६ जेष्ठ २०८१, आईतवार

९ लाखको हरियो चुराको व्यापार

४ श्रावण २०७१, आईतवार
९ लाखको हरियो चुराको व्यापार

महोत्तरी, ४ साउन । मिथिलाञ्चलमा साउन महिना लाग्ने बित्तिकै महिलाले अनिवार्य रुपमा हरियो चुरा लगाउने परम्पराका कारण यहाँ तीन दिनमै रु नौ लाखको हरियो चुराको व्यापार भएको छ ।

सदरमुकाम जलेश्वरमा लाग्ने गरेको चुरा बजार, शृङ्गार पसल तथा गाउँगाउँमा लहेरी (चुरा बेच्ने) महिलाले गएर तीन दिनमै  ९ लाखको चुरा बिक्री गरेको चुरा व्यापारीले बताएका छन् ।

जिल्लाको प्रत्येक गाउँठाउँका प्रत्येक घरका विवाहित तथा अविवाहित सबै महिलाले साउन महिना लागेपछि हरियो चुरा लगाउने गर्दछन् । महोत्तरीमा मात्रै साउन महिनाभर ३० लाखभन्दा बढीको चुरा व्यापार हुने जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृपाशङ्कर साहले बताए ।

जिल्लाको जलेश्वर, मटिहानी, बर्दिवास, गौशाला, औरही, बलवा, मनरा, पिपरा, भ्रमरपुरालगायतका बजारबाट लिइएको जानकारीअनुसार साउनको पहिलो दिनदेखि हिजो साँझसम्ममा जिल्लामा रु नौ लाखको चुरा व्यापार भएको उद्योग वाणिज्य सङ्घ महोत्तरीका अध्यक्ष विजयकुमार साहले बताए ।

अभिलेख

लोकप्रिय