२२. युवराज अर्याल, बडहरा गा.वि.स., कैलाली,

अध्यक्ष, चार्टड सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेड, कमलाछी, काठमाडौं ।

२३. रामप्रसाद हाडा, अध्यक्ष, एक्जिम बहुउद्देश्यीय सहकारी संस्था लि., थापाथली, काठमाडौं ।

२४. रमेश भण्डारी, कुबेर सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लि., महाराजगंज, काठमाडौं

२५. खुशचन्द्र श्रेष्ठ, अध्यक्ष, प्रभु सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लि., न्यूरोड, काठमाडौं ।

२६. नसिब पौडेल, थपे्रक तनहुं, (हाल कामनपा ३२),

अध्यक्ष, मिलेनियम बचत तथा ऋण सहकारी संस्था लि., डिल्लीबजार, काठमाडौं ।

२७. नरेश प्रसाद श्रीवास्तव, (औरयां, रौतहट ।)

अध्यक्ष, कोहिनुर हिल बचत तथा ऋण सहकारी संस्था लि., न्यूरोड, काठमाडौं ।

 

२८. रामशरण भण्डारी, (विर्तापाखर ५ सिन्धुपाल्चोक)

अध्यक्ष, गे्रस बहुउद्देश्यीय सहकारी संस्था लि., चावहिल, काठमाडौं ।

२९. शक्ति थापा, का.म.न.पा. १४,

अध्यक्ष, रिक्रियट सर्भिस बचत तथा ऋण सहकारी संस्था लि., क्षेत्रपाटी, काठमाडौं ।

३०. उदयचन्द्र मल्ल, अध्यक्ष, मध्यपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, न्यूरोड, काठमाडौं ।

३१. दावा लामा, का.म.न.पा. ३२, डिल्लीबजार,

अध्यक्ष, डिमाण्ड बचत तथा ऋण सहकारी संस्था लिमिटेड, मिनभवन, काठमाडौं ।

३२. श्री उपेन्द्र ढुंगाना, अध्यक्ष, पिताश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कोटेश्वर, काठमाडौं ।

३३. दामोदर खत्री, अध्यक्ष, बाईसधारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, बालाजु, काठमाडौं ।

३४. ऋषिकेशव बिक्रम शाह, एकान्तकुना, ललितपुर ।

अध्यक्ष, नवक्षितिज सहकारी संस्था लिमिटेड, कालिकास्थान, काठमाडौं ।

३५. हेमलता भटृराई, अध्यक्ष

रणबहादुर भटृराई, कोषाध्यक्ष,

बागेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पुरानो बानेश्वर, काठमाडौं ।

३६. रन्जु शर्मा, का.म.न.पा.३३,

अध्यक्ष, बिश्वास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, मैतिदेवी, काठमाडौं ।

३७. रामबहादुर वस्नेत, कालीमाटी,

अध्यक्ष, परिदृश्य बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कालीमाटी, काठमाडौं ।

३८. ज्योति अधिकारी, बागबजार,

अध्यक्ष, हितैषी बहुउद्देश्यीय सहकारी संस्था लि., गौशाला, काठमाडौं ।

३९. सत्य नारायण अधिकारी, का.म.न.पा. ६ बौद्ध ।

अध्यक्ष, कस्मिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बागबजार, काठमाडौं ।

४०. शंकर ठकुरी, अध्यक्ष, शाईन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चावहिल ७, काठमाडौं ।

४१. नरेन्द्रराज श्रेष्ठ, धापासी ३ ।

अध्यक्ष, रोजगार बिकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड, नक्साल, काठमाडौं ।

४२. सुगम अमात्य, जवदी ८, सर्लाही ।

अध्यक्ष, हाम्रो प्यासिफिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कालीमाटी, काठमाडौं ।

४३. निमादेवी कर्माचार्य, का.म.न.पा. ११, थापाथली ।

अध्यक्ष, हाइस्ट्रिट बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बबरमहल, काठमाडौं ।

४४. युगदीप शर्मा, बाहुनडांगी ६, झापा ।

अध्यक्ष, ओराकल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, का.म.न.पा. ३४, काठमाडौं ।

४५. बिमला लक्ष्मी शाह, हांडीगाउं ।

अध्यक्ष, सुबल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, हांडीगाउं, काठमाडौं ।

४६. कृष्णहरि रिमाल,

अध्यक्ष, जय शिवशक्ति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, काठमाडौं ।

४७. गनेन्द्र बहादुर सिंह, का.म.न.पा. १०, बुद्धनगर ।

अध्यक्ष, एपेक्स बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सुविधानगर, काठमाडौं ।

४८. यदुकुमार गजुरेल, मनमैजु २ ।

अध्यक्ष, गगनचुली बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गोंगबू ४, काठमाडौं ।

अभिलेख

लोकप्रिय