५ चैत २०८१, मङ्गलबार

‘मेरो नसा नसामा सहकारी छ’

२०७० पुष २६, शुक्रबार
‘मेरो नसा नसामा सहकारी छ’

संविधानसभामा प्रवेश गरे पछि तपाईको पहिलो काम के हुन्छ ?

ओमदेवी मल्ल जोशी(  अध्यक्ष, रिलायवल बचत तथा ऋण सहकारी संस्था लि)

पहिलो काम भनेको तपाई हामी  सबैलाई थाहा भएकै  कुरा हो । संविधान बनाउने नै प्रथामिकता दिने हो । यो संगै संविधान बनाउन पनि सहकारीको महत्वपुर्ण भूमिका छ, भन्ने कुराको स्थापित गर्ने मुल उद्देश्य हो । संविधानमा बन्ने हरेक निति नियमहरु सहकारी मैत्री बनाउने तर्फ ध्यान केन्द्रीत गर्ने छु ।

संविधानसभामा तपाईले कसरी भूमिका निर्वाह गर्नु हुन्छ। संविधानसभा भित्रै भूमिका खोज्ने हो की सरकारमा समेत सहभागि हुनुहुन्छ ?

अहिले यही भन्ने सक्ने अबस्था पनि छैन । सरकरमा जाने अबसर पाए भने त्यसलाई सदुपयोग गर्नु पर्छ । सहकारी क्षेत्रमा जस्तै संविधान सभामा समेत मलार्ई त्यस्तो जिम्मेवारी  दिइयो भने  पनि म त्यसमा रहेर  काम गर्न तयार छु । तन मन दिएर काम गर्छुु।जहाँ पुगे पनि मैले सहकारीलाई चिनाउने काम गर्ने छु ।

तपाईलाई सहकारीको क्षेत्रको सभाषद मान्ने की काँग्रेसको ?

मलाई यो अबसर नेपाली काँग्रेसले दिएको हो ।  जसरी एमालेले केशब बडालज्यूलाई सभाषद बनायो मलाई पनि त्यही हिसाबले काँग्रेसले सभाषद बनाएको हो ।तर नेपाली काँग्रेसले मलाई सभाषद सम्म ल्याएको त सहकारीबाट नै हो । मेरो प्रवेशद्धवार सहकारी हो ।काँग्रेसले पनि मलाई सहकारी अभियानको महिला भएर मात्र अगाडी ल्याएको हो । काँग्रेसले म बाट सहकारी क्षेत्रमा केही गर्छे भन्ने अपेक्षाबाट  सभाषद बनाएको हो भन्ने मलाई लाग्छ ।  मैले अब सभाषद भएर सहकारी क्षेत्रको लागि जुन काम गर्नु पर्ने  जिम्मेवारी  थपिएको छ । त्यसलाई  पुरा गर्नु मेरो दायित्व हो ।अहिले म जुनस्थानमा पुगेको छु । त्यो भनेको सहकारीको बलबुताले मात्र हो। म सहकारीको एउटा नेता हु र अहिले देखिएका  समस्याहरुलाई कसरी सम्बोधन  गर्न  सकिन्छ   र सहकारीलाई कसरी अर्थतन्त्रमा दरिलो तरिकाले उभ्याउन सकिन्न छ भन्ने मै केन्द्रीत भएर काम गर्ने र सकारीका ए्न नियम र निति  र्निाणमा अन्यलाई पनि केन्द्रीत गराउन पहल हुन्छ ।

सभाषद भएर संसदमा पुगे पछि सहकारीलाई त फर्केर पनि नहेर्ने र भत्ता पचाउने मै केन्द्रीत त हुनुहुन्न नी ?

पहिलो कुरा त यो सहकारी भनेको मेरो नसा नसामा छ।मैलेसभाषद भएर गएको सहकारी कै लागि काम गर्ने भनेर र नै हो । म जहाँ बस्छु यो  सहकारीको भलाई हुने काममा मात्रै केन्द्रीत हुन्छु । जुन राजनितिक दलले मलाई सभाषद बनाएर संविधानसभामा पठाएको छ । उसको पोलिसी  भित्र रहेर काम गर्नु नै पर्छ । मलाई ओमदेवी भनेर सभाषद बनाएको हैन ।सहकारी क्षेत्रमा देखिएको सहकारीको योग्य व्यक्ती हो भनेर चुनिएको हो । सहकारीले मलाई जुन स्थान सम्म ल्याउन सहयोग गर्यो यसलाई भुल्न भनेको मुर्खता हो । पार्टीको पोलिसीमा रहेर काम गदै जाँदा मैले देशको आर्थिक क्रान्तिमा सहकारी पनि चाहिन्छ, यस्को विकल्प छैन भन्ने बिषयमा पनि म केन्द्रीत हुन्छु । जसरी म अहिले सहकारीमा उदारणीय सहकारीकर्मी भएर चिनिएको छु । त्यस्तै गरि संविधानसभामा रहेर सहकारीका केही राम्रा कामहरुको छाप छोड्न चहान्छु । म सभाषद भएरै काम गर्छु तर सहकारीलाई केन्द्र विन्दु राखेर मात्र ।

