१ फागुन २०८१, बिहिबार

नबुझेर सहकारी खोल्दाको परिणाम अहिले देखिएको छ

२०७० पुष १, सोमबार
नबुझेर सहकारी खोल्दाको परिणाम अहिले देखिएको छ

सिताराम काफ्ले प्रबन्ध निर्देशक, रोयल को–अपरेटिभ लिमिटेड

अहिले सम्म संस्थाले के कस्तो उपलब्धि हासिल गर्न सफल भयो बताई दिनोस्न ?

१५ बर्षमा हामीले यो संस्थालाई व्यवस्थित गर्नमै केन्द्रीत ग¥यौं । सुरुमा यो संस्थाको स्थापना बचत र ऋणको कारोबार गर्ने मात्र थियो । यसलाई बहुउद्देश्यीय सहकारीमा परिणत गर्न सफल भयौं । यो सहकारी संस्था बैंक, वित्तीय तथा सहकारी क्षेत्रमा अनुभवी व्यक्तिद्वारा प्रवद्र्धित संस्था हो । सहकारी बैंक, महेन्द्रनारायण निधि मेमोरियल सहकारी अस्पताल, मनमोहन स्वास्थ्य सहकारी अस्पताललगायत सेवामूलक र व्यावसायिक क्षेत्रमा पनि संस्थाको शेयर लगानी छ । रोयल को–अपरेटिभले सम्पूर्ण कारोबार बैंकिङ सफ्टवेयरमार्फत गरेको छ । हामीले विभिन्न सामाजिक लगायत सडक सुरक्षामा समेत काम गर्दै आएका छौं । त्यस्तै हामीले १६औं बार्षिकोत्सवको अबसर पारेर सहकारी उपभोक्ता पसल समेत सञ्चालनमा ल्याएका छौं । यसले सहकारीमार्फत उत्पादित वस्तु तथा सेवाको बजार व्यवस्थापनको संभाव्यता अध्ययन गर्ने तयारी समेत गरेको छ ।
सहकारीले आगामी वर्र्षभित्र कृषि, पर्यटन र हाइड्रोपावर मध्ये कुनै एकक्षेत्रमा लगानी गर्ने योजना अघि सारेका छौं । शेयर सदस्यहरुलाई सरलरुपमा स्वास्थ्य सेवा उपलब्ध गराउदै आएका छौं । संस्थाले बहुउद्देश्यीय भवन निर्माणको काम समेत सम्पन्न गर्ने गरी निर्माण कार्य शुरु गरिसकेको छौं । यो भवन बने पछि सहकारीका सबै सुविधा एकै छानामूनी पाउने छन । यसबीचमा संस्थामा ११६८ जना सेयर सदस्यहरु रहेका छन । यो १५ बर्ष भित्र हामी नमुना संस्था बन्ने लक्ष्यका साथ लागि परेका छौं ।

संस्थाको निक्षेप, कर्जा र शेयर पूँजी कति रहेको छ ?

१५ बर्षको दौरानमा अहिले संस्थाको आफनै सुविधा सम्पन्न भवन रहेको छ । वसुन्धरामा भवन बनाई सोही स्थानबाट कारोबार गरिरहेको छ । संस्थामा हाल निक्षेप २१ करोड, कर्जा १८ करोड रुपैयाँ र चुक्ता सेयर पूँजी २ करोड २० लाख रुपैयाँ रहेको छ । संस्था हालसम्म नाफामा सञ्चालित नाफामा छौं ।

सहकारीमा के कस्ता समस्या देख्नु हुन्छ ?

सहकारीमा समस्या भनेकै सहकारी शिक्षा कम भएर हो । सहकारी केहो भन्ने चेतना नै छैन भन्दा हुन्छ । देखासेखिमा सहकारी खोल्ने क्रम बढेको छ । नबुझेर सहकारी खोल्दाको परिणाम अहिले देखिएको छ । सिद्धान्त, आचरण र व्यवहार सहकारीमा छैन । सहकारीमा काम गर्ने सँग बिषयगत शिप र ज्ञानको अभाव छ । समस्या आउनुमा नियामक निकाय र सहकारी आन्दोलन दुबै दोषी छन । राजनीतिक ध्रुविकरणले गर्दा समस्या छ । यसलाई चिर्न आवश्यक छ ।

पछिल्लो समय सहकारीमा ठगीका घटनाहरु बढ्दै गएका छन । यसलाई कसरी लिनु भएको ?

हेर्नुस, यो सहकारी भनेको इमानको पेसा हो । जहाँ बेइबानी हुन्छ, त्यहाँ सकिन समय लाग्दैन । सहकारी भनेको सानो व्यवसाय मात्र हो भन्ने मानिसहरुको गलत धारणा छ । एकै व्यक्तीले धेरै सहकारी चलाएका छन । त्यसको नियमन र अनुगमन प्रभावकारी बन्न सकेको छैन । सहकारीमा बुझेर वा नबुझेर ठग्ने काम भै रहेको छ । मुख्यत सहकारीमा ठगीको घटना बढ्नुमा सरकारी निकायकै कमजोरो बढी देख्छु । जसले वित्तीय कारोबार जस्तो संवेदनशिल कार्य गर्न अनुमति दियो । उसैले यसको प्रभावकारी अनुगमन गरेन । सहकारी अभियान, सञ्चालक र सदस्य पनि दोषी छन । बेलैमा सर्तक हुन नसक्दा यस्तो समस्या आएको हो ।

सहकारीको भविष्य कस्तो देख्नु हुन्छ ?

उत्पादनको हिसाबले हेर्ने हो भने यसको भविष्य निक्कै उज्वल छ । संसारको कही नभएको अपार बरदान हामीले प्राप्त गरेका छौं । जडिबुटी देखि लिएर हरेक खालका संभावनाहरु यहाँ छन । यिनीहरुलाई सहकारीमार्फत विकास गर्न सके आर्थिक हिसाबले हामी सबल हुने संभावना धेरै छन । गाउँ–गाउँमा भएका उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन सहकारी आवश्यक छ सहरमा सञ्चालित सहकारीले गाउँका सहकारीलाई सहयोग गर्नुपर्छ । गाउँका सहकारीले उत्पादन गर्ने कृषि उपजलाई शहरका सहकारीले बजारीकरण गर्नुपर्छ । ‘किसानलाई आर्थिकरुपमा समुन्नत बनाउने सहकारीले नै हो । कृषकले उत्पादनको सही मूल्य पाउने हो भने जीवनस्तर उकासिन्छ, अनि मात्र देश समुन्नत हुन्छ ।
सहकारीमा धेरै संभावना छ । ठूल्ठूला उद्योग, हाइड्रो, पर्यटन, कृषिक्षेत्रमा प्रशस्तै विकासको संभावना छ । उत्पादन र वितरणमा सहकारी र निजी क्षेत्रलाई सँगै लैजान आबश्यक
छ । सहकारी र निजीक्षेत्र दुबै एक अर्काका परिपुरक हुन । यी दुबैलाई लिएर उत्पादन देखि उपभोक्तासम्म सहकारीलाई लैजानु पर्छ । सुविधासम्पन्न भएका ठाउँमा सहकारी बढी भएका र सहकारीको लक्षित वर्ग जहाँ हो त्यहाँ सहकारी पुग्न नसकेको अवस्था हो । तल्लो वर्गलाई समेटेर कार्यक्रम गर्न सके सहकारीको भविष्य राम्रो छ ।

संस्थाका नयाँ तथा भावि योजनाहरु के–के छन ?

रोयल को–अपरेटिभले सदस्य सेवा तथा पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको छ । संस्थाले स्थापनाकालदेखि नै आर्थिक र सामाजिक विकासमा जोड दिदै आएको छ । संस्थाले स्थानीय समुदायका विपन्न तथा महिलाको आर्थिक र सामाजिक विकासका लागि लघुवित्त कार्यक्रमसमेत सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

अभिलेख

लोकप्रिय