'सहकारीमार्फत राष्ट्रिय समृद्धि अभियान सम्भव छ'
छोटो समयमै सफल सहकारीकर्मी रुपमा परिचित रहेका छन् कृष्ण पौडेल । उनी राष्ट्रिय सहकारी बैंक सिमरा शाखाका कार्यवाहक संयोजक, बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष र हातेमालो बचत तथा ऋण सहकारीका पनि अध्यक्ष रहेका छन् । अहिले बारा जिल्लाको सहकारी आन्दोलनलाई उनले परिचानल गरिरहेको छ । प्रस्तुत छ, यसै सेरोफेरोमा रहेर पौडेल संग गरेको कुराकानी ।
सहकारी अभियानमा कहिले र किन लाग्नु भयो ?
सहकारी अभियानमा प्रत्यक्ष र सक्रियतापूर्वक ०६४ सालदेखि सरिक भए” । त्यसअघि अप्रत्यक्ष र सामान्य रुपमा सहकारीसंग नजिक रहेर अनुभव संगाल्ने अवसर पाएको थिएं । २०६५ जेठमा हामीले सिमरामा हातेमालो बचत तथा ऋण सहकारी संस्था स्थापना गरेपछि करीव पूर्णकालीन रुपमा सहकारी अभियानमा क्रियाशिल छु । मानव जीवनको स्वभाव र विकाससंग ज्यादै महत्वपूर्ण रहेको सहकार्यको संगठित स्वरुपको अभ्यासको महत्व विश्वमा मात्रै नभएर नेपालमा पनि बढिरहेको थियो । राजनीतिक तथा सामाजिक परिवर्तनलाई दिगो र गतिशिल बनाउने कार्यमा आर्थिक क्षेत्रको भूमिका नेतृत्वदायी हुन्छ । सहकारी राजनीतिक, सामाजिक र आर्थिक रुपान्तरणको गतिशिल, सर्वमान्य र दिगो अभ्यासलाई स्थापित गर्न र सबैलाई बिना भेदभाव संगठित र क्रियाशिल बनाउने भावनाबाट ओतप्रोत भएर यो अभियानमा समर्पित भए । हाम्रोजस्तो राजनीतिक, सामाजिक, आर्थिक र भौगोलिक परिवेशमा राष्ट्रिय आत्मनिर्भरता र समृद्धिको अभियान अघि बढाउनका लागि सहकारी नै अचूक विकल्प रहेको अनुभुति गर्दै यसमा लाग्नु जरुरी लाग्यो र यस अभियानमा सरिक भए” ।
बारा जिल्लामा सहकारीको उपस्थिति कस्तो छ ?
मध्यतराईको एक महत्वपूर्ण, प्रचुर कृषि र औद्योगिक क्षेत्रको रुपमा बारा जिल्ला परिचित छ । यो आर्थिक राजधानी वीरगञ्जसंग जोडिएको, सिम्रौनगढको ऐतिहासिक, गढीमाईको धार्मिक, चारकोशे झाडी र चुरे सृंखला अनि जातीय एवम् सामुदायिक हिसावले समावेशी जिल्ला हो । सहकारी ईतिहास र संख्याको हिसावले पनि बारा जिल्ला अग्रपंक्तिमा छ । २०१८ सालमा जिल्ला सहकारी संघको स्थापना भएको थियो । अहिले सात सयको हाराहारीमा सहकारी दर्ता छन । संख्यात्मक हिसावले अघि भएपनि गुणात्मक हिसावले बारा जिल्ला अझै पछाडी छ । यद्यपि हामी सहकारी अभियानमा आई सकेपछि केही परिवर्तनको अनुभुति भएको छ । राष्ट्रिय तहमा बारा जिल्लाको झण्डै शुन्य उपस्थितिको अवस्थामा सुधार आएको छ । सहकारीको संख्यात्मक वृद्धिसंगै गुणात्मक विकासलाई व्यवस्थित गर्ने प्रयत्नको प्रारम्भ भएको छ । गत वर्ष रासायनिक मलखादका लागि झण्डै तीन सय नयां कृषि सहकारीहरुकोे स्थापना भयो । तिनलाई व्यवसायिक र गुणात्मक विकास गराउने प्रयास गरिरहेका छौं । उत्तरी क्षेत्रमा उत्साहजनक विकास भई रहेको छ । अपेक्षाकृत रुपमा सदरमुकाम कलैया र दक्षिणीभेगमा सहकारीको प्रभावकारी विकास हुन सकिरहेको छैन ।
तपाईको नेतृत्वको प्रारम्भिक सहकारीको वारेमा केही बताई दिनु न ?
यस भेगका सबै तहतप्काका नागरिकहरुको स्वामित्व र सहकार्यमा हातेमालो साकोसको स्थापना भएको हो । ७२ जनाले ९० हजार दुई सय रुपैया शुरु पूंजी रहेको यो संस्थाले चार वर्ष पार गरिरह”दा सदस्यहरु करीव नौ सय र कारोवार आठ करोड पार गरेको छ । समुदायमा आधारित र सदस्यकेन्द्रीत भई सहकारी सिद्धान्त र मूल्यमान्यता पालना गर्दै अघि बढिरहेको छ । सदस्यहरुलाई गुणस्तरीय वित्तिय सेवा, अधिकतम लाभांश, बिमा सुरक्षासहित सामाजिक उत्तरदायित्व बहन गरिरहेको छ । लघुवित्त र युवा स्वरोजगार कार्यक्रमहरु अघि बढाई रहेको छ र कृषि व्यवसायसहितको भवन बनाउने तयारी गरिरहेको छ । कारोवार र सदस्य बिस्तार, पारदर्शिता, मितव्ययिता र विकासका हिसावले मध्यतराईको उत्कृष्ट सहकारीको रुपमा हातेमालो परिभाषित भई रहेको छ ।
समग्र सहकारीको अवस्था कस्तो देख्नु भएको छ ?
समग्र सहकारीको अवस्था सुन्दर र सम्भावनायुक्त देखेको छु । हाम्रोजस्तो विकासोन्मुख, कृषिप्रधान र ग्रामिण परिवेशमा समावेशी विकासका लागि सहकारी नै अचूक विकल्प हो । राज्यले अबको आर्थिक र सामाजिक विकासका लागि तिनखम्वे अर्थनीति (राज्य, निजी र सहकारी) लाई सम्वैधानिक रुपमा प्रत्याभूत गर्ने तदनुसार अघि बढने साझा सोच बनाई सकेको छ । यतिखेर मुलुकमा २६ हजार सहकारीमा करीव ४५ लाख नागरिकहरु संगठित छन । कुल ग्राहस्थ उत्पादनमा ३ प्रतिशत, वित्तिय क्षेत्रमा करीव १८ प्रतिशत योगदान सहकारीले पु¥याई रहेको छ । ग्रामिण समुदायमा साहुमहाजनबाट चर्को व्याजमा ऋण लिनुपर्ने स्थितिको करीव करीव अन्त्य भएको छ । सहकारी जस्तो ठुलो उर्जावान सामाजिक सञ्जाललाई सदुपयोग गर्न सकिए मुलुकको समृद्धि अभियानलाई सार्थक बनाउन सकिन्छ ।
राष्ट्रिय सहकारी बैंक र सहकारी संघ÷सस्थाको सम्वन्धलाई कसरी हेर्नु भएको छ ?
राष्ट्रिय सहकारी बैंक मुलुकभरका सहकारी संघसंस्थाहरुको एकमात्र बैंक हो । यसमा नेपाल सरकार, राष्ट्रिय सहकारी विकास बोर्ड, राष्ट्रिय सहकारी संघ, केन्द्रीय संघहरु र मुलुकभरका सहकारी संघसंस्थाहरुको स्वामित्वमा यो स्थापित र क्रियाशिल छ । यसले सहकारी संघसंस्थाहरुलाई शेयर स्वामित्व दिने, बैंकिङ गर्ने, ऋणधन गर्ने र प्रवद्र्धनात्मक क्रियाकलापमा सहयोग गर्दछ । राष्ट्रिय सहकारी बैंकका लागि सबै सहकारी संघ÷संस्थाहरु मालिक र कारोवारकर्ताहरु हुन । आज बैंकमा पांच हजार भन्दा बढी सहकारी संघसंस्थाहरु आवद्ध छन । मुलुकभर यसको सञ्जाल विस्तार भएको छ । उनीहरुबाट शेयर र निक्षेप संकलन र कर्जा लगानीको काम तिव्र रुपमा अघि बढेको छ ।
राष्ट्रिय सहकारी बैंकमा बाराका सहकारीको आवद्धता कस्तो छ ?
राष्ट्रिय सहकारी बैंकमा बारा जिल्लाका सहकारीहरुको आवद्धता उत्साहजनक छ । बारा जिल्लाका सहकारी संघसंस्थाहरुको प्रयासले नै बैंकको शाखा मध्यतराईमा स्थापना सम्भव भएको हो । आज यो शाखाले बारा, पर्सा र रौतहट जिल्ला मात्रै नभएर जनकपुरको दक्षिणी क्षेत्रका सहकारीहरुलाई सेवा पु¥याई रहेको छ । सिमरामा रहेको यो शाखाले यस भेगका सहकारीहरुको वित्तिय सेवा प्रदान र सशक्तीकरणको प्रयास अघि बढाएको छ ।
अनि, बारा जिल्ला बचत तथा ऋण सहकारी संघ के गर्दैछ ?
हाम्रो संघ अहिले बारा जिल्लाको सहकारी आन्दोलनको एक अगुवा हो । जिल्ला सहकारी संघ झण्डै १५ वर्षदेखि निष्क्रिय र मृतप्रायः रहेको अवस्थामा यसले नै करीव करीव जिल्ला सहकारी संघको भूमिका निर्वाह गरिरहेको छ । बचत तथा ऋण सहकारी संस्थाहरुलाई संगठित गर्ने, उनीहरुको क्षमता विकासका लागि प्रवद्र्धनात्मक कामहरु गर्ने अलावा यस भेगको सहकारी अभियानलाई राष्ट्रिय सञ्जालसंग जोडने प्रयास संघले गरिरहेको छ । राष्ट्रिय सहकारी बैंक सिमराको स्थापना यसैको अगुवाईमा भएको हो । यसमार्फत बारा जिल्ला बचत संघले मध्यतराईको सहकारी आन्दोलनको अगुवाई गरिरहेको छ भन्ने लाग्छ । करीव दुई वर्षअघि यसले वन्द रहेको वीरगञ्ज चिनी कारखाना र कृषि औजार कारखानालाई सहकारीको मोडलमा पुनसंरचना गरी सञ्चालन गर्नुपर्ने माग उठाएको थियो । आज ती उद्योगहरु सञ्चालन गर्न सरकार सहमत भएको छ र मोडालिटीको वारेमा छलफल भई रहेको छ ।
सहकारीबाट गरीवी निवारण होला त ?
नेपालको गरीवी न्युनीकरण अरु कुनै अभ्यासबाट सम्भव छैन, छ भने केवल सहकारीको माध्यमबाट । त्यसैले सहकारी अभियानको मांगमुताविक गरीवी निवारणलाई जोडेर भर्खरै सहकारी मन्त्रालयको स्थापना गरेको छ । यसले गरीव र सीमान्तीकृत वर्ग र समुदायलाई समेटन, बचत गर्न र उद्यम गर्न सिकाउ”छ । उनीहरुलाई आत्मनिर्भर र उद्यमी बन्न सहकारीले शिक्षा, चेतना र पू”जी प्रदान गर्दछ । जुन अरुबाट सम्भव छैन ।
अन्तरराष्ट्रिय सहकारी वर्षमा बारा जिल्लामा के के कार्यक्रम भए त ?
संयुक्त राष्ट्र संघले जुन महत्वका साथ सन् २०१२ लाई अन्तरराष्ट्रिय सहकारी वर्ष घोषणा ग¥यो । नेपालमा यसलाई मनाउने र सदुपयोग गर्ने कुरामा उदासिनता देखियो । यद्यपि राष्ट्रिय र स्थानीय तहमा केही क्रियाकलापहरु भएका छन । हामीले जिल्लामा विचार गोष्ठि, रक्तदान, स्वास्थ्यशिविर, सरसफाई, दिपावलीजस्ता कार्यक्रमहरु आयोजना गरेर सहकारी वर्ष मनाई रहेका छौं ।
मुलुकमा सहकारी नीति छैन नि, यसमा के भन्नु हुन्छ ?
हो, मुलुकमा सहकारीको स्पष्ट र समयसापेक्ष नीति छैन । सहकारीलाई सम्वैधानिक र कानूनतः सम्वोधन गरिएको छ तर बजेट र व्यवहारिकताका हिसावले समेटिएको छैन । यद्यपि राष्ट्रिय तहमा सहकारीको नीति र योजना बनाउने कार्य भएको छ । सहकारी ऐनको परिमार्जन, नयां विषयगत सहकारी ऐन र सहकारी नीतिको तर्जुमा गर्ने काम भएको छ । तर त्यसको कार्यान्वयन कहिले र कसरी हुन्छ त्यो स्पष्ट छैन । हामीलाई अपेक्षा र विश्वास छ, सहकारिताको विद्यमान उपेक्षा, कमी र प्रतिकुलताहरु हल गर्न सरकारले ध्यान दिने र भावनात्मक रुपमा नभएर अंक र प्राथमिकताका हिसावले पनि सोच्नेछ ।
सहकारी मापदण्डको पालना भएको छ त ?
हामीले सहकारी मापदण्ड २०६८ को पालनाको प्रयास गरेका छौं । यसको उल्लंघन शहरमा रहेका सीमित व्यक्तिहरुको हालिमुहाली गर्नेहरुले गरिरहेका छन । सहकारी मापदण्डमा कतिपय व्यवहारिक समस्याहरु देखा परिरहेका छन् । सबै र ठुला सहकारीहरुले अशोज मसान्तसम्म लेखापरीक्षण र वार्षिक साधारणसभा गर्न कठिनाई भई रहेको छ । अरु धेरै समस्याहरु छन । जसलाई सुधार गर्न हामीले गरेको आग्रहलाई सकारात्मक रुपमा लिईएको छ ।
अन्त्यमा के भन्नुहुन्छ ?
वास्तवमा सहकारीले मानिसहरुलाई शिक्षित, उद्यमी र आत्मनिर्भर बन्न सिकाउ”दछ । यो सामाजिक रुपान्तरणको एक पवित्र आन्दोलन पनि हो । यो एक नवीन दर्शन, सामाजिक एकताको आधार र जीवनपद्धतिको रुपमा स्थापित छ जुन जात, समुदाय, वर्ग र आस्थाभन्दा माथि र सबैको साझा आन्दोलनको रुपमा परिभाषित छ । सहकारी अभियानमा स्वच्छ भावनाले लाग्नु जतिको ठुलो धर्म अरु हुन सक्दैन । सहकारी अभियानमा विकृति विसंगति र असफलताहरु देखा परिरहेका छन । निजी व्यवसायका लागि अरु नै बाटो रोजौं । तर सहकारीलाई सामुहिक, समुदायमा आधारित र सदस्यकेन्द्रीत बनाएर अघि बढौं । राज्यबाट पनि यो अभियान उपेक्षित छ । स्पष्ट नीति, पर्याप्त बजेट र राज्यको अभियानलाई सहकारीसग जोडने हो भने त्यसको प्रतिफल कयौं गुणा बढी हुन्छ । त्यसैले सामाजिक न्याय, आर्थिक अभियान र विकास निर्माणमा सहकारीलाई जोडन जरुरी छ । उर्जा, पर्यटन, उद्योग, शिक्षा आदिमा सहकारी क्षेत्रलाई खुला र प्रवद्र्धन गर्ने हो भने मुलुकलाई राष्ट्रिय समृद्धि अभियानलाई तीव्र, छिटो र दिगो बनाउन सकिन्छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
जिल्ला सहकारी संघ काठमाडौंको २६औं साधारण सभा सम्पन्न
१ माघ २०८२, बुधबार
सहकारी अभियन्ता सुदिप ढकाललाई ‘पोखरा रोयल सहकारी संस्थापक अध्यक्ष पुरस्कार’
२९ पुष २०८२, मंगलवार
सहकारीले पनि पाँच लाखभन्दा बढीको नगद कारोबार गर्न नपाउने, धमाधम सूचना जारी
२९ पुष २०८२, मंगलवार