सहकारीलाई सरकारले संविधानमा तिन खम्बे अर्थनितिमा राखेर प्रथामिकता दियो तर हाल सम्म आइपुग्दा जुनहिसाबले प्रथामिकता पाउनु पर्ने हो त्यो हिसाबले प्रथामिकता पाएको छैन नी ?

अर्थतन्त्रमा नेपाल सरकारले जुन स्थान दिएको छ । त्यसअनुसार अघि बढ्न प्रेरित गर्ने काम हरु कमै मात्रामा भएको हो । प्रथाकिता दिए अनुसारको अबसर सहकारीले कमै पाए ।जस्तो कुनै विद्यालय संचालन गर्न खोज्यो  सहकारीलाई दिइदैन । जलविधुतमा लगानी गर्न योजना बनायो त्यहाँ काम गर्न र अघि बढ्न  दिइदैन । बैंकबाट आपत्कालिन अबस्थामा लोन लिन कठीन छ । निजि क्षेत्रले मन लागेको ठाउमा काम गर्न पाउँछ , सरकारले  पनि उहि हिसाबले साथ दिएर हिड्छ । अहिले जति पनि निति नियम र कानुनहरु बनेका छन् । ति सहकारी मैत्री भएनन् । अब हामी सहकारीकर्मीहरु सभाषद भएर गए पछि यस्ता समस्यालाई सुल्झाउन पहल गर्नु पर्छ । हाम्रो अनुुमानमा विभिन्न क्षेत्रा  रहेका तर सहकारीमा आबद्ध भएका २५ देखि ३० सभाषद हुनुहुन्छ । हामी एक जुट हुने हो भने सहकारी मैत्री संविधान बनाउन कठिन छैन । तर एकताको खाचो भने छ । ६०१ जनामा ३० जना सहकारीकर्मी हुनु भनेको गौरवको कुरा हो।

तपाईको आफु आबद्ध भएको सहकारी पनि छ र यसमा कार्यकारी भएर बस्नु भएको छ । सभाषद पनि हुनुभयो कसरी ब्यवस्थापन गर्नु हुन्छ ?

मुख्य कुरा त म कार्यकारी र सञ्चालक दुबै एकै व्यक्ती हुनु हुदैन भन्ने पक्षमा हो । तर बाच्नका लागि आयको बाटो त चाहियो । मैले हाल सम्म संस्थामा रहेर गरेको काम अनुसार नै पारिश्रमिक लिने गरेको छु । बाच्ने आधार त चाहियो नै हैन र । जुन दिन म संविधानसभामा प्रवेश गर्छु त्यो दिनबाट सहकारी संस्थाको कार्यकारी पद छाडेर अर्को कुनै ब्यक्तीलाई सुम्पेर जान्छु । याहाँको सेवा र सुविधा लिन्न तर संस्थाको माया छ । अध्यक्ष भएर चै बस्छु, हरेक प्रकारका अप्ठ्यारोमा हातेमालो गर्न तयार छु ।

अन्तमा केही ?

जुन हिसावले मलाई सभाषदको लागि नेपाली काँग्रेसले सभाषद बनायो, उसलाई धन्यवाद दिन चहान्छु । तर काँग्रेसले सभाषद बनाए पनि म सहकारीकर्मीको सभाषद भएर काम गर्ने  योजना छ । सहकारीलाई जुन हिसाबले अगाडी लैजुनु पर्छ त्यसका लागि सहकारीकर्मीहरु सल्लाह सझाव र हौसलाको आवश्यक छ, त्यसको अपेक्ष छ । म जहाँ भए पनि सहकारी हितको लागिनै काम गर्ने छु ।

अभिलेख

लोकप्रिय