बनेपामा सहकारी कफि उद्योग
जिल्ला कफी सहकारी सङ्घले काभ्रेले जिल्लाको व्यापारिक स्थान बनेपामा अग्र्यानिक कफी प्रसोधन उद्योग स्थापना गर्ने भएको छ । काभ्रेका साथै आसपासका जिल्लाहरू सिन्धुपाल्चोक, मकवानपुर, ललितपुर, दोलाखाका कृषकबाट कफी संकलन गरी प्रसोधन तथा वितरणका गर्ने लक्ष्यसहित उद्योग खोल्न लागिएको सङ्घका अध्यक्ष हेमराज गिरीले जानकारी दिए । काभ्रेमा मात्र १० वटा प्रारम्भिक कफि उत्पादन सहकारी संस्था रहेका छन् ।
असारदेखि सेवा प्रारम्भको तयारी भएको उद्योगका लागि आवश्यक मेसिन, रोस्टर, ग्रेण्डर, प्याकेजिङ, पोलिसर उद्योगमा जडान भइसकेको र बाँकीसमेत छिट्टै ल्याउने उद्योगले जनाएको छ । ‘अग्र्यानिक कफी प्रशोधन केन्द्र’ नामक हुने अध्यक्ष गिरीले बताए । उद्योगमा जिल्ला कफी सहकारी सङ्घ र कीर्तिपुर चिया तथा कफी विकास केन्द्रको ३० लाख रुपैयाँ भन्दा बढी लगानी रहेको छ । उद्योगले अग्र्यानिक प्रमाणीकरण गरेर कफी बिक्री गराउने र त्यसका लागि उद्योगले सेवा प्रारम्भ अगावै उक्त प्रमाणीकरणको प्रमाण पत्र लिने बताएको छ ।
बनेपा नगरपालिका–५ मा स्थापना हुन लागेको उद्योगले दैनिक एक हजार किलोभन्दा बढी कफी प्रशोधन गर्दै ३० भन्दा बढी महिलालाई प्रत्यक्ष रोजगारी दिने गिरीले बताए । “हाम्रो उद्योगमा बनेपामा कोठामा बस्ने गृहिणीहरूले समेत रोजगारी पाउने छन् ।” उनले भने, “बाँकी दुईजनालाई बजारीकरणका लागि समेत रोजगारी दिन्छौँ ।” उद्योगमा काम गर्ने कामदारहरूका लागि कीर्तिपुर चिया तथा कफी विकास केन्द्रलाई दक्षता अभिवृद्धिको तालिमको माग गरिएको छ । यस अगाडि नेपालबाट कफीलाई विदेश निर्यात गर्ने संस्थाहरू एभरेष्ट कफी उद्योग, बुद्ध कफी उद्योग, पर्यटन कफी उद्योगलगायतको समन्वयमा काभ्रेबाट वार्षिक एक करोड १० लाख बराबरको कफी जापान, अमेरिका, जर्मन र हल्याण्डलगायतका देशमा लैजाने गरेको भए पनि अहिलेको प्रयास किसानलाई खुद्रा मूल्यबाट समेत आउने नाफा दिने योजनाका साथ ल्याइएको बताइएको छ ।
उद्योगका अनुसार सहकारीमार्फत उद्योगमा कफी पठाउने कृषकलाई बिक्रीको नाफाको १० प्रतिशत किसानलाई नै दिइनेछ । उद्योग स्थापनाको तयारीसँगै उद्योगले कोरियाको ‘व्युटिफूल’ नामक कफी आयात गर्ने कम्पनीलाई कफी पठाउने आन्तरिक तयारीसमेत गरेको गिरीले बताए । त्यससँगै देशभित्रकै विभिन्न उद्योगहरूसँग उक्त उद्योगले वार्षिक २५ हजार किलो कफी बेच्ने सम्झौता गरिसकेको सङ्घले जनाएको छ । काभ्रेमा विकट क्षेत्र मानिने डाँडापारि क्षेत्रमा पर्ने मिल्चे, च्याम्राङ्वेसी, साल्धारा, बनखुलगायत दस गाविसका जनता, कोसीपारि क्षेत्रका कात्तिके देउराली, मादन कुडारी, वृत्ता देउराली, गोठपानी, कलाती, फलाटे, सापिङ, भुम्लु, पोखरीचौरी र पाँचखाल, होक्सेलगायत क्षेत्रका दुई हजार १ सय ३५ घरधुरीका कृषक कफी व्यवसायी सङ्घमा आबद्ध भएर यो व्यवसाय गरिरहेका छन् भने सङ्घभन्दा बाहिर करिब ७ सय कृषक रहेको अनुमान जिल्ला कृषि सहकारीको रहेको छ ।
काभ्रेका विकट क्षेत्रका उब्जनी नहुने जग्गामा कफी लगाउने कृषकका लागि कफी व्यवसाय नै एकमात्र नगदे बाली हुन सक्ने र १० रोपनी जग्गामा एक हजार कफी लगाँदा वार्षिक करिब तीन लाख रुपैयाँ बराबरको आम्दानी हुने पोखरीचौरीका कृषक राजकुमार गौतम बताए । स्थानीय सैलुङ्गेश्वरी कफी सहकारी संस्थाका सदस्य रहनुभएका उहाँले सङ्घले उद्योग स्थापना गर्न लागेकोमा खुसी व्यक्त गरे ।
कफीखेती समुद्र सतहदेखि ८ सय ५० देखि १ हजार ५ सय मिटरको उचाइको भूमिहरूमा खेती गर्न सकिने जिल्ला कृषि कार्यालय प्रमुख सहदेव हुमागार्इं बताउछन् । कफी व्यवसाय भिरालो, ओसिलो या खेर गएको जग्गामा समेत गरेर मनग्य आम्दानी गर्न सकिने माध्यम भएको हुमागाईको भनाइ छ ।
पछिल्लो समय काभ्रेली कृषक यस कफीखेतीतर्फ आकर्षित हुँदै गएको जिल्ला कृषि कार्यालयले जनाएको छ । पहाडी बारीमा ६÷६ महिना अन्न लगाएर एक वर्षसम्म खान नपुग्ने समस्या भोगिरहेका कृषकहरू अन्य अन्न बालीको दाँजोमा कफी लगाउँदा आफ्नो आम्दानीमा १० गुणा वृद्धि गर्न सकिने जिल्ला सङ्घले जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